अन्तर्राष्ट्रिय उडान ३३ घन्टा अवरुद्ध
२० फागुन २०७१
•
१३ मिनेट पाठ
अन्तर्राष्ट्रिय उडान ३३ घन्टा अवरुद्ध
काठमाडौं-बुधबार बिहान ७:१२ बजे।
टर्कीको इस्तानबुलबाट काठमाडौं आइरहेको टर्किस एयरलायन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न कोटेश्वरमाथि आइपुगिसकेको थियो।
यात्रुहरू सिटबेल्ट बाँधेर तम्तयार थिए।जमिनबाट करिब ५० मिटर उचाइमा आइपुगेको जहाजले एक्कासि ‘ओभरसुट' गरेपछि यात्रुहरूको हंसले ठाउँ छाड्यो। छुनै लागेको धावनमार्ग छाडेर उडान नम्बर ‘टिके७२६' को जहाज फेरि आकाशमाथि नै चक्कर काट्न थाल्यो। सुरुमा उत्तर हान्नियो, त्यहाँबाट पश्चिम हुँदै दक्षिणतिर गएर काठमाडौं उपत्यका फन्को मार्योट। चालकदलले यात्रुहरूलाई ‘मौसमका कारण जहाज अवतरण गर्न नसकेको' जानकारी गरायो।
२ सय ८९ सिट क्षमताको ‘वाइड बडी' जहाज एक नाबालकसहित २ सय २४ यात्रु र चालकदलका ११ सदस्यसहित २५ मिनेट आकाशमै फन्को (होल्ड) मारिरह्यो।
बिहान ७:४५ बजे।
पहिलो प्रयास असफल भएपछि चालकदलले अवतरणको दोस्रो प्रयास गर्न जहाजलाई फेरि विमानस्थलतिरै मोड्यो। जहाज कोटेश्वरबाट धावनमार्गतर्फ सोझियो।
दोस्रोचोटि पनि बाक्लो हुस्सुका कारण पाइलटले सही ठाउँमा अवतरण गराउन सकेनन्। धावनमार्गको जुन ठाउँमा पांग्राले पहिलोपटक छुनुपर्छ, त्यो ठाउँ बिराएर अलि अगाडि ‘ल्यान्ड' गर्न पुग्यो। जतिबेला पाइलटले जहाजको पांग्रा गलत ठाउँमा परेको थाहा पाए, त्यतिबेलासम्म ढिला भइसकेको थियो। उनले फेरि ‘ओभरसुट' गर्ने मौकै पाएनन्।
सुरुमा त चालकदलले जहाज धावनमार्गको सही ठाउँमा कुदिरहेको छ भन्ने नै सोच्यो। जहाज कमान्ड गरिरहेका क्याप्टेनले एक–दुई सेकेन्डपछि मात्र थाहा पाए, बायाँपट्टिको पांग्रा चौरमा र दायाँपट्टिको धावनमार्गमा कुदिरहेको रहेछ। यही कारणले पनि उनले फेरि ‘ओभरसुट' गराउन सकेनन्।
त्यसको एक निमेषमै क्याप्टेन र को–पाइलटले एकैचोटि ब्रेक लगाए। जहाज धावनमार्गबाट चिप्लिएर बायाँपट्टिको चौरमा पुग्यो। यसबीच जहाजले धावनमार्ग र ट्याक्सीवेका आधा दर्जन बत्ती फुटाइसकेको थियो। बलपूर्वक रोक्न खोजेकाले जहाज चिप्लिँदै बायाँपट्टिको चौरमा अगाडिको भाग धस्सिन पुग्यो।
धावनमार्गमा ‘टचडाउन' गरेको बिन्दुबाट जहाज धस्सिन पुगेको दुरी एक किलोमिटर उत्तर–पश्चिम पर्छ। बेस्कन ब्रेक लगाएकाले अगाडिको पांग्रा जमिनमा करिब चार फिट तल धस्सिएर पन्चर भएको छ।
पहिलो असफल अवतरणबाटै अत्तालिएका २ सय २४ यात्रुबीच एक्कासि लागेको चर्को ब्रेकले कोलाहलै मच्चियो। जहाज रोकिन त रोकियो, यात्रुहरू भने रुन–कराउन थाले। दस मिनेटपछि बल्ल दुवै भागमा रहेका ६ वटा आकस्मिक ढोका (इमर्जेन्सी स्केप स्लाइड) खुल्यो। सबै यात्रु त्यसैबाट चिप्लेटी खेल्दै सकुशल बाहिरिए। एक बेलायती यात्रु त आत्तिएर बेहोसै भए। उनलाई तुरन्त उद्धार गरी अस्पताल लगियो।
विमानस्थल व्यवस्थापनले त्यसपछि जहाजमा आगलागी हुन नदिन ‘फोम एक्सटिनगुइसर' छ्यापेको थियो।

के कारण भयो दुर्घटना?


त्रिभुवन विमानस्थल स्रोतका अनुसार टर्किस जहाज दुर्घटना पर्नुको कारण ‘प्रतिकूल मौसम' हो। अवतरण गर्ने बेला धावनमार्गको ‘भिजिबिलिटी' (जहाजको ककपिटबाट पाइलटले सिधा देख्नसक्ने दुरी) पर्याप्त भए पनि पांग्राले धावनमार्ग छुने समयमै हुस्सु आउँदा यो दुर्घटना भएको स्रोत बताउँछ।
‘टर्किसको जहाज पहिलोपटक ल्यान्ड गर्न आउने बेला र दोस्रोपटक फर्केर आउँदा धावनमार्गको भिजिबिलिटी एक हजार मिटर थियो,' स्रोतले बुधबार नागरिकसँग भन्यो, ‘नौ सय मिटर भिजिबिलिटी हुँदासम्म अवतरण गर्न सक्ने टर्किस एयरलायन्सको नियम छ।'
स्रोतका अनुसार पहिलोचोटि कोटेश्वरमाथि आइपुग्दा एक्कासि हुस्सुले ककपिट अगाडिको भाग छेकिन पुगेको थियो। त्यसपछि ओभरसुट गरेको जहाज २५ मिनेट आकाशमै फन्को मार्दै दोस्रोपटक आएर टचडाउन गर्ने बेला दुर्भाग्यवश फेरि हुस्सुले अगाडिको भाग छेक्न पुग्यो।
‘धावनमार्गबाट दुई–चार मिटर माथि त्यस्तो भएपछि चालकदलको अगाडि कुनै विकल्प हुँदैन,' लामो समय जहाज उडाएका एक वरिष्ठ क्याप्टेनले भने, ‘त्यस्तो अवस्थामा जहाज कमान्ड गरिरहेका क्याप्टेनले अवतरण गराउनैपर्छ। टर्किसका ती क्याप्टेनले पनि त्यही गरे। उनले के भेउ पाएनन् भने जहाज धावनमार्गको बीचमा नकुदेर बायाँ पांग्रा चौर र दायाँ पांग्रा धावनमार्गमा पर्योप।'
सम्भावित कारण
लामो समय नेपाल वायुसेवा निगमको बोइङ ७५७ जहाज उडाएका एक वरिष्ठ क्याप्टेनका अनुसार टर्कीको इस्तानबुलबाट काठमाडौंसम्मको हवाई दुरी झन्डै साढे सात घन्टाको छ। त्यसमाथि उताबाट मध्यराति उड्ने र यहाँ आइपुग्दा बिहान झिसमिसे हुने गर्छ।
‘क्याप्टेन र को–पाइलटलाई केही थकान महसुस हुनु स्वाभाविक हो,' उनले भने, ‘लामो दुरी पार गरेर आइपुग्नु र अवतरण गर्न धावनमार्ग नजिक पुगेर ओभरसुट गर्नुपरेपछि चालकदललाई थप दबाब परेको हुनसक्छ।'
झन्डै २ लाख किलो तौलको उक्त जहाजलाई धावनमार्गमै पुगेर ओभरसुट गर्दा उडान गरेभन्दा बढी बल लगाउनुपर्ने उनले बताए। ‘यो असाध्यै गाह्रो काम हो,' उनले भने, ‘लामो दुरी पार गरेर थकित हुनु, त्यसमाथि ओभरसुट गर्नु अनि अर्को आधा घन्टाजति आकाशमै होल्ड गर्नु र फेरि दोहोर्याेएर अवतरण गराउँदा चालकदललाई मानसिक दबाब पर्नु अस्वाभाविक होइन।'
त्रिभुवन विमानस्थल स्रोतले भने टर्किसका पाइलटले ‘धावनमार्गको सही आँकलन' गर्न नसक्दा जहाज चिप्लिएर बायाँतिर चौरमा पुगेको दाबी गर्योा। ‘पाइलट डिस्ओरिएन्टेड भएका हुन् कि भन्ने हाम्रो प्रारम्भिक अनुमान छ,' स्रोतले भन्यो।
ठूलो दुर्घटना टर्योौ
टर्किसको ए३३० सिरिजको उक्त जहाज अवतरण गर्ने बेलासम्म ३५ टन इन्धन बाँकी थियो। काठमाडौंमा लगातार दुई दिन परेको वर्षाले धावनमार्ग छेउका चौर हिलाम्मे भएका थिए। यसले जहाज चिप्लिएर चौरमा धस्सिए पनि पानी र हिलोका कारण आगलागी हुन नपाएको विमानस्थल अधिकारीहरू बताउँछन्।
‘भाग्यवश ठूलो दुर्घटना टर्योर,' ती अधिकारीले भने, ‘गर्मी महिनामा यस्तो भएको भए कसैले नसोचेको घटना हुने निश्चित थियो।'

जहाज निकाल्न सकिएन


जमिनमा धस्सिएको जहाजबाट सबै यात्रुलाई सकुशल उद्धार गरेपछि विमानस्थल व्यवस्थापनले मध्याह्न १२ बजेसम्म विमानस्थल बन्द गरेको थियो। त्यसपछि पौने १ बजेबाट आन्तरिक उडान सञ्चालन गरियो। अन्तर्राष्ट्रिय उडान भने साँझ ५ बजेसम्म बन्द गरिए।
टर्किसको उडान बुधबार काठमाडौं आएको पहिलो अन्तर्राष्ट्रिय उडान थियो। त्यसपछि लहरै अन्य वायुसेवाका जहाज आउने तालिका थियो।
‘बिहानैदेखि टर्किसको जहाज हटाउने प्रयास गरे पनि सकिएन,' विमानस्थलका एक अधिकारीले लाचारी पोखे, ‘त्यस्तो अवस्थाको ठूलो जहाजलाई बाहिर निकाल्ने उपकरण हामीसँग छैन। अब जहाज निकाल्न भारतबाटै उपकरण ल्याउनुपर्छ।'
विमानस्थलका प्रबन्धक पूर्ण चुडालले बिहीबार दिउँसो ४ बजेसम्मका लागि सम्पूर्ण अन्तर्राष्ट्रिय उडान–अवतरण बन्द गरिएको जानकारी दिए। ‘आन्तरिक उडान भने सबै हुनेछन्,' उनले भने, ‘जहाजको दायाँ पखेटाले धावनमार्गको केही भाग ओगटेकाले अन्तर्राष्ट्रिय उडान गर्न सम्भव छैन।' उनका अनुसार बुधबारका कुनै पनि अन्तर्राष्ट्रिय उडान–अवतरण हुन सकेनन्।
‘बुधबार विमानस्थल अवतरण गर्नुपर्ने ४२ जहाज आउन सकेनन्, ती सबैले उडान रद्द गरे,' चुडालले भने, ‘करिब ८० उडान–अवतरण रद्द भए।'
काठमाडौं आउनुपर्ने जेट एयरवेज, ड्र्युक एयर, कतार एयरवेज, मलेसिया एयरलाइन्स, थाई एयरवेज, एयर अरेबिया, कोरियन एयर, एयर इन्डिया, सिल्क एयर, ड्रागन एयर, इन्डिगो एयरलाइन्स, एयर चाइना, एयर एसिया एक्सलगायत कुनै पनि उडान हुन सकेनन्।
त्रिभुवन विमानस्थल व्यवस्थापनले टर्किस दुर्घटनाको यकिन कारण थाहा नभएको जनाएको छ। ‘केकति कारण जहाज दुर्घटनामा पर्योि, छानबिनपछि पत्ता लाग्छ,' विमानस्थलका महाप्रबन्धक वीरेन्द्र श्रेष्ठले भने।
सरकारले बुधबार साँझै टर्किसको जहाज दुर्घटनाबारे सत्यतथ्य पत्ता लगाई प्रतिवेदन तयार गर्न पूर्वपर्यटन सचिव नगेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको छ। ९० दिनभित्र प्रतिवेदन तयार गर्ने गरी गठित उक्त समितिका सदस्यमा वरिष्ठ क्याप्टेन विश्वम्भरमान अमात्य र नेपाल वायुसेवा निगमका इन्जिनियर चूडामणि बस्याल तथा सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन्। ‘हामी शुक्रबारबाट छानबिन सुरु गर्छौं,' सदस्यसचिव लामिछानेले भने।
घटनालगत्तै टर्किस एयरलायन्सले आधिकारिक विज्ञप्ति निकालेर सत्यतथ्य छानबिन गरी कारण सार्वजनिक गर्ने जनाएको छ। घटना भए पनि यात्रु र चालकदल सबै सकुशल रहेको भन्दै कम्पनीले दुर्घटनास्थलबाट जहाज हटाउने प्रक्रिया सुरु गरिएको जनाएको छ।
अर्को समाचार
हावाहुरीले अन्तर्राष्ट्रिय उडान अवरुद्ध
०१ चैत्र २०७२
•
१ मिनेट पाठ
हावाहुरीले अन्तर्राष्ट्रिय उडान अवरुद्ध
काठमाडौँ-हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान केहीबेर अवरुद्ध भएको छ । एक्कासि आएको हावाहुरीले विमानस्थलको धावनमार्ग अवरुद्ध भएपछि करिब डेढ घन्टा विमान आकाशमा 'होल्ड' गरिएको थियो ।हावाहुरीका कारण केही विमान होल्ड र दुई वटा अन्यत्र पठाइएको विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले जानकारी दिए। उनका अनुसार एयर अरेबियालाई लखनौ र कोरियन एयरलाई बैंकक पठाइएको थियो ।
एयर अरेबिया, एयर इन्डिया, कतार एयरवेज, कोरियन एयर, फ्लाई दुबही र जेट एयर होल्ड गरिएको हो । केहीबेर अघिदेखि विमानस्थल समान्य भएको महाप्रवन्धक उपाध्यायले जानकारी दिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस