काठमाडौं- निजी क्षेत्रका १२ जलविद्युत आयोजनाको अनुमतिपत्र खारेज गरिएको विषयमा ऊर्जामन्त्री राधा ज्ञवाली र सचिव राजेन्द्रकिशोर क्षेत्रीबीच विवाद चुलिएको छ। ज्ञवालीले खारेजीको निर्णय फिर्ता गर्न सचिवको सल्लाहअनुसार मन्त्रिपरिषदमा प्रस्ताव लगेको बताए पनि सचिवले यसमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्।
आइतबार संसदको कृषि तथा जलस्रोत समिति बैठकमा खारेज भएका आयोजनाबारे बोल्दै ज्ञवालीले सचिव र मन्त्रालयका उच्च अधिकारीको सल्लाहअनुसार नै निर्णय फिर्ता गराउन मन्त्रिपरिषद लगिएको बताइन्। 'प्रवर्द्धकले म्याद थप्न आवेदन दिए पनि त्यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल तानिसकेकाले तत्काल अख्तियारको निर्णय कार्यान्वयन गर्नुपर्दा यस्तो गरियो,' उनले भनिन्।
सचिव क्षेत्रीले भने आफू बिदामा रहेको बेला प्रस्ताव मन्त्रिपरिषद लाने निर्णय गरिएकाले त्यसमा सहभागी नभएको र कुनै सल्लाह नदिएको बताए। 'अख्तियारको निर्देशनअनुसार नै अनुमतिपत्र खारेज भएको हो, म यसबाट पछि हट्न सक्दिनँ,' उनले भने, 'मन्त्रिपरिषद लैजाने मन्त्रीजीको एकल निर्णय हो।' निर्णय चित्त नबुझे पुनरावेदन जान पाइने कानुनी बाटो रहेको उनले बताए।
मन्त्री–सचिवको मत बाझिएपछि सभासदले सचिवको अधिकारमाथि प्रश्न उठाएका थिए। आफू नहुँदा निर्णय भएको भन्ने सचिवको भनाइ व्यक्तिगत र गैरजिम्मेवार भएको सभासद कमल पंगेनीले बताए। 'सचिव होस् वा नहोस् उनको सहमतिबाट निर्णय हुनुपर्छ, यसरी गैरजिम्मेवार जवाफ दिन मिल्दैन,' उनले भने।
निर्णयका विषयमा भएको यस्तो विवादले निजामती नेतृत्व अधिकार प्रयोग गर्न नसक्ने गरी कमजोर हुँदै गएको समिति सभापति गगन थापाले बताए। 'अख्तियारका कारण सचिवले अधिकार प्रयोग गर्न डराएको देखियो,' उनले भने, 'हरेक आयोजनाको निर्णय यसरी नै मन्त्रिपरिषदबाट फिर्ता गराउने गलत प्रवृत्ति बस्ने खतरा बढेको छ।' यी दुवै विषय विकास निर्माणका लागि प्रत्युत्पादक हुने उनले बताए।
विद्युत ऐनले आयोजनाको अनुमतिपत्र दिने, म्याद थप्ने र खारेज गर्ने सम्पूर्ण अधिकार ऊर्जा सचिवलाई दिएको छ। अख्तियारको कारबाहीमा परिने डरले खारेज भइसकेका आयोजना पुनः ब्युँताउन सचिव तयार नरहेको मन्त्रालयका अधिकारी बताउँछन्।
अख्तियारले १४ आयोजना खारेज गर्न गत भदौमा मन्त्रालयलाई निर्देशन दिएको थियो। यस्तो निर्देशन कार्यान्वयन गर्दै सचिवले तीन साताअघि १३ आयोजनाको अनुमति पत्र खारेज गरेका थिए। सबैभन्दा ठूलो ४ सय मेगावाटको तल्लो अरुणको प्रवर्द्धक ब्राजिलको ब्रास पावरले १३ वर्षसम्म अनुमति ओगटेको थियो। अख्तियारको निर्देशन लगत्तै यसको अनुमति खारेज भएको थियो।
निर्माण सुरु भएका तल्लो इन्द्रावती साढे चार मेगावाट, माथिल्लो सोलुखोला १८ मेगावाट र माथिल्लो खोरुंगाखोला साढे सात मेगावाटका आयोजना खारेजीमा परेका छन्।
वित्तीय व्यवस्थापन गर्ने सर्तमा उत्पादन अनुमतिपत्र दिइएको तल्लो इन्द्रावतीले स्रोत जुटाउने काम नगरेको र आयोजनामा प्रवर्द्धकबीच विवाद देखिएकाले खारेज गरेको क्षेत्रीले बताए। यो सहित साढे ४ मेगावाटको बलेफी बी, २० मेगावाटको तल्लो बलेफी र साढे १७ मेगावाटको छहरेखोलाका प्रवर्द्धकले म्याद थपिदिन मन्त्रालयमा आवेदन दिएका छैनन्।
काबेली–ए सहित ८ आयोजनाले खारेज हुनुभन्दा २ महिनाअघि (गत साउनमा) म्याद थपिदिन आवेदन दिएकाले मन्त्रिपरिषदबाट निर्णय फिर्ता हुने मन्त्री ज्ञवालीले बताइन्। माथिल्लो खोरुंगाखोलाले असार ३१ गते पिपिए र वित्तीय स्रोत जुटाउन एक वर्ष म्याद थपिदिन प्राधिकरणमा आवेदन दिएको थियो। बुकुखोला लगायत आयोजनाले २०७० जेठदेखि साउनसम्म पिपिए गरी वित्तीय स्रोत जुटाउने तयारीमा थिए।
बुकुखोला ६ मेगावाट, करुवाखोला ३६ मेगावाट र ६० मेगावाटको भोटेकोसी–५, माथिल्लो मैलुङ १४.३ मेगावाट, साढे १७ मेगावाट छहारेखोला, ९.९ मेगावाट इंगुवाखोला, साढे चार मेगावाट बलेफी र ३.४ मेगावाटको मिदिमखोला उत्पादन अनुमतिपत्र लिएर पिपिए गर्ने र वित्तीय स्रोत जुटाउने तयारीमा थिए। विद्युत नियमावली २०५० अनुसार उत्पादन अनुमतिपत्र लिएको एक वर्षभित्र प्रवर्द्धकले पिपिए र वित्तीय स्रोत जुटाएर निर्माण सुरु गर्नुपर्छ।