चितवन-भारतबाट वैध, अवैध बाटोबाट ल्याइने खसीबोकाले नेपाली बाख्रापालक मर्कामा परेको सरकारी अधिकारी र किसानले बताएका छन्। केही दिनअघि नारायणगढमा भएको व्यावसायिक बाख्रापालक किसान महासंघका प्रतिनिधि सम्मिलत कार्यक्रममा भारतबाट ६ अर्ब रुपैयाँ बराबरको खसीबोका आउने गरेको जानकारी दिइएको थियो।‘नेपाली खसीबोका धेरै खपत हुने भनेको दसैंको बेला मात्र हो। घरघरमा काट्न नेपाली खसीबोका रोज्ने चलन छ। तर मासु पसलले नेपाली खसीबोका नकिन्ने चलन व्याप्त छ,' कृषि अनुसन्धान केन्द्र अन्तर्गतको तनहुँ बन्दीपुरको बाख्रा फार्मका वरिष्ट वैज्ञानिक रामप्रसाद घिमिरेले भने। नेपाली खसीबोकाभन्दा भारतीय खसीको मासु धेरै हुने उनले बताए।
‘उपभोक्ताले नेपाली खसीबोकाको मासु मन नपराउने होइन, तर नेपाली खसीको मासु धेरै बस्दैन। दुई–तीन किलो नै कम हुने भएपछि पसलेले भारतीय खसी नै किन्ने भयो,' वरिष्ट वैज्ञानिक घिमिरेले भने। वैधानिक रुपमा वर्षमा पाँचदेखि सात लाख खसी भित्रिने गरेको उनले बताए। जसका लागि वर्षेनी छ अर्ब रुपैयाँ बिदेसिने गर्छ। अवैधानिक तवरमा पनि खसी बोका आउँछ।
भारतबाट वैधानिक रुपमा आएका धेरै खसीबोकासमेत गुणस्तरीय नहुने उनले बताए। उनले दिएको जानकारीअनुसार नेपालमा बाख्राको संख्या एक करोड सात लाख हाराहारी छ। देशभित्र खपत हुने कुल मासुमध्ये २० प्रतिशत बाख्राको हुने गरेको उने बताए। वर्षभरि ४० लाख खसीबोका काटिन्छ। जसमध्ये ३३ लाख खसीबोका देशमै उत्पादन हुन्छ।
‘देशको ५१ प्रतिशत घरधुरीले कम्तीमा एउटा भए पनि बाख्रा पालेका छन्। त्यसैले यहाँ बाख्रापालन व्यापक छ। तर व्यावसायिक रुपमा राम्रोसँग फस्टाउन भने सकेको छैन,' वरिष्ठ वैज्ञानिक घिमिरेले भने। बाख्राको नश्ल र गोठ सुधार तथा दाना र घाँसका पक्षमा धेरै सुधार गर्न आवश्यक भएको उनले बताए।
पशुसेवा विभाग पशु उत्पादन निर्देशनालयका कार्यक्रम निर्देशक विमलकुमार निर्मलले आयात रोक्न सुधारका योजना चलाउन थालेको बताए। बाख्रापालन अन्य पशुपालनभन्दा सहज भएकाले प्रविधिमा सुधार र उचित नीति बनाएर कार्यन्वयनमा ल्याए फस्टाउन गाह्रो नभएको उनले बताए। एक भैंसी पाल्न लाग्ने खर्च र परिश्रमले पाँच बाख्रा पाल्न सकिने उनले बताए।
व्यावसायिक बाख्रापालक महासंघ केन्द्रीय तदर्थ समितिका संयोजक रविकिरण पौडेलले गुणस्तरीय र उपयुक्त जातका बाख्राको अभाव हुने गरेको बताए। भारतीय खसीबोका नियन्त्रणमा राज्यका निकाय सक्रिय हुनुपर्ने उनको माग छ। ‘भारतमा कृषिमा ठूलो अनुदान छ। त्यसैले त्यहाँका खसीबोका सस्तोमा पाइन्छ। हामीले पनि अनुदान पाउनु पर्योष,' पौडेलले भने।
‘हामीले अनुदान पनि नपाउने आयातमा कडाइ पनि नगर्ने हो भने यहाँको बाख्रापालन कसरी फस्टाउला? बाख्रापालनमा अहिले जे–जति लागेका छन् उनीहरुको पनि घरबार डुब्न सक्छ,' संयोजक पौडेलको भनाइ थियो। सरकारले प्रत्यक्ष नगद अनुदान दिनुभन्दा पनि नीतिगत व्यवस्था गरेर घाँसखेती, उन्नत जात आयातमा सहजता ल्याउनुपर्ने उनको माग छ।