काठमाडौं-राजधानीका पेट्रोल पम्पबाट गुणस्तरहीन डिलेज बिक्री भइरहेको खुलासा भएको छ। नेपाल गुणस्तर तथा नापतौल विभागले केही पम्पबाट लिएको डिजेल नमूना परीक्षण गर्दा प्रयोग गर्न अयोग्य देखिएको हो।विभागले केही दिनअघि नेवा टे्रड कर्न्सन र चक्रपथ फ्युल सेन्टरबाट लिएको नमूना परीक्षण गरेको थियो। ‘डिजेलमा पहिला पनि यस्ता समस्या देखा पर्थे तर अहिले नमूना परीक्षण गर्दा खतरनाक वस्तु मिसाएको भेटियो,' विभाग महानिर्देशक विश्वबाबु पुडासैनीले बुधबार नागरिकसँग भने, ‘यस्तो वस्तु मिसाएको अहिलेसम्म भेटिएको थिएन।'
उजुरीका आधारमा वाणिज्य व्यवस्थापन विभाग, नेपाल आयल निगम, उपभोक्ता अधिकारकर्मी र गुणस्तर विभागको रोहबरमा नमूना संकलन गरिएको हो। सोही नमूना परीक्षण गर्दा गाडीको इन्जिन नै ध्वस्त पार्ने वस्तु मिसाएको पाइएको हो।
वाणिज्य विभागका निर्देशक हरिनारायण बेल्वासेले डिजेल स्टोरबाट तेल निकाल्दा ‘सेतो डल्लो' पदार्थ भेटिएको बताए। ‘त्यसलाई परीक्षण गर्न गुणस्तर विभाग पठाउँदा डिजेलमा हुने कुनै गुण नभएको भेटियो,' उनले बुधबार नागरिकसँग भने, ‘यस्तो तेल प्रयोग गर्दा इन्जिन स्टार्ट नहुने, सिजै हुने जस्ता खतरा रहन्छ।'
अनुगनममा सहभागी राष्ट्रिय उपभोक्ता अधिकार मञ्च नेपालमा अध्यक्ष माधव तिमल्सेनाले डिजेलको बास्नासमेत गुमेको बताए।
गुणस्तरका महानिर्देशक पुडासैनीले पेट्रोलपम्प मालिकले यो मात्राको मिसावट गर्न नसक्ने बताए। ‘पम्प सञ्चालकले मात्रै यत्रो काम गर्न सक्छ जस्तो लाग्दैन मलाई,' उनले भने, ‘अन्य व्यक्तिको पनि संलग्नता हुन सक्छ।'
नेपाल आयल निगम थानकोट डिपो प्रमुख रविन शर्मा भने त्यहाँबाट लैजाँदा राम्रो र गुणस्तरीय रहेको दाबी गर्छन्। ‘बीच बाटोमा के भयो मलाई थाहा छैन्,' उनले भने। निगमको जिम्मेवारी डिपोबाट पम्पको गाडीमा लोड नहुन्जेल मात्र रहने उनी बताउँछन्। त्यसपछि पम्प आफैंले जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ।
निगम प्रवक्ता मुकुन्द घिमिरेले यसबारे आफूलाई जानकारी नभएको बताए। ‘मलाई यसबारे धेरै जानकारी छैन,' नागरिकसँगको कुराकानीमा उनले भने, ‘अन्य निकायसँग बु‰नुस्।'
उपभोक्ता अधिकारकर्मी तिमल्सेना निगम कर्मकारीको मिलेमतोबिना तेलमा मिसावट गर्न असम्भव हुने दाबी गर्छन्। ‘निगमले सहयोग नगरी ढुवानीकर्ता तथा पम्पले मिसाउन सक्दैन,' उनले भने ‘यसमा ढुवानी र निगम कर्मचारीको हात छ।'
सर्वसाधारणले डिजेल हालेपछि इन्जिनमा समस्या देखिएर जानकारी गराएकाले अनुगमन गरेको वाणिज्य विभागका बेल्वासेको भनाइ छ। ‘मिसाएको वस्तु देख्दा हामी पनि छक्क परेका छौं,' उनले भने, ‘के मिसाएको हो, खुट्याउन सकिएको छैन।'
गुणस्तरका महानिर्देशक पुडासैनीले १ सय ७० पेट्रोल पम्पबाटै गुणस्तरहीन तेल बिक्री भइरहेको हुन सक्ने भन्दै थप अनुसन्धान गर्ने बताए। ‘राजधानीका सबै पम्पको अनुगमन गर्छौं,' उनले भने, ‘सबै पम्पमा समस्या हुन सक्छ किनभने सबैले बेच्ने निगमले दिएको तेलनै हो।'
पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले यो समस्याबारेमा केही जानकारी नभएको बताए । ‘डिजेलमा कुनै समस्या भए जस्तो लाग्दैन,' उनले भने, ‘म बुझौंला।'