काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उडान–अवतरण गर्ने सम्पूर्ण जहाजलाई आफ्नो सञ्जाल (नेटवर्क) भित्र समेट्न जडान गरिरहेको नयाँ राडार तीन महिनापछि सञ्चालनमा आउने भएको छ। नयाँ राडार जडानपछि उडान सुरक्षा थप प्रभावकारी हुने विमानस्थल व्यवस्थापनको भनाइ छ।
नयाँ राडारको एउटा एन्टेना विमानस्थलस्थित पुरानो राडार भएको ठाउँमा जडान भइसकेको छ भने अर्को ललितपुरको भट्टेडाँडामा जडान गर्ने तयारी भइरहेको छ। डाँडाको टुप्पामा एन्टेना राख्नुपर्ने भएका कारण त्यहाँसम्म पुग्ने सडक निर्माण भइरहेको छ।
‘तीन महिनापछि नयाँ राडार सञ्चालनमा आउँछ,' त्रिभुवन विमानस्थलका महाप्रबन्धक तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठले बिहीबार नागरिकसँग भने, ‘त्यसपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय जहाजलाई लामो दुरीसम्म हामी समेट्न सक्छौं।'
उनका अनुसार जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को १ अर्ब रुपैयाँ अनुदान र प्राधिकरणको करिब ३० करोड रुपैयाँ लगानीमा नयाँ राडार जडान भइरहेको हो। भट्टेडाँडामा एन्टेना जडान गर्ने ठाउँ पुग्ने सडक निर्माण पनि चाँडै पूरा हुने गरी काम भइरहेको छ।
त्रिभुवन विमानस्थलमा हवाई चाप वृद्धि अत्यधिक भइरहेको र हाल सञ्चालनमा रहेका उड्डयन यन्त्रहरू प्रभावकारी हुन नसकेको भन्दै जाइकाको विमानस्थल आधुनिकीकरण परियोजनाअन्तर्गत अनुदान सहयोग दिइएको थियो। २०६९ चैत १४ मा अनुदान सहयोगका लागि अर्थ मन्त्रालय र जाइकाबीच सम्झौता भएको थियो।
महाप्रबन्धक श्रेष्ठका अनुसार नयाँ राडार जडानपछि त्यसले २ सय नटिकल माइल (३ सय ७० किलोमिटर) ब्याससम्म उडानमा रहेका जहाजलाई आफ्नो नेटवर्कमा समेट्न सक्छ। यो दुरी भनेको पश्चिममा दाङसम्म हो भने पूर्वी भेग सबै पर्छ। जाइकाको अनुदान सहयोग भएका कारण जापानबाटै राडारका सामान ल्याइएको थियो।
हाल त्रिभुवन विमानस्थलमा एउटामात्र राडार रहेको छ। यसले ५० नटिकल माइल (करिब ९३ किलोमिटर) सम्मको मात्र हवाई सन्देश समेट्न सक्छ। नयाँ जडान भएपछि २ सय नटिकल माइलसम्म समेट्छ। ‘नयाँ राडार जडानपछि ३ सय ७० किलोमिटर वरिपरिका सबै जहाज समेटिनेछन्,' श्रेष्ठले भने, ‘यसबाट धेरै कम उचाइमा भएका जहाजलाई भने समेट्न सक्दैन। पहाडभन्दा मुनि आएकालाई पहाडले छेक्छ र समेट्न सक्दैन।'
त्रिभुवन विमानस्थलसहित देशभरका विमानस्थलको सञ्चालक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण हो। प्राधिकरणसम्बद्ध एक अधिकारीका अनुसार जापानी अनुदान रकममा नपुग सरकारले थपेर राडार जडान कार्य पूरा गरिने छ। राडार भएको ठाउँसम्म सडक, बिजुली र अन्य पूर्वाधार निर्माण भने सरकारले गरिरहेको छ।
राडारले जहाज कुन दिशाबाट आइरहेको छ, कति दुरीमा छ, कति उचाइमा छ भन्नेजस्ता सूचना दिन्छ। त्रिभुवन विमानस्थलमा रहेको पुरानो राडार सन् १९९८ मा जापानले सहयोग स्वरूप दिएको थियो। काठमाडौं उपत्यका वरिपरि पहाड भएका कारण यो राडारले ५ हजारदेखि ६ हजार फिट उचाइमा उडेका जहाजको सूचना समेट्न सक्थेन। अब भट्टेडाँडामा जडान भएपछि मुलुकभित्र धेरै ठूलो क्षेत्रमा उडिरहेका जहाजको सूचना त्रिभुवन विमानस्थलले प्राप्त गर्छ।
कम दुरी समेट्ने राडारकै कारण विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज नेपालको हवाई क्षेत्रमा प्रवेश गर्न मानिरहेका छैनन्। अब नयाँ राडार जडान भएपछि भने ती जहाजले नेपाली आकास प्रयोग गर्ने सम्बद्ध अधिकारीले जानकारी दिए। यसबाट अन्तर्राष्ट्रियमात्र नभई आन्तरिक उडानमा पनि महत्वपूर्ण सहयोग पुग्ने उनको भनाइ छ।
त्रिभुवन विमानस्थलमा राडार नभएका बेला दुई दशकअघि थाई एयरवेज र पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पिआइए) दुर्घटना भएका थिए। त्यसपछिमात्र विमानस्थलमा राडारको आवश्यकता महसुस गरिएको थियो। त्यसको चार वर्षपछि जापानले एउटा राडार अनुदान दिएको थियो। तोसिबा कम्पनीमा बनेको उक्त राडार १९९६ बाट जडान सुरु गरिएको थियो। १९९८ बाट राडारले काम गर्न थालेको थियो।
राडार प्रत्येक ६ वर्षमा मर्मत गर्नुपर्ने भए पनि प्राविधिक र वित्तीय समस्याका कारण विमानस्थलले १२ वर्षपछि सन् २०१० मा मर्मत गरेको थियो। त्यसबेला मर्मत गर्दा विमानस्थलले ४ करोड २५ लाख रुपैयाँ खर्च गरेको थियो।
विमानस्थलका अनुसार राडार मर्मत पूरा नभएसम्म ‘भिओआर–डिएमइ' यन्त्रबाट उडान र अवतरणमा सहयोग लिइने छ। भिओआरले जहाजलाई दिशानिर्देश गर्छ भने डिएमइले विमानस्थलबाट जहाजको दुरीबारे जानकारी दिन्छ। राडार नहुँदा एउटा जहाजबाट अर्को जहाजको दुरी बढ्ने भएकाले उडान ढिला हुन्छ।