जयनगर–कुर्था रेलमार्गमा ‘ड्राय रन’का लागि आइतबारदेखि रेल सञ्चालन गरिएको छ। नेपाल ल्याइएको १७ महिनापछि यात्रुबिना रेल गुडाउन थालिएको हो।
भारतबाट ८४ करोड रुपैयाँमा खरिद गरी ०७७ असोज २ गते रेल नेपाल ल्याइएको थियो। नियमित रेल सञ्चालनमा अवरोध नहोस् भन्ने उद्देश्यले उद्घाटनअगावै ड्राय रन गर्न लागिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जनले झाले जानकारी दिए। दैनिक एकपटक रेल जयनगरबाट–कुर्थासम्म चलाइनेछ। रेल कुर्थाबाट फर्किएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी राखिने झाले बताए। यो प्रक्रिया करिब दुई साता चल्ने छ। रेलमा कुनै प्राविधिक गडबडी छ कि भनेर परीक्षण गर्न खाली रेल कुदाइएको झाले बताए।
एसी र जनरल गरी १३ सय यात्रु बोक्न सक्ने रेलको क्षमता छ। ड्राय रनमा यात्रुलाई सेवा दिइने छैन। पहिलो दिन रेलमा सुरक्षाकर्मी, जनप्रतिनिधि, रेलवेका कर्मचारी र सञ्चारकर्मी सवार थिए। अवदेखि रेल खाली गुड्ने छ। रेल गुड्न थालेपछि ६० नेपाली र १४ भारतीय कर्मचारी काममा खटिएका छन्। १२ भारतीय कर्मचारी रेलको औपचारिक उद्घाटनपछि आउने बताइएको छ।
०७७ असोजमा धुमधामले स्वागत गरेर भिœयाइएको रेल सेटको पुस महिनाको दोस्रो सात्ता पुनः परिक्षण गरिएको थियो। जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर रेल्वे लिकमा रेल गुडाएर परिक्षण गरिपछि पुनः इनर्वामा थन्काइएको थियो। रेल लिकमा गुडाएर थन्काउने यो पहिलो घटना थिएन।
रेल सेट भित्रीएको दश महिनापछि गत्त साउनमा सञ्चालन हुनुअघि गरिने रेल्वे लिकमा गति परीक्षण यकीन गरिएको गियो। त्यो बेला ‘अब रेल चल्ने भयो’ भनेर जनतामा खुसी छाएको थियो। तर त्यो खुसी धेरै समय टिक्न सकेनन्। कानूनी अडचन, कर्मचारी तथा बजेट अभाव लगायतका जटिलताले रेल लामो समय थन्किँदा जनता निराश बने। आइतबार घुम्टो उघारेर रेल्वे लिकमाथि रेल दौडेको देखेर जनतामा पुनः उत्साह संचार भएको छ।
न्यारोगेजमा सञ्चालन हुँदै आएको जयनगर–जनकपुर रेल ब्रोडगेजमा चलाउन २०७७ असोजमा परीक्षण सेवा सुरु गरिएको थियो। न्यारोगेजमा चल्ने रेल बन्द भएको झन्डै ६ वर्षपछि ब्रोडगेजमा रेल चलाउन लागिएको हो, जुन नेपालको इतिहासमा पहिलो हो।
नेपालमा पहिलो पटक १९८४ सालमा बेलायत सरकारको सहयोगमा रक्सौल–अमलेखगन्ज रेल सेवा सञ्चालनमा आएको थियो। त्यो रेल सेवा ३८ वर्षपछि २०२२ सालमा बन्द भएको थियो। उक्त रेलसेवाले तराई–मधेसका मात्र नभई पहाडका मानिसलाई समेत काठमाडौं पुग्न मद्दत पु¥याएको थियो। पहाडका मानिस तराई झरेर भारत हुँदै रेलबाट अमलेखगन्ज पुग्थे। त्यहाँबाट पैदल काठमाडौंको यात्रा तय गर्थे। त्यसपछि १९९४ मा जयनगर–जनकपुर–बिजलपुरा रेल चल्यो। जसलाई नेपालको पहिलो न्यारोगेज रेल भनिन्थ्यो। करिब ५२ किलोमिटरमा सो रेल कोइलाबाट चल्थ्यो।
पछि डिजेल इन्जिन सुरु भयो। त्यो बेला रेल सेवा यात्रुभन्दा पनि मालसामान ओसारपसार गर्न सञ्चालन गरिएको थियो। पछि त्यसमा मानिस बस्ने बोगी थपियो। ७६ वर्षपछि २०७१ माघमा यो रेल सेवा पनि बन्द भयो। यो रेल सेवा बन्द भएपछि यस भेगका जनताको भारतीय बजार जयनगरसँगको द्रुत सम्पर्क पनि रोकियो। जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बिजलपुरासम्म सञ्चालन हुँदै आएको त्यो रेल सेवा ०५८ सालदेखि जयनगर–जनकपुरमा सीमित भएको थियो। कारण थियो, महोत्तरीको बिजलपुरा खण्डमा भत्केको पुल मर्मत नहुनु।
भारत सरकारको आर्थिक सहयोगमा ६ वर्षदेखि जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्म ब्रोडगेज रेल सेवाका लागि रेल्वे निर्माण भइरहेको छ। जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्मको रेल्वे निर्माण पूरा भए पनि गत्त वर्ष असोजमा जनकपुर–जयनगरसम्म मात्र रेल सेवा परीक्षण सुरु गरिएको थियो। नेपाल सरकारले एक वर्षअघि ८४ करोड ६५ लाख रूपैयाँमा दुई सेट रेल खरिद गर्न भारतीय कम्पनीसँग सम्झौता गरेको थियो। रेल विभागका जनकपुर साइटका अनुसार एक हजार तीन सय सिट क्षमताको यो रेलमा भारतका विभिन्न मध्यम दूरीमा चल्ने ‘इन्टर सिटी एक्स्प्रेस’ कै सुविधा जडान गरिएको छ।
दुईवटा इन्जिन रहेको यस रेलमा अगाडिकोलाई मुख्य अर्थात् पावर र पछाडिकोलाई टेलर कार भनिन्छ। यो रेलको स्पिड प्रतिघन्टा ११० किलोमिटर छ। तर जनकपुर–जयनगर ब्रोडगेज रेल्वे प्रतिघन्टा १०० किलोमिटर स्पिडको डिजाइनमा बनाइएको छ। विभागले गत्त वर्ष असोज महिनामै नेपाल रेल्वेलाई दुवै रेल हस्तान्तरण गरेको छ। रेल बनाउन भारतीय कम्पनी इन्टरनेसनल कोच फ्याक्ट्रीलाई जिम्मा दिइएको थियो। यो कम्पनी रेल निर्माणका लागि भारतमा अग्रणी मानिन्छ। अहिले यो रेल जनकपुर–जयनगर–कुर्थासम्म ३५ किलोमिटरमा सञ्चालन हुनेछ। पछि महोत्तरीको बिजलपुरसम्म विस्तार गर्ने योजना छ। त्यहाँबाट पनि बर्दिबाससम्म रेल चलाउने योजना छ।