काठमाडौं— न बस्ने ठाउँ छ, न शौचालय। त्यसमाथि लथालिङ ट्रली। अन्तर्राष्ट्रिय उडानबाट ओर्लेका यात्रु लामो यात्रा र उभिँदा–उभिँदाको थकाइले चूर भए पनि सोमबार आफ्नो 'लगेज' लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ब्यागेज बेल्टमा एकतमास हेरिरहेका थिए।
विमानस्थलको ब्यागेज बेल्ट भएको ठाउँ साँघुरो र अव्यवस्थित हुँदा सोमबारमात्र होइन, सधैंजसो यात्रुले दुःख पाउने गरेका छन्। त्यसमाथि एउटा बेल्ट बिग्रिएर बन्द भएको महिनौं भइसकेको छ। अर्काेले पनि नियमित काम गर्दैन । २१ वर्षअघि जडान गरिएको बेल्ट फेर्नुपर्ने बेला भए पनि विमानस्थल सञ्चालक निकाय नेपाल नागरिक उडड्यन प्राधिकरणले चासो देखाएको छैन।
यात्रुले बेल्ट र व्यवस्थापनका कारण मात्र होइन आफ्नो सामान बुझ्न नपाउँदा र लगेजबाट सामान हराउँदा हैरानी बेहोर्छन् । कहिलेकाहिँ वायुसेवा कम्पनीले नै सामान समयमा ल्याइदिँदैनन्।
मंगलबार तीनवटा जहाज लगभग उस्तै समयमा अवतरण गरेपछि लगेज लिन करिब ६ सय यात्रुले ठूलो हैरानी बेहोरे । बैंकक घुमेर थाई एयरवेजबाट काठमाडौं आएका निराजन उप्रेतीले आफ्नो लगेज लिन दुई घन्टाभन्दा बढी समय खर्च गरे । उनको समयमात्र बर्बाद भएन, लगेजकमो चेन खुलेर आएको थियो । उनले त्यहाँ के हरायो भन्नेतिर लागेनन्, बरु झोला समातेर भोजपुर हिँडे।
'साथीहरु कुरेर बसेका छन्, यहाँ के हरायोभन्दा पनि उता भेटघाट महत्वपूर्ण हो। त्यसैले म हिँडे,' उनले भने, 'कहाँ गएर भन्नु यत्रो भिडभाड छ, कोही कर्मचारी सघाउन आउँदैनन्।'
त्यस्तै बैंककबाटै आएकी सुमिना शर्माले चार घन्टासम्म कुर्दा पनि आफ्नो एउटा झोला हात नपरेको सुनाइन्। 'विमानस्थल कर्मचारीलाई खबर गरे वायुसेवालाई भन् भन्छ, वायुसेवालाई भन्दा विमानस्थलतिर देखाउँछन्, कोही कर्मचारी पनि जवाफदेही छैनन्,' उनले भनिन्।
एयर अरेबियाबाट सोमबारै काठमाडौं आएका यात्रुको सामान भने आइपुगेन। यात्रुले दुई घन्टा कुरेपछि सामान मंगलबार आउने जानकारी गराइयो। यात्रुले विमानस्थल व्यवस्थापन र वायुसेवा कम्पनीका कारण सधैं दुख पाउने गरेका छन् । वायुसेवाले जानकारीबिना अन्तिम समयमा यात्रुको सामान नआएको बताउने र विमानस्थलमै लगेज फुट्ने र हराउने हुन थालेपछि यात्रुले सास्ती पाइरहेका छन्।
फागुन १२ मा जेट एयरवेजबाट मुम्बई–नयाँदिल्ली–काठमाडौं आएकी पोखराकी हीरा भट्टराईको झोला मंगलबारसम्म आइपुगेको छैन। उनीसँगै रहेका १४ जनाको झोला आए पनि ट्याग नम्बर '९डब्लु १४०९८४' को उनको झोला नआएपछि सोधपुछ गर्दा विमानस्थल र वायुसेवा दुवैका कर्मचारीले जिम्मेवारी लिएनन्। 'बुधबारसम्म कुर्न भनेका छन्, झोलामा महत्वपूर्ण सामान छ,' उनले गुनासो गरिन्।
विमानस्थलका महाप्रबन्धक वीरेन्द्र श्रेष्ठ यात्रुले लगेज झिक्ने ब्यागेज बेल्ट एरिया साँघुरो भएको स्वीकार गर्छन्। 'विमानस्थल नै सानो भएर अहिले बढाउन थालिएको छ,' उनले भने । ट्रली अहिले ५ सय थान छन्। थप २ सय ५० वटा किन्न लागिएको उनले बताए।
विमानस्थलमा लगेजमा लापरबाही गर्ने कर्मचारीविरुद्ध गुनासो आएपछि कारबाही गर्न थालिएको उनले बताए । 'केही समयअघि पाँच कर्मचारीलाई कारबाही गरिसकेका छौं । अब गुनासो कम हुँदै गएको छ,' उनले भने । लगेज उता फुटेको र उतै सामान हराएको वा यता फुटेको वा हराएको थाहा नहुने उनले बताए । 'विमानस्थल सन् २०१७ सम्ममा फराकिलो भएपछि समाधान हुन्छ,' उनले भने ।
श्रेष्ठका अनुसार विमानस्थलको बेल्ट १९९४ मा जडान गरिएको हो। 'बिग्रेको बेल्ट तीन महिनाभित्र फेरिन्छ र अर्काे बेल्ट पनि प्रतिस्थापन गर्ने तयारी थालिएको छ,' उनले भने। पुरानो भएर बीच–बीचमा रोकिने र काम नगर्ने उनको भनाइ छ।