काठमाडौं– करिब तीन महिनादेखि उखुको न्यूनतम मूल्य निर्धारणमा देखिएको विवाद अहिले किसानलाई उखुको प्रवद्र्धनबापत दिइने रकममा आएर ठोकिएको छ। यसअघि चिनी उद्योगीले उखु किसानलाई प्रवद्र्धनबापत प्रतिक्विन्टल २५ रुपैयाँका दरले पैसा दिने गरेका थिए । यो वर्ष उखुको भाउमा कुरा नमिलेपछि उद्योगीले उक्त रकम दिन मानेका छैनन्।
उखुको न्यूनतम मूल्य निर्धारणमा अहिले यसैमा कुरा अड्किएको छ ।
उद्योग मन्त्रालयका अनुसार उद्योगीले किसानलाई रकम दिन नमानेको अवस्थामा सरकारले प्रवद्र्धन बापतको पैसा दिए उखुको न्यूनतम मूल्य निर्धारण गर्न सकिन्छ । 'किसानलाई प्रवद्र्धनबापत पैसा दिन अर्थ मन्त्रालयसमक्ष रकम माग गरी सोमबार प्रस्ताव पठाएका छौं,' उद्योगमन्त्री महेश बस्नेतले मंगलबार नागरिकसँग भने, 'झन्डै दुई करोड ४० लाख क्विन्टल उखुका लागि ६० करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ ।'
अर्थ मन्त्रालयले प्रवद्र्धनबापतको रकम निकासा गरेपछि मात्र उखुको मूल्य निर्धारण हुने मन्त्री बस्नेतले बताए । उखुको मूल्य तोक्ने विषयमा प्रवद्र्धन रकम मुख्य समस्या बनेको उनले जानकारी दिए । 'अर्थले स्वीकृत गरेपछि मात्र उखुको मूल्य निर्धारण हुन सक्छ,' मन्त्री बस्नेतले भने, 'अहिलेको समस्या २५ रुपैयाँ हो, अर्थले यो रकम नदिएसम्म हामीले केही गर्न सक्दैनौं ।'
चिनी उद्योगीले उखुखेतीको विकासका लागि २०६२ देखि प्रवद्र्धनबापत रकम दिने घोषणा गरेका थिए । त्यसयता कम उखु उत्पादन भएको र चिनीको माग धेरै भएकाले उखु खेतीलाई प्रवद्र्धन गर्न प्रतिक्विन्टल २५ रुपैयाँ दिँदै आएका थिए । अहिले अघिल्ला वर्षजस्तै किसानलाई २५ रुपैयाँ दिन नसकिने उद्योगीले घोषणा गरेकाले समस्या उत्पन्न भएको हो ।
अहिले प्रशस्त मात्रामा उखु उत्पादन भइरहेकाले प्रवद्र्धनबापत रकम दिन नसकिने उद्योगीले बताएको उद्योगका सहसचिव जीतबहादुर थापाले बताए । उखुको मूल्य निर्धारणमा प्रवद्र्धनको मुद्दा अड्किएको बताउँदै व्यवसायीले यस्तो रकम सरकारले नै बेहोरोस् भन्ने माग राखेको उनले बताए ।
यसअघि उद्योगले अर्थ, वाणिज्य, कृषि र उद्योग मन्त्रालयकै प्रतिवेदनका आधारमा उखुको मूल्य प्रतिक्विन्टल ४ सय ६१ रुपैयाँ प्रस्ताव राखेको थियो । सरकारले यसमा थप २५ रुपैयाँ प्रवद्र्धन रकम दिने हो भने यस मूल्यमा मोटामोटी सहमति भएको छ । सरकारी प्रतिवेदन अनुसार अहिलेको उखुको लागत मूल्य ३ सय १५ रुपैयाँ छ । यसमा किसानलाई भाडाबापत ५० रुपैयाँ, नाफा ३१ रुपैयाँ ५० पैसा, ३९ रुपैयाँ भ्याटबापत पाउने र प्रवद्र्धन रकम २५ रुपैयाँ राखिएको छ । यी सबै विषयमा कुरा मिले पनि प्रवद्र्धन रकम कसले दिने भन्ने विषयमा अहिलेको मुख्य समस्या बनेको हो । अहिले किसानले भ्याटमा ७० प्रतिशत अनुदान पाउँदै आएका छन् ।
विश्व बजारमै चिनीको मूल्य घटिरहेकाले सरकारले किसानलाई थप सहुलियत दिनुपर्ने सरोकारवाला बताउँछन् । भारत र ब्राजिलमा उत्पादन हुने ठूलो मात्राको चिनीले नेपालको चिनी बजारको मूल्य घट्दै गएको छ भने अर्को मूल्य वृद्धिका कारण उखुको लागत मूल्य बढ्दै गएको छ । यही फरकलाई परिपूर्ति गर्न सरकारले किसानलाई सहुलियत उपलब्ध गराउनु व्यवसायी बताउँछन् ।
अहिले बजारमा भारत र ब्राजिलबाट चिनी आयात भइरहेको छ । यसको सिधा असर नेपाली उद्योगलाई परेको छ । नेपालमै उत्पादन भएको चिनीभन्दा ब्राजिलबाट आएको चिनी सस्तो पर्न थालेको छ । सरकार नै गम्भीर भएर किसानलाई अनुदान र सहुलियत नदिने हो भने उखुखेती अब असम्भव हुँदै जाने सम्बद्ध व्यक्ति बताउँछन् ।
भारतले हरेक वर्ष किसानलाई अनुदान बढाउँदै गएको छ । यस वर्षको बजेटमा पनि किसानलाई सुविधा थपेको छ । यसले गर्दा नेपाली किसान र उद्योगीले समस्या बेहोर्नुपर्ने छ ।
बजारमा चिनीको मूल्य घटेको र पोहोर सालको मूल्यमा उद्योगीले घाटा सहनु परेकाले यसपालि मूल्य घटाउनुपर्ने माग चिनी उद्योगीले राख्दै आएका छन् । नेपाल चिनी उद्योग संघले पोहोर सालभन्दा अहिले प्रतिकेजी ११ रुपैया घटेर चिनीको कारखाना मूल्य ४८ रुपैयाँसम्म पुगेको बताएको छ ।
उखुको मूल्य तोक्ने विषयमा झन्डै तीन महिनादेखिको प्रयास सफल हुन सकेको छैन । यसबीचमा पोहोर सालको उखुको भुक्तानी समयमा दिने र यस वर्षको पहिलो महिनाको उखुको पेस्की ३ सय ५० रुपैयाँका दरले दिने निर्णय भए पनि लागू हुन सकेको छैन् ।
अहिले देशभरमा ११ वटा चिनीमिल सञ्चालनमा छन् । अहिले किसानले खेतबाट झन्डै आधा उखु निकालिसकेका छन् । चैत महिनाभित्रमा सम्पूर्ण उखु निकालिसक्नु पर्ने बाध्यतामा किसान छन् ।