मंगलसेन (अछाम)- नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजना प्रवर्द्धक भारतीय जिएमआर कम्पनीले प्रभावित क्षेत्रमा लाभ-हानी, पुनर्बास तथा पुनर्स्थापनाबारे जानकारी नगराएको स्थानीयले गुनासो गरेका छन्। स्थानीयका चासो सम्बोधन गरेर प्रवर्द्धक अघि बढ्नुपर्नेमा जोड दिएका उनीहरुले आयोजनामा भाँजो हाल्नेलाई बहिष्कार गर्ने चेतावनी दिए।आयोजना बनाउन सुर्खेत, दैलेख र अछामका अधिकांश स्थानीय सकारात्मक रहे पनि यहाँको विकास, विद्युतीकरणबारे केही नबताइएकाले प्रस्ट पारेर मात्र निर्माण अगाडि बढाउन जोड दिएका छन्। शिक्षा, स्वास्थ्य, सडक–बत्तीभन्दा विस्थापित हुने घरधुरीको पुनर्बास कहाँ हुने भन्नेमा अधिकांशले चिन्ता व्यक्त गरे।
विकास निर्माण एवं विद्युतीकरण पछि गरे पनि पुनर्बासको ठाउँ किटान गर्न सार्वजनिक सुनुवाइ तथा छलफलमा उपस्थित बहुसंख्यकले लगानी बोर्ड र कम्पनीलाई आग्रह गरे। आयोजना बन्नुपर्नेमा जोड दिँदै भैरवस्थानका बमबहादुर बिसीले निर्माणमैत्री वातावरण बनाउन कम्पनीले अति प्रभावित क्षेत्रका बासिन्दासँग पर्याप्त परामर्श, छलफल र सुझाव संकलन गर्नुपर्ने सुझाए।
'अछामबासी आयोजनाको विरोधमा छैनन् तर बास उठ्ने व्यक्ति, तिनको सुविधा र रोजगारीबारे कम्पनीले स्पष्ट पार्नुपर्छ,' उनले भने, 'स्थानीयको माग पूरा गरेर काम सुरु गर्नुपर्योा, यसतर्फ कम्पनीको ध्यान जाओस्।' अनावश्यक माग राखेर आयोजनामा भाँजो हाल्नेलाई सबै मिलेर बहिष्कार गरिने उनले बताए।
आयोजना विकास सम्झौता (पिडिए) को विश्लेषण तथा छलफलमा कम्पनीले अति प्रभावित क्षेत्रका व्यक्तिलाई नसमेटी राजनीतिक पार्टीनिकट व्यक्ति मात्र समेट्ने गरेको अछाम बहुमुखी क्याम्पसका प्राचार्य शेरबहादुर शाहीले बताए। 'सुर्खेत र दैलेखको तुलनामा अछामका भैरवस्थान, रानीवन र राफ गाविस बढी प्रभावित हुन्छन्,' उनले भने, 'कम्पनीले यी क्षेत्रका घरधुरीको पुनर्बासमा ध्यान दिनुपर्छ।'
पुनर्बास गर्नुपर्ने ५६ घरधुरी अछामकै छन्। दुई किलोमिटरको सुरुङसमेत यही जिल्ला बन्ने जलाशयले भैरवस्थान गाविस डुब्ने हुँदा स्थानीयको घरबास, रोजगारी र शिक्षा–स्वास्थ्य सुनिश्चित गर्नुपर्ने शाहीले बताए।
आयोजनाबाट सुर्खेत र अछाममा तीन/तीन गाविस र दैलेखमा चार गाविस, एक नगरपालिका २ सय ३९ परिवार प्रभावित हुने अध्ययनले देखाएको छ। निर्माण सुरु गर्नुपूर्व जग्गा अधिग्रहण, पुनर्बास र दिगो वातावरण व्यवस्थापन चुनौती रहेको औंल्याउँदै अधिकांश स्थानीयले यसतर्फ दीर्घकालीन योजना बनाएर काम थाल्न कम्पनीलाई सुझाए।
स्थानीयलाई आश्वस्त पार्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले अति प्रभावित र प्रभावित क्षेत्रका बासिन्दाको जीवनस्तर हालको भन्दा धेरै उच्च हुने दाबी गरे। 'पिडिएमा विस्थापितको जीवनस्तर अन्तर्राटि्रय मापदण्डअनुसार व्यवस्थापन गर्नुपर्ने किटान गरिएको छ,' उनले भने, 'कम्पनीले स्थानीयले राखेका सबै माग पूरा गर्नेछ, उसले बोर्डसँगको समन्वयमा सबै काम गर्नुपर्नेछ।'
आयोजना बने मात्र स्थानीयको माग र यहाँको आवश्यकता पूरा हुने हुँदा निर्माण प्रक्रियामा सहयोग गर्न पन्तले सबैलाई आग्रह गरे। जिएमआरका नेपाल प्रमुख हरविन्द मनोचाले स्थानीयले उठाएका जायज माग कम्पनीले पूरा गर्ने प्रतिबद्धता जनाए। 'स्थानीय स्तरमा विद्युतीकरण गर्न दुई मेगावाटको छुट्टै आयोजना बन्छ,' उनले भने, 'यस क्षेत्रमा क्याम्पस र ५० शैयाको अस्पतालसहित दैलेख र अछाप जोड्न कर्णाली नदीमा पक्की पुल बनाइनेछ।'
कम्पनीसँग भएको पिडिए सम्झौता राष्ट्रघाती भएको भन्दै नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा–माओवादीले विरोध गरेका थिए। विकास निर्माणको यसरी विरोध गर्ने जुनसुकै व्यक्ति वा राजनीतिक पार्टीको खुलेर प्रतिकार गर्ने दैलेखका जीवन थापाले बताए। 'सरकारले सम्झौता गरेर निर्माण सुरु हुन लागेको आयोजनाको विरोध गर्न दिँदैनौं,' उनले भने, 'आयोजना बनेर यस क्षेत्रको विकास हुनुपर्छ भन्ने पक्षमा छौं, कसैको अवरोध सहदैनौं।'
तल्लो र माथिल्लो तटीय क्षेत्रमा प्रभाव पर्ने, अन्य कम्पनीलाई आयोजना बनाउने अनुमति दिन नमिल्ने गरी सम्झौता भएकाले आयोजना खारेज हुनुपर्ने विरोधी पक्षको तर्क थियो। नदीको अग्राधिकार देशकै हुने भन्दै यस्ता गलत तर्क राखेर विरोध नगर्न बोर्डका प्रमुख कार्यकारी अधिकृत पन्तले आग्रह गरे।
स्थानीयलाई बढीभन्दा बढी फाइदा हुने गरी आयोजना बन्नुपर्ने दैलेखका सभासद अमरबहादुर थापाले बताए। 'सरकारले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट निर्माण गर्न दिएको आयोजनाको विरोध गर्न हुँदैन,' उनले भने, 'बरु आयोजना छिटो बनाउन सहयोग गर्नुपर्छ, स्थानीयको विकास र विद्युतीकरणमा कम्पनीले जोड दिनुपर्छ।'
प्रभावित क्षेत्रको विद्युतीकरणका लागि कम्पनीले छुट्टै २ मेगावाटको आयोजना बन्ने भएकाले अपुग बिजुलीका लागि सरकारले पाउने १ सय ८ मेगावाटबाट माग गर्न परामर्श गर्नुपर्ने उनको धारणा थियो। नेपाल विद्युत प्राधिकरणले पाउने २७ प्रतिशत निःशुल्क सेयरमध्ये स्थानीयले लगानी गर्न सक्ने जति उनीहरुले पाउनुपर्नेमा अछामका सभासद भरत साउदले बताए।
गत असोजमा गरिएको पिडिए सम्झौतामा दुई वर्षभित्र कम्पनीले लगानी जोहो गरेर आयोजनाको निर्माण सुरु गर्नुपर्छ। आयोजना प्रमुख दिलिपकुमार सिंहले तोकिएको अवधिअघि नै वित्तीय व्यवस्थापन गरेर काम सुरु गरिने बताए। 'हामी स्थानीयको सल्लाह–सुझावअनुसार काम गर्छौं, यसमा सबैले सहयोग गर्नुस्,' उनले भने।
अबको एक वर्षभित्र आवश्यक जग्गा अधिग्रहण, पुनर्बासको क्षेत्र र अन्य पूर्वाधार निर्माण गरिने सिंहले बताए। तल्लो र माथिल्लो तटीय क्षेत्रमा पर्ने प्रभावबारे सरकार सम्मिलित प्राविधिक टोलीले अध्ययन गरिरहेकाले डेढ महिनामा यसबारे सरकारलाई जानकारी गराउने बताए।
प्राविधिक टोलीले सिँचाइ आयोजनामा असर पर्न नहुने, रोजगारीको सुनिश्चितता र सरकारले कम जोखिम लिनुपर्ने गरी अध्ययन गरिरहेको छ। कैलाली जिल्लामा बनिरहेका रानी जमरा, कुलरिया र बर्दियाको राजापुर सिँचाइ आयोजनामा प्रतिकूल असर पर्न नहुने पिडिएमा उल्लेख छ। असर पर्ने भए जिएमआरले नै 'रि–रेगुलेटिङ' ड्याम बनाउनुपर्नेछ।
सिँचाइ आयोजना माथिल्लो कर्णालीभन्दा १ सय ४० किलोमिटर तल पर्ने हुँदा यसबाट असर नपर्ने र सिँचाइका लागि पानी अभाव नहुने बोर्डका उप–सचिव खगेन्द्रप्रसाद रिजालले बताए। 'सिँचाइ आयोजना बन्ने क्षेत्रभन्दा निकै माथि सुर्खेतको कुइनेमा कर्णालीमा भेरी नदी मिसिन्छ,' उनले भने, 'यस्तै त्यसको केही तल अर्थात अछामको टुसुरामा पश्चिम सेती मिसिन्छ।' दुई ठूला नदी कर्णालीमा मिसिने हुँदा रानी जमरा, कुलरिया र राजापुर सिँचाइ आयोजनाका लागि पर्याप्त पानी पुग्छ।