काठमाडौं- मूल्य निर्धारण नभए पनि उखु पाइने भएपछि पछिल्लो चिनी उद्योगीले मूल्य तोक्न ढिलासुस्ती गर्न थालेका छन्। जति ढिला गर्योन आफूलाई उति धेरै फाइदा हुने भएकाले उद्योगीले अनेक बखेडा झिकेर मूल्य निर्धारणमा भाँजो हालेका हुन्।
उखु उत्पादक किसान मूल्य तोक्न माग गर्दै सडकमा उत्रे पनि चिनी उद्योगीले वास्ता गरेका छैनन्। पछिल्लो समय त उद्योगी सम्पर्कमै आउन छोडेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिल मैनालीले बताए। 'जति ढिला मूल्य तोक्यो त्यत्ति उनीहरूलाई फाइदा छ,' मैनालीले भने, 'यसको ठीक उल्टो किसान मारमा पर्छन्।'
मूल्य निर्धारणमा भएको ढिलाइमा किसानलाई दुःख दिने नियत प्रस्ट देखिएको मैनालीले बताए। किसान चिनी मिललाई उखु दिन बाध्य छन्। पुसदेखि चैत मध्यसम्ममा उनीहरूले खेतबाट उखु काटिसक्नु पर्छ। चैतभित्र निकाल्न नसके खेतमै सुकेर उखु खेर जाने बाध्यतामाथि चिनी उद्योगीले खेलिरहेको किसान बताउँछन्।
उखु तथा चिनी विकास समितिका अध्यक्ष रामचन्द्र कुशवाहा चिनी उद्योगीले कमभन्दा कम मूल्य स्विकार्न किसानलाई बाध्य पार्दै आएको बताउँछन्। 'किसानलाई दिक्क पार्दै जाने उद्योगीको नियत देखिन्छ,' कुशवाहाले भने, 'अति भएपछि किसान कम मूल्यमै सहमति गर्न बाध्य हुन्छन्।'
मूल्य निर्धारण भएको बेला पनि समयमै भुक्तानी नदिएर किसानको पैसामा दाइँ हाल्न पल्केका उद्योगी यसपालि पनि त्यही नियतबाट निर्देशित भएको कुशवाहा बताउँछन्। उद्योगीले यस्तै रवैया कायम राखे अबको पाँच वर्षमा नेपालमा उखु उत्पादन बन्द हुने उनले चेतावनी दिए।
उद्योगमन्त्री महेश बस्नेतको भनाइ पनि यस्तै छ। कतिपय चिनी उद्योगीले समय लम्ब्याउन चाहेको उनले बताए। उद्योगीहरू गम्भीर नभएकाले सरकारले आफैं अघि बढेर मूल्य निर्धारण गर्न लागेको उनले जानकारी दिए। सरकार, उद्योगी र किसानबीच विभिन्न सहमति भए पनि उद्योगीबाट पालना नभएकाले सरकारले कदम चाल्न लागेको मन्त्री बस्नेतले जानकारी गराए।
कुशवाहाका अनुसार उद्योगीले पहिलेदेखि नै किसानलाई अप्ठेरो अवस्थामा पुर्यारएर कम मूल्य निर्धारण गर्ने खेल खेल्दै आएका छन्। पोहोर खेतबाट उखु सकिने बेला चैत २२ गते मूल्य निर्धारण भएको थियो। गत वर्ष परारको भन्दा ५ रुपैयाँ घटाएर प्रतिक्विन्टल ४ सय ७६ रुपैयाँ मूल्य तोकिएको थियो। त्यो पैसा पनि उद्योगीले अझसम्म किसानलाई भुक्तानी गरिसकेका छैनन्। पोहोरकै उखुको बक्यौता रकम लिन किसान सडकमा उत्रिनुपरेको छ। बक्यौता भुक्तानी नगरेपछि सर्लाही धनकोलको अन्नपूर्ण सुगर मिल शनिबारदेखि किसानले बन्द गराइदिएका छन्। रौतहटको श्रीराम र सुनसरीको इस्टर्न सुगर मिलले पोहोर किनेको उखुको प्रतिक्विन्टल ७६ रपैयाँका दरले किसानलाई भुक्तानी दिन बाँकी छ। 'यो किसानलाई बाध्य पारेको अवस्था हो,' उखु उत्पादक संघका मैनालीले भने।
भारतका चिनीमिलले लिइरहेको उखु पनि अब लिन छाडेको मैनालीले बताए। विहारका केही मिलमा बुझेर आएका मैनाली भन्छन्, 'उनीहरूको मिल फागुन २५ उता नचल्ने भएकाले नेपालीको उखु लिन छाडिसके।' उता किसान र मिल सञ्चालकबीच सुमधुर सम्बन्ध भएको जनाउँदै मैनालीले त्यहाँ जस्तो नेपालमा हुने नसकेको बताए।
यस वर्षको मूल्य निर्धारण हुन ढिला हुने सम्भावना बढेपछि उद्योगी, किसान र सरकारबीच माघ महिनाभित्र पोहोर बक्यौता भुक्तानी गर्ने र यस वर्ष सिजनको पहिलो महिना किनेको उखुको लागि ३ सय ५० रुपैयाँका दरले पेस्की दिने सहमति भएको थियो।
देशभर सञ्चालित ११ चिनीमिलमध्ये कसैले पनि सहमति गरेको पेस्की दिन थालेका छैनन्। 'पेस्की दिने त परको कुरा। कोही उद्योगी सम्पर्कमै आउन चाहँदैनन्,' मैनालीले भने, 'पेस्की नपाएपछि हामी आन्दोलन गर्न बाध्य भएका छौं।'
किसान र व्यवसायीबीच विवाद नआओस् भनेर सर्लाहीमा एउटा सहमति समेत भएको थियो। मैनालीका अनुसार जिल्ला प्रशासन कार्यलय सर्लाहीमा व्यवसायीले चिनीमिल एक सय २० दिनसम्म चलाउनुपर्ने, त्यसो नगरे किसानलाई क्षतिपूर्ति दिने सहमति भएको छ। सर्लाहीमा तीनवटा चिनीमिल छन्। त्यहाँ ८० लाख क्विन्टल उखु उत्पादन हुन्छ।