काठमाडौं-भारतले नेपाल वायुसेवा निगमलाई नयाँदिल्ली उडान गर्न बल्ल अनुमति दिएको छ। भारतीय नागरिक उड्डय महानिर्देशकको कार्यालयले बुधबार राति सवा ७ बजे अनुमति दिएको हो। निगम व्यवस्थापनले बुधबार बिहान ८ बजेबाट दिल्ली उडान गर्न बनाएको तालिका भारतीय पक्षले मंगलबार अनुमति नदिएका कारण स्थगित भएको थियो। दुई दिनको माथापच्चीपछि निगमले नयाँ जहाजबाट पुनः दिल्ली उडान गर्ने बाटो खुलेको छ।
'भारतीय नागरिक उड्डयन महानिर्देशकको कार्यालयले बुधबार राति सवा ७ बजे हाम्रो नयाँ जहाजलाई दिल्ली उडान गर्न अनुमति दिएको छ,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले बुधबार नागरिकसँग भने, 'अब शुक्रबार बिहान ८ बजे दिल्लीका लागि पहिलो उडान गर्छौं।'
उनका अनुसार दिल्लीका लागि बनाइएको उडान तालिकामा बिहीबार उडान पर्दैन। त्यसकारण अब शुक्रबारबाट नियमित दिल्ली उडान हुने छ। नयाँ जहाजले प्रत्येक सोम, बुध, शुक्र र शनिबार दिल्ली उडान गर्ने तालिका छ। बिहान ८ बजे जाने र उताबाट १०:४० बजे फर्कने उडान तालिका तयार पारिएको छ।
सेवा बन्द गरेको तीन वर्ष तीन महिनापछि निगमले बुधबारबाट भारतको नयाँदिल्ली उडान पुनः सुरु गर्ने तयारी गरेको थियो तर, भारतले अन्तिममा आएर आवश्यक कागजात नपुगेको भन्दै अनुमति नदिएपछि उडान स्थगित भएको थियो।
सम्बद्ध अधिकारीका अनुसार निगमलाई भारतले सन २०१० मै पाँच वर्षका लागि वायुसेवा सञ्चालन अनुमति दिएको थियो। यसको म्याद आगामी जुन २८ सम्म बाँकी छ। त्यहाँको एयरपोर्ट अथोरिटी अफ इन्डियाले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा निगमको जहाजलाई 'स्लट' पनि दिइसकेको थियो। नियमित उडानका लागि आवश्यक सबै कागजात माघ २९ मै भारत पठाइएको थियो।
'तर भारतीय पक्षले एक्कासि आएर सोमबार धेरै अवधिदेखि दिल्ली उडान नगरेको भन्दै नयाँ वायुसेवाले उडान गर्दा चाहिने सम्पूर्ण कागजात चाहियो भन्यो,' ती अधिकारीले भने, 'त्यसपछि हामीले मंगलबार अबेर रातिसम्म कार्यालय बसेर ती कागजात पठाइदियौं र बल्ल बुधबार राति अनुमति पाइयो।'
निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसबाट खरिद गरी गत माघ २५ मा ल्याएको १ सय ५८ सिट क्षमतायुक्त 'ए३३०–२००' सिरिजको जहाजबाट दिल्ली उडान उडान गर्न लागेको हो। जहाजमा १ सय ५० इकोनोमी र ८ बिजनेस क्लास सिट छन्। निगमले नयाँ जहाजको नाम 'सगरमाथा' राखेको छ।
यो जहाजलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार दिउँसो वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) दिएको थियो। त्यसपछि उडान सञ्चालनको बाटो खुले पनि भारतका कारण उडान रोक्नुपरेको थियो।
बुधबार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ जहाजले दिल्लीका लागि गर्ने भनिएको पहिलो उडानमा १ सय ३० यात्रु जान तयार थिए। फर्कंदा भने ६५ यात्रुमात्र आउने थिए।
उडान नभएपछि निगम व्यवस्थापनले ती यात्रुलाई भारतकै एयर इन्डिया, जेट एयरवेज, इन्डिगो र स्पाइसजेटका जहाजबाट दिल्ली पठाएको थियो। १ सय ३० मध्ये अब २२ जनाजति जान बाँकी छन्। उनीहरूलाई शुक्रबार पहिलो उडानबाट दिल्ली पठाइने निगमले जनाएको छ।
विगतमा नाफायोग्य सेक्टर दिल्लीका लागि जहाज अभाव देखाउँदै निगम व्यवस्थापनले २०६८ मंसिर पहिलो साताबाट उडान बन्द गरेको थियो। त्यसपछि भारतीय वायुसेवा कम्पनीहरूले यो सेक्टरमा 'मनोमानी' ढंगले भाडा दर तोकेर उडान गर्दै आएका छन्। ती कम्पनीले काठमाडौंबाट दिल्ली एकतर्फी भाडा २५ देखि ३० हजार रुपैयाँसम्म असुलेका थिए।
अब यसको ठिकविपरीत वायुसेवा निगमले प्रतियात्रु करसहित ७ हजार ८४ रुपैयाँमा दिल्ली उडान गर्ने घोषणा गरिसकेको छ। नेपालीका लागि यो भाडा करसहित हो। विदेशीका लागि भने करसहित ८ हजार २ सय १४ रुपैयाँ एकतर्फी तोकिएको छ। दुईतर्फी उडान गर्न भने १५ हजार १ सय ७७ रुपैयाँ लाग्छ।
निगमले पहिलो चरणमा प्रवर्द्धनात्मक भाडा दर तोकेको हो। यात्रु आकर्षित गर्न यसले राम्रो काम गर्ने निगमको भनाइ छ। निगमले सस्तो भाडा सार्वजनिक गरेपछि यहाँ उडान गरिरहेका भारतीय वायुसेवाले पनि दिल्ली सेक्टरको भाडा घटाउन थालेका छन्।
निगमका अनुसार दोस्रो नयाँ जहाज भने आगामी चैत दोस्रो सातादेखि वैशाख दोस्रो साताभित्र एयरबसले काठमाडौं पठाइदिने छ। त्यसपछि चीनको ग्वाङझाउ, भारतका बैंगलोर र मुम्बई तथा युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा उडान गर्ने तालिका बनाइने छ। यीमध्ये ग्वाङझाउ निगमको विशुद्ध नयाँ गन्तव्य हो। नयाँदिल्ली, बैंगलोर, मुम्बई र दुबईमा भने विगतमा लामो समय उडान गरेर बन्द गरेको थियो।
एयरबसका दुई नयाँ जहाज र र अमेरिकी जहाज निर्माता कम्पनी बोइङका बि७५७ सिरिजका १ सय ९० सिटयुक्त दुई जहाजबाट नयाँदिल्ली, हङकङ, बैंकक, दुबई, दोहा, क्वालालम्पुर, ग्वाङझाउ, बैंगलोर र मुम्बईका लागि सातामा ४२ उडान गर्ने निगमको योजना छ।