मकै रोप्ने समयमा रासायनिक मलको अभाव हुने छैन: बसुन्धरा हुमागाईँ
०१ फागुन २०७८
•
१ मिनेट पाठ
मकै रोप्ने समयमा रासायनिक मलको अभाव हुने छैन: बसुन्धरा हुमागाईँ
बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री बसुन्धरा हुमागाईँले सबै पक्षको सहयोग भएमा स्वदेशमै रासायनिक मल मल उत्पादन गर्न सकिने बताएका छन्। 




मण्डनदेउपुर नगरपालिका–१० स्थित चण्डेनीमण्डन पशु बिमा सहकारी संस्थाको १९औँ साधारणसभा तथा भवन उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले सरकारले मकै रोप्ने समयमा मलको अभाव हुन नदिनेसमेत दाबी गरेका थिए।

मन्त्री हुमागाईँले सबैखाले बिमा गर्न जनचेतनाको आवश्यकता औँल्याउँदै खोरेत रोग अन्त्यको कार्यक्रम, विज्ञहरुको सुझावमा कृषि ऐन निर्माण, किसानलाई कार्ड वितरण, सहुलियत ऋण कार्यविधि निर्माणलगायतका विषयमा प्रदेश सरकारले प्राथमिकताका साथ काम सुरु गरेको जानकारी दिएका थिए।
अर्को समाचार
कोदो दिवस २०८० मनाइयो
१६ साउन २०८०
•
३ मिनेट पाठ
कोदो दिवस २०८० मनाइयो
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ स्थित कालिकास्थानमा कोदो रोपेर कोदो दिवस २०८० मनाइएको छ। ‘कोदोका बहारः दिगो, पौष्टिक र स्वादिष्ट आहार’ भन्ने नाराका साथ मण्डनदेउपुरस्थित स्थानीय मिलन महिला कृषक समूह र राष्ट्रिय कृषक समूह महासङ्घ नेपालको संयुक्त आयोजना तथा मण्डनदेउपुर नगरपालिका, संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन र केयर नेपालको सहकार्यमा सोमबार तेस्रो ‘कोदो दिवस २०८०’ मनाएको हो।




कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका सदस्य विष्णुमाया ओझाले कोदोको महत्व सबैलाई बुझाएर कृषि उत्पादनलाई थप व्यवस्थित गर्न र कृषि ऐन बनाएर अगाडि बढ्न आवश्यक रहेको बताइन। स्वास्थ्यसँग सम्बन्धित भएको र यसको महत्व धेरै रहेकाले उत्पादन गर्ने कृषकलाई पनि यसको महत्वका बारेमा बुझाउन आवश्यक रहेकामा उनले जोड दिइन। 

‘उत्पादन गरेको कोदोलाई खपत गर्न थालेनाँै भने पनि यसको उत्पादनमा ध्यान नदिइने भएकाले त्यसको खपतका लागि स्थानीय सरकारले अभियान थालनी गर्नुपर्ने हुन्छ’, सदस्य ओझाले भनिन, ‘यसको प्रचारप्रसारका लागि सबैजना लाग्यौँ भने सम्भव छ।’ सो क्रममा उनले कृषिमा परनिर्भर मात्रै भएर बस्ने नभई यसलाई व्यावसायिकरुपमा अगाडि बढाउन सके निर्यातसमेत गर्न सकिने सम्भावना रहेकाले युवाहरुलाई कोदो उत्पादनमा जोड दिन आग्रह गरिन।

नगरप्रमुख टोकबहादुर वाइबाले कृषिमा आधारित नगरपालिका भएकाले कृषिलाई प्राथमिकता दिँदै व्यवहारमा पनि लागू गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताए। सबैजसो ठाउँमा फल्ने बाली कोदो भएको र यो बहुउपयोगी पनि भएकाले कोदोलाई लोप हुन नदिन सबैको हातेमालो आवश्यक रहेकामा उनले जोड दिए।

कृषि विभागका महानिर्देशक डा हरिबहादुर केसीले सरकार कृषि ऐन बनाउने तयारीमा रहेको बताउँदै रैथाने बालीहरुलाई निश्चित पकेट क्षेत्रबनाउन  कानुनमै व्यवस्था गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए।  उनले बजेट बनाउन र कार्यक्रम बनाउन सहज हुने भएकाले छोड्दै गएको कोदो बालीको खेतीलाई बढावा दिन कृषकहरुलाई नै जागरुक गराउनु पर्नेमा जोड दिए। राष्ट्रिय कृषि नीति पनि परिमार्जनको अन्तिम चरणमा पुगेको उल्लेख गर्दै महानिर्देशक कार्कीले रैथाने बाली र जलवायुमैत्री प्रविधिलाई प्राथमिकतामा राखिएको र यसमा सङ्घ, प्रदेश र स्थानीय सरकारलाई पनि जोडेर अगाडि पर्नुपर्नेमा जोड दिए।

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका डा रामकृष्ण श्रेष्ठले कोदोको विविध परिकार बनाएर उपयोगिताको माध्यम बनाउन सके बालबालिकादेखि सबैको उपयोगी खाद्य वस्तुका रुपमा विकास गर्न सकिने बताए। पालिकाहरुसँग मिलेर रैथाने बाली संरक्षण अभियानमा लागिएकोे उल्लेख गर्दै उनले गत आर्थिक वर्षमा एक सय ३३ पालिकामा अनुदान प्रदान गरी  रैथाने बाली प्रवद्र्धनमा लागिएको र यस आर्थिक वर्षदेखि  एक सय ६७ पालिकामा पुग्ने तयारीमा रहेको उल्लेख गरे।

राष्ट्रिय कृषक समूह महासङ्घ नेपालका अध्यक्ष नवराज बस्नेतले किसानको प्रमुख भोजनका रुपमा चिनिएको कोदो लोप हुँदै गएको अवस्थामा यसको महत्व बुझाएर उत्पादनमा जोड दिन र प्रचार गर्न २०७८ सालदेखि  कोदो दिवस मनाउन थालिएको बताए। पहिलो कोदो दिवस २०७८  काठमाडौँमा, दोस्रो पटक मकवानपुरको भीमफेदी गाउँपालिकामा र तेस्रो काभ्रेपलाञ्चोकको मण्डनदेउपुरमा मनाइएको उनले बताए।

कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद दवाडीले विद्यालयका खाजा कार्यक्रममा कोदोजन्य रैथाने बालीको परिकारलाई बजारीकरण गर्न स्थानीय सरकार लाग्न आवश्यक रहेको बताए।

कार्यक्रममा संयुक्त राष्ट्रसङ्घीय खाद्य र कृषि सङ्गठनका अर्जुन थापा, केयर नेपालका प्रकाश सुवेदी र अनाज नेपालका अध्यक्ष करिण आचार्य लगायतले कोदोको महत्व, संरक्षण र विकासका बारेमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए। सो क्रममा मिलन महिला कृषक समूहका अध्यक्ष सुन्तली रोक्काको बारीमा सहभागीहरुले कोदो रोपेर सो दिवस मनाएका थिए। महासङ्घले यसलाई तीन वर्षदेखि दिवसका रुपमा अभियान अगाडि बढाउँदै आएको छ।
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस