काठमाडौं- सरकारले सर्वोच्च शिखर सगरमाथा आरोहणमा साढे दुई दशकदेखि चल्तीको मार्ग (रुट) लाई परिवर्तन गर्ने भएको छ। आगामी एक महिनाभित्र नयाँ रुटबाट आरोहण गर्न सकिनेछ। गत वैशाखमा सगरमाथामा आएको हिमपहिरोमा परेर १६ शेर्पाको ज्यान गएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको सगरमाथा प्रदूषण नियन्त्रण समितिले रुटमा सामान्य परिवर्तन गर्न लागेको हो। 'वैशाखमा जुन ठाउँमा हिमपहिरो आएको थियो, यसपालि पनि नदोहोरियोस् भनेर आरोहण रुटमा सामान्य परिवर्तन गर्न लागिएको हो,' पर्यटन विभागका महानिर्देशक तुलसी गौतमले बुधबार नागरिकसँग भने, 'अब बन्ने रुट पोहोर पहिरो गएको ठाउँभन्दा पूर्वपट्टि कडा चट्टान भएको ठाउँमा पर्छ।'
मन्त्रालयका अनुसार सगरमाथा आधारशिविरबाट पहिलो शिविर जाने बाटोको बीचमा पर्ने खुम्बु आइसफलबाट रुट परिवर्तन गर्न लागिएको हो। खुम्बु आइसफलबाट पहिलो क्याम्पसम्मको रुट परिवर्तन गरी पूर्वपट्टि बनाउन लागिएको हो। ५ हजार ३ सय ८० मिटर उचाइको आधारशिविरबाट ६ हजार ६५ मिटरको पहिलो शिविर, दोस्रो, तेस्रो र चौथो हुँदै पाँचौं शिविरका रूपमा ८ हजार ८ सय ४८ मिटर अग्लो चुचुरो पर्ने गर्छ। गत वैशाखमा पहिरो गएको ठाउँ ५ हजार ९ सय मिटर उचाइमा पर्छ।
'हिमपहिरो छलेर जान नयाँ रुट बनाउन आवश्यक देखिएकाले बढी जोखिमयुक्त ठाउँलाई छाडेर अर्को बाटो बनाउन लागिएको हो,' गौतमले भने, 'यो रुट हुँदै आरोहणमा जाँदा पर्वतारोही केही सुरक्षित अवश्य हुनेछन्।' मन्त्रालयका अनुसार नयाँ रुटका लागि आवश्यक डोरी, भर्याेङ लगायत बेलायतसहित विभिन्न देशबाट ल्याइसकिएको छ। तिनलाई मन्त्रालयले खटाएका 'आइसफल डाक्टर' ले केही दिनपछि टाँग्ने, जडान गर्ने काम गर्छन्। यो विशुद्ध नयाँ रुट भने होइन, साढे दुई दशकअघि यही रुट भएर आरोहणमा जाने गरिन्थ्यो।
गत वैशाख ५ गते बिहान साढे ६ बजे खुम्बु आइसफलमा हिमपहिलो जाँदा १६ शेर्पा गाइडले ज्यान गुमाएका थिए। उक्त पहिरो १८ वर्षपछि गएको सबैभन्दा ठूलो थियो। दुर्घटनामा परेर तीन जना बेपत्ता तथा ६ जना घाइते भएका थिए। त्यसअघि सन् १९९६ मा हिमपहिरो जाँदा आठ जना विदेशी आरोहीले ज्यान गुमाएका थिए। त्यसयता पहिलो पटक ठूलो दुर्घटना भएको थियो। एकैपटक थुप्रै सहकर्मीले ज्यान गुमाएपछि विभिन्न आरोहण दलमा आबद्ध बाँकी शेर्पाले वैशाख १३ मा आरोहण परित्याग गरेका थिए।
आरोहण परित्याग गरे पनि विदेशी दलले सबै शेर्पालाई पारिश्रमिक भने दिएका थिए। मृतकका परिवारलाई पनि क्षतिपूर्तिवापत आर्थिक सहयोग गरेका थिए। त्यसपछि सरकारले स्थायी रूपमा 'हिमाल आरोही राहत कोष' स्थापना गर्ने निर्णय गरेको थियो।
विभिन्न हिमाल आरोहणबाट प्राप्त रोयल्टीमध्ये सम्बन्धित जिल्ला विकास समितिलाई कम्तीमा ३० प्रतिशतको ५ प्रतिशत रकम प्रत्येक वर्ष जम्मा गर्ने गरी आरोही राहत कोष स्थापना गर्ने सरकारले निर्णय गरेको थियो। पर्यटन मन्त्रालयका अनुसार कोषमा जम्मा भएको रकम घाइते तथा अंगभंग भएका आरोहीको पुनर्स्थापन तथा सम्बन्धित अन्य खर्च, मृत्यु भएका र हराइरहेका आरोहीका बालबालिकाको पठनपाठन, उनीहरूको परिवारको पुनर्स्थापन, जीविकोपार्जन तथा क्षमता विकास एवं उद्धार र उपचारमा खर्च गरिनेछ।
त्यसैगरी सरदार, पर्वतीय पथप्रदर्शक र उचाइमा जाने कामदारको बिमा रकम १० लाखबाट बढाएर १५ लाख रुपैयाँ पुर्यारउने तथा औषधोपचार खर्च बिमा पनि ३ लाखलाई बढाएर ४ लाख कायम गर्ने व्यवस्था गरिएको थियो।
गत वर्ष एक नेपाली र ३१ विदेशी आरोही सहभागी दलबाट पर्यटन मन्त्रालयले ३२ लाख ५० हजार अमेरिकी डलर (करिब ३२ करोड ५० लाख रुपैयाँ) रोयल्टी उठाएको थियो। तिनै दलका आरोही गत वैशाखमा सगरमाथा आरोहणमा जाँदा हिमपहिरो आएको थियो। ती ३१ विदेशी दलमा ३ सय ३४ आरोही थिए। तीमध्ये २ सय ७७ पुरुष तथा ५७ महिला थिए। तिनमा ८५ अमेरिकी, ३५ बेलायती, २५ भारतीय, २३ जापानी र २२ चिनियाँ आरोही थिए।
अनुमति पाएका सबै आरोहीले सामान्य रुट (दक्षिण–पूर्वी मोहोडा) बाट शिखर पुग्नुपर्छ। आरोहण अनुमति पाएको ७५ दिनभित्र शिखर पुगिसक्नुपर्ने नियम छ।