काठमाडौं- चिनी उद्योगी र किसानबीच सहमति हुन नसकेपछि सरकारले उखुको मूल्य आफैं तोक्ने तयारी गरेको छ। सरकारले दुवै पक्षलाई मान्य हुने गरी मूल्य तोक्ने तयारी गरेको हो। दुवै पक्ष आ–आफ्नै अडानबाट टसमस नभएपछि दुई–तीन दिनभित्र नयाँ मूल्य तोक्न लागेको उद्योगमन्त्री महेश बस्नेतले बताए। 'उद्योगी र किसानबीच सहमतिको लागि धेरै पहल गरियो तर केही सीप लागेन,' मन्त्री बस्नेतले भने, 'अब दुई–तीन दिनभित्रै मूल्य तोक्ने गरी प्रक्रियामा गएका छौं।' केही दिनभित्र मुख्यसचिव लीलामणि पौड्यालसँग उद्योग र कृषि मन्त्रालयका प्रतिनिधि बसेर मूल्य तोक्ने मन्त्री बस्नेतले जानकारी गराए।
दुवै पक्षलाई मान्य हुने गरी बीचको बाटोबाट सहमति गर्न आग्रह गरे पनि सफल हुन नसकेको मन्त्री बस्नेतले बताए। उखु किसानले यस वर्ष १५ प्रतिशत लागत बढेकाले पोहोरभन्दा कम मूल्य तोक्न नहुने अडान राखेका छन्। चिनीमिल सञ्चालकले यस वर्ष चिनीको मूल्य घटेकाले पोहोरभन्दा घटाउनु पर्ने अडान राख्दै आएका छन्। पोहोर साल उखुको मूल्य प्रतिक्विन्टल ४ सय ७६ रुपैयाँ तोकिएको थियो।
मुख्यसचिव पौड्यालले पनि व्यवसायी र किसानबीच सहमति हुन नसके सरकार आफैंले मूल्य तोक्न पहल गर्नुपर्ने बताए। यसबीचमा उद्योगी र किसानबीच भएका सहमति पनि कार्यान्वयन नभएकाले सरकारले आफैं पहल गर्नुपर्ने उनको भनाइ छ।
चिनी उद्योगी, उखु उत्पादक किसान र सरकारबीच दुई महिनादेखि विभिन्न चरणमा वार्ता र छलफल भइरहेका छन्। चिनीमिल चल्न थालेको तीन महिना हुँदा पनि दुवै पक्षको असमतिले मूल्य तय हुन सकेको छैन। कतिपय व्यवसायी समय लम्ब्याउँदै लैजाने मानसिकतामा देखिएको मन्त्री बस्नेतले बताए। उद्योगीहरू संवेदनशील हुनुपर्ने भन्दै मन्त्री बस्नेतले सरकारले वैज्ञानिक मूल्य निर्धारण गर्ने बताए।
मूल्य विवाद प्रधानमन्त्री सुशील कोइरालासम्म पुगेको छ। प्रधानमन्त्री कोइरालाको आग्रहमा मुख्यसचिव पौड्यालले दुवै पक्ष मर्कामा नपर्ने गरी सहमति गरेर आउन निर्देशनसमेत दिएका थिए। मूल्य निर्धारण गर्न कार्यदल समेत गठन भएको थियो। कार्यदलले यस वर्ष लागत १० प्रतिशत बढेकाले पोहोरको मूल्य घटाउन नहुने सुझाव सरकारलाई दिएको छ। कार्यदल संयोजक रामचन्द्र कुसवाहाले सहमतिभन्दा पनि विवाद चर्किंदै गएको बताए। 'सरकारभन्दा उद्योगपति ठूला देखिए,' उनले भने, 'सरकारले भनेको उद्योगीले नमानेपछि विवाद चर्किंदै गएको छ।' सरकारलाई उद्योगीले नटेरेकाले समस्या बल्भि्कएको उनले सर्लाहीबाट बताए।
यस वर्षको मूल्य निर्धारण ढिला हुने देखिएपछि उद्योगी, किसान र सरकारबीच माघ महिनाभित्र पोहोर सालको बाँकी भुक्तानी गर्ने र ३ सय ५० रुपैयाँ प्रतिक्विन्टलका दरले यस वर्षको पहिलो महिना किनेको उखुको पेस्की दिने सहमति भएको थियो। कार्यान्वयन भने भएको छैन। रौतहटको श्रीराम सुगर मिल्स, सुनसरीको इस्टर्न सुगर मिल लगायत केही उद्योगले पोहोर साल किनेको उखुको पनि भुक्तानी बाँकी राखेका छन्।
देशभरका ११ चिनी मिलमध्ये कसैले पनि यस वर्षको पेस्की दिएका छैनन्। व्यवसायीले पेस्की दिने सहमति गरे पनि व्यवहारमा दिन नखोजेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए। 'कोही उद्योगी छ सम्पर्कमा पनि आउन चाहनु हुन्न,' मैनालीले भने, 'उहाँहरुले पेस्की नदिएपछि हामी आन्दोलन गर्न बाध्य भएका छौं।'
चिनीमिल उद्योगीले सरकार र किसानसँग गरेको सम्झौता एकपछि अर्के गर्दै लत्याउँदै गएपछि किसानले उखु जलाउने घोषणा गरेका छन्। विभिन्न मिलमा तालाबन्दी गरेका किसानले सर्लाहीमा राजमार्ग चक्का जाम गर्न थालेका छन्। 'अब हामी १० गते राजमार्गमा एक घन्टा चक्काजाम गर्छौं,' मैनालीले भने, '१५ गते उखु जलाउने कार्यक्रम छ।'