काठमाडौं- सात सय ५० मेगावाटको पश्चिम सेती जलाशय आयोजना चिनियाँ कम्पनीले बनाउन नसक्ने भन्दै ऊर्जा मन्त्रालयले विरोध गरे पनि क्षेत्राधिकारको आधारमा लगानी बोर्डले निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।
आयोजना निर्माणका विषयमा पटक–पटक परामर्श तथा छलफल गर्दा मन्त्रालय सधैं नकारात्मक देखिएपछि सरकारको सुझावअनुसार प्रक्रिया अगाडि बढाइएको हो। 'सरकारले पाँच सय मेगावाटभन्दा ठूला आयोजना बोर्डको क्षेत्राधिकारमा पारेकाले मन्त्रालयले विरोध गर्दैमा प्रक्रिया रोक्नुपर्दैन,' बोर्डका एक उच्च अधिकारीले नागरिकसँग भने।
आयोजना निर्माणको जिम्मा पाएको चीनको थ्री गोर्जेजको सहायक कम्पनी सिडब्लुई इन्भेस्टमेन्ट कर्पोरेसनले प्रक्रिया अगाडि बढाउन बोर्डलाई ताकेता गरेकाले दुई महिनामा कम्पनी खोलिने बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले बताए। 'चिनियाँ कम्पनीले यहाँको बिजुली बजार र खपतको अध्ययन गरिसकेको छ, केही समयमा प्रतिवेदन बुझाउँछ,' उनले भने, 'कम्पनी खोलेर छिटो काम गर्नुपर्नेमा उसले जोड दिएको छ।'
पुरानो अध्ययनको पुनरावलोकन तथा पुनःअध्ययन गर्नुपर्ने भएकाले बर्खाअघि नै आयोजनास्थल पुगेर ड्रिलिङको काम गर्ने कम्पनीको योजना छ। आयोजनाका लागि आवश्यक वैदेशिक लगानी ल्याउन र कम्पनी खोल्ने अनुमति दिन भन्दै सिडब्लुईले माघ २२ गते बोर्डलाई पत्र पठाएको थियो। बोर्ड सञ्चालक समितिले यसका लागि अनुमति दिनासाथ काम अगाडि बढ्ने बोर्डकी सूचना अधिकारी रीता रेग्मीले बताइन्।
सिडब्लुईको पत्रअनुसार काम अगाडि बढाउन बोर्डलाई सरकारले अनौपचारिक सुझाव दिएको छ। बोर्ड अध्यक्ष प्रधानमन्त्री भएको ऊर्जा मन्त्रालय वा ऊर्जा सचिवले आपत्ति जनाउँदैमा फरक नपर्ने मन्त्रालयकै अधिकारी बताउँछन्। केही दिनमा बोर्डको बैठक बसेर कम्पनी खोल्नेबारे औपचारिक निर्णय गरिने बोर्डले जानकारी दिएको छ।
आयोजना निर्माणका विषयमा अन्योल उत्पन्न भइरहँदा संसदको विकास समितिले बुधबार बोर्डका पदाधिकारीलाई बोलाएर यसबारे जानकारी लिएको थियो। समिति बैठकमा प्रमुख कार्यकारी अधिकृत पन्तले चिनियाँ कम्पनी आयोजना बनाउन निकै सकारात्मक देखिएकाले सरकार तथा समितिले आवश्यक सहयोग गर्नुपर्ने बताएका थिए। 'थ्री गोर्जेज कम्पनीको उच्च व्यवस्थापनले कम्पनी खोल्ने आवश्यक प्रक्रियामा सहयोग गर्न आग्रह गरेको छ,' उनले भने।
सिडब्लुईले बोर्डलाई पठाएको पत्रमा भनेको छ, 'नेपाल सरकार र सिडब्लुईबीच भएको समझदारीअनुसार आयोजना निर्माण गर्न कम्पनी स्थापना गर्नेबारे थ्री गोर्जेजको उच्च व्यवस्थापनले निर्णय गरेको छ। यसका लागि आवश्यक सहयोग गरिदिन नेपाल सरकारसँग आग्रह गरिएको छ।' बोर्डले मंसिर २५ गते पठाएको पत्रअनुसार यहाँको नियम कानुनभित्र रहेर तत्काल आयोजनाका लागि वैदेशिक लगानी भिœयाउन स्वीकृत दिनसमेत आग्रह गरेको छ।
कम्पनीसँगको समझदारी अनुसार नयाँ बन्ने कम्पनीमा ७५ प्रतिशत सिडब्लुई र २५ प्रतिशत नेपाल विद्युत प्राधिकरणको स्वामित्व हुनेछ। कम्पनी खोल्नुअघि प्राधिकरणले आन्तरिक प्रक्रिया पूरा गर्नुपर्ने भन्दै तत्काल यसबारे जानकारी गराउन उसले आग्रह गरेको छ। सरकार तथा बोर्डबाट वैदेशिक लगानीका लागि स्वीकृत दिन कम्तीमा ९० दिन र कम्पनी खोल्न ६० दिन लाग्ने हुँदा त्यसअघि आयोजनास्थलको अवलोकन गर्ने सिडब्लुईले जानकारी गराएको छ।
'हाम्रा नेपालका कानुनी सल्लाहकारले लगानी ल्याउने र कम्पनी खोल्ने सम्पूर्ण प्रक्रिया पूरा गर्दा झन्डै आधा वर्ष लाग्ने सुझाव दिएका छन्। यसरी काम गर्दा धेरै ढिला हुनेछ। यसैले त्योभन्दा अघि नै आयोजनास्थलको निरीक्षण र बाँकी अध्ययन पूरा गर्ने तयारीमा छौं। यसरी काम गर्दा समय बचत हुने र तालिकाअनुसार नै काम अगाडि बढाउन सकिनेछ,' कम्पनीले बोर्डलाई पठाएको पत्रमा भनेको छ।
निर्माण प्रक्रिया अगाडि बढे पनि ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्री अझै विरोधमा उभिएका छन्। लगानी खोज्ने नाममा १७ वर्ष अस्ट्रेलियाको स्नोई माउन्टेन इन्जिनियरिङ कर्पोरेसन (स्मेक) ले ओगटेको लाइसेन्स २०६८ साउनमा सरकारले खारेज गरेको थियो। खारेज हुनासाथ बास्केटमा आएको आयोजना प्रतिस्पर्धाबाट दिनुपर्नेमा हचुवामा दिइएको भन्दै क्षेत्रीले विरोध गरेका हुन्। उनले यो कम्पनीले आयोजना बनाउनै नसक्ने समेत टिप्पणी गर्दै आएका छन्।
कम्पनीसँग २०६८ फागुनमा समझदारी हुँदा आयोजना सन् २०२० भित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको थियो। तर, लगानी बोर्डले अहिलेदेखि प्रक्रिया अगाडि बढाए सन् २०२२/०२३ मा मात्र पूरा हुने नयाँ तालिका सार्वजनिक गरेको छ। उत्पादित बिजुली देशमै खपत गर्ने योजनासाथ समझदारी गरिए पनि यति ठूलो परिमाणको बिजुली किन्न नसक्ने प्राधिकरण अधिकारीको तर्क छ। पछिल्लो समय चिनियाँ कम्पनी आयोजना बनाउन सक्रिय देखिएकाले प्राधिकरणसमेत सकारात्मक देखिएको बोर्ड अधिकारी बताउँछन्।
आयोजना पूर्वऊर्जा मन्त्री गोकर्ण विष्टको कार्यकालमा खारेज गरी विद्युत ऐन, २०४९ को दफा ३५ अनुसार चिनियाँ कम्पनीलाई दिइएको थियो। थ्री गोर्जेज चीनमा साढे २२ हजार मेगावाट बिजुली उत्पादन गरेको कम्पनी भएकाले यही कम्पनीको विश्वसनियताका आधारमा सरकारले उसको सहायक कम्पनीलाई आयोजना दिने निर्णय गरेको थियो।
समझदारी अनुसार कुल लागतको १० प्रतिशत सेयर स्थाीयलाई छुट्ट्याउनुपर्ने उल्लेख छ। साथै सुदूरपश्चिम क्षेत्रको विद्युतीकरणका लागि १ सय ५० मेगावाट बिजुली उपलब्ध गराउन कम्पनी सहमत भएको थियो। बिजुली आयोजनास्थलदेखि बुटवलसम्म ल्याउन ४ सय केभी प्रसाराण लाइन बनाउनुपर्ने पूर्वसम्भाव्यता अध्ययनमा उल्लेख छ। स्मेकसँग सम्झौता हुँदा करिब एक खर्ब लागत अनुमान गरिए पनि बोर्डले अहिले यसको लागत करिब १ खर्ब ४९ अर्ब रुपैयाँ अनुमान गरेको छ। सेती नदी बझाङ जिल्लालाई छोएर बगे पनि आयोजनाको जलाशयले डोटी, बझाङ र डडेलधुरासम्म प्रभावित पार्छ।