चितवन-ठूला र मझौला पोल्ट्री व्यवसायीबीचको मतान्तर सार्वजनिक भएको छ। पोल्ट्री क्षेत्रमा ‘ठूलो' लगानी गरेका गुणचन्द्र विष्ट नेपाल पोल्ट्री व्यवसायी महासंघको अध्यक्ष भएपछि त्यसमा आवद्ध नेपाल अन्डा उत्पादक संघले महासंघमा नबस्ने औपचारिक घोषणा गरेको छ। महासंघमा अन्डा उत्पादकसहित आठवटा संघ आवद्ध छन्।महासंघको दोस्रो अधिवेशन शुक्रबार भरतपुरमा भएको थियो। अधिवेशनले विष्टलाई नै अध्यक्षमा निरन्तरता दिएपछि शनिबार अन्डा उत्पादक महासंघले भरतपुरमा पत्रकार सम्मेलन गरी महासंघमा नबस्ने घोषणा गरेको हो। अन्डा उत्पादक संघले महासंघको अधिवेशन नै बहिष्कार गरेको अध्यक्ष शिवराम केसीले बताए।
विष्ट सञ्चालक रहेको अविनास पोल्ट्री फार्मले अन्डा उत्पादन थालेको छ। ‘अन्डा उत्पादक संघले तोकेको लेबी तिर्न समेत आनाकानी गर्ने व्यक्ति महासंघको नेतृत्वमा आएपछि व्यवसायीको हित हुन नसक्ने देखेर हामी त्यहाँ नबस्ने निधोमा पुगेका हौं,' अध्यक्ष केसीले पत्रकार सम्मेलनमा भने। सो फार्मले ६ महिनाअघि अन्डा उत्पादन थालेको उनले बताए।
संघले फार्मबाट एक कार्टुन अन्डाको एक रुपैयाँ शुल्क लिन्छ। एक कार्टुनमा २ सय १० अन्डा हुन्छ। चितवन र नवलपरासीको दाउन्नेपूर्व नवलपुर क्षेत्रका १५ सय फार्मबाट दैनिक ४५ सय पेटी अन्डा उत्पादन हुने संघका अध्यक्ष केसीले जानकारी दिए। विष्टको एउटै फार्मबाट दैनिक एक सय ६० कार्टुन अन्डा उत्पादन हुने उनले बताए।
संघले अन्डा उत्पादन हुने फार्मबाट एक कार्टुनको एक रुपैयाँ शुल्क लिए झैं अन्डा सप्लायर्ससँग प्रतिकार्टुन तीन रुपैयाँ लिन्छ। यसरी वर्षमा पौने १२ लाख रुपैयाँ हाराहारी नगद संकलन हुने अध्यक्ष केसीले जानकारी दिए। ‘यो रकम व्यवसायीलाई आपत परेका बेला राहत दिनेदेखि अन्य सामाजिक सहयोग र प्रवर्द्धनात्मक काममा खर्च हुन्छ,' केसीले भने।
अन्डा वितरण गर्दा क्षति भए यही कोषबाट संघले ९५ प्रतिशतसम्म क्षतिपूर्ति दिन्छ। फार्ममा जैविक सुरक्षाबारे चेतना, प्रचारप्रसार, सामाजिक सहयोग र रेडक्रसले गर्ने रक्तदानसम्मका काममा कोषको रकमबाट सहयोग हुने उनको भनाइ छ।
‘यस्तो काममा उपयोग हुने कोषमा समेत शुल्क तिर्न विष्टजी राजी हुनु भएन। हाम्रो संघको नीति नियम पालना नगर्ने व्यक्ति नै पोल्ट्री महासंघको अध्यक्ष हुने भएपछि हामी त्यहाँ नबस्ने भयौं,' केसीले भने। अविनासले किसानलाई घाटा हुने गरी बजारमा अन्डा बेचेर समस्या ल्याएको संघको भनाइ छ।
संघले किसानले पाउने एक क्रेट अन्डाको मूल्य २ सय २५ रुपैयाँ तोकेको छ। संघका महासचिव त्रिलोचन कँडेल भन्छन्, ‘एउटा अन्डा उत्पादन गर्न सालाखाला नौ रुपैयाँ २७ पैसा खर्च हुन्छ। यो खर्च उठाउन एक क्रेट अन्डालाई २ सय ७८ रुपैयाँभन्दा धेरैमा बेच्नु पर्छ। तर, त्योभन्दा कममा बेच्नु पर्ने बाध्यता छ,' कँडेलले भने।
अभिनासले यो भन्दा पनि घटाएर बेच्ने गरेको आरोप संघको छ। ‘लागतभन्दा कममा नबेचौं भन्दा पनि उहाँ तयार हुनु भएन। अनि उहाँबाट पोल्ट्रीको विकास कसरी सम्भव छ,' अध्यक्ष केसीले भने। महासंघ ठूला व्यवसायीको मञ्च बन्न थालेको र सानाको हित सम्भव नहुने ठहर रहेको उनले बताए।
महासंघमा अन्डा उत्पादकसहित, नेपाल दाना उद्योग संघ, नेपाल ह्याचरी उद्योग संघ, नेपाल कुखुरा बजार व्यवस्थापन समिति, नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी समिति, नेपाल पशुपक्षी औषधी व्यवसायी संघ, नेपाल पोल्ट्री व्यवसायी मञ्च र चितवन नवलपुर दाना वितरण संघ आवद्ध छन्। महासंघले पोल्ट्रीको विकासमा सोचे जति भूमिका नखेलेको पनि संघको आरोप छ।