कुनै बेला सुर्खेतको पूर्वी क्षेत्रको केही भाग डुम (दलित) समुदायको राज्य थियो। सात शताब्दीअघिको दलित राज्यमा अहिले संग्रहालय बनाउन थालिएको छ। जानकारहरुका अनुसार हालको भेरीगंगा नगरपालिका– ७ र ८ को केही क्षेत्रमा दलितले राज गर्थे।
डुमकोटी राजाले राज्य गरेको डुमकोटडाँडा र डुमकोटी राजाको स्थानलाई अहिले दलितहरुको अध्ययन, अनुसन्धान र पर्यटकीय केन्द्र बनाइँदैछ। ‘विक्रम संवत १३७० सम्म्म डुमकोटी राजाले राज्य गरेको एतिहासिक डुमकोटडाँडा अहिले पर्यटकीयस्थलका रुपमा परिचित छ,’ डुमकोटी राज्यका बारेमा जानकार जेवी सुनारले भने, ‘डुमकोटी राजाको राज्य र राजधानी रहेको डुमकोटडाँडालाई खोज, अनुसन्धान, उत्खनन् र पर्यटकीय केन्द्र बनाउँदैछौं।’
दलित समुदायको राज्य रहेको यही ठाउँमा अहिले ‘डुमकोट दलित संग्रहालय’ बन्दैछ। संग्राहलय तीन तलाको ४२ कोठाको हुनेछ। चार करोड ४५ लाख बजेटमा बन्न लागेको संग्रहालयमा ७० प्रतिशत संघीय सरकार र बाँकी स्थानीय सरकारको लगानी रहनेछ।
डुमकोटी राज्य रहेको स्थानमा २५ वटा सुरुङ फेला परेका छन्। ‘आफ्नो राज्यलाई बचाउनका लागि अहिलेको डुमकोटडाँडा वरपर सुरुङहरु निर्माण गरेको देखिन्छ,’ सुनारले भने, ‘उत्खनन् गर्दा जातो, पाला, तलवारलगायतका पुरातात्विक बस्तुहरु फेला परेका छन्।’ विक्रम संवत १३७० मा नजिकैका अर्का राजाले डुमकोटमा आक्रमण गरे। गुर्भाकोटी राजाको आक्रमणबाट भागेका डुमकोटीहरु रुकुमको अर्माखोलामा बसाई सरेको अनुसन्धानले देखाउँछ।
‘तत्कालीन अवस्थामा घरेलु हतियार प्रसस्त भएपनि जनसंख्या कम हुँदा गुर्भाकोटी राज्यले डुमकोटमाथि विजय प्राप्त गरेको देखिन्छ,’ उनले भने, ‘युद्धमा पराजय भोगेर राज्य गुमाएका डुमहरु रुकुमको अर्माखोलामा बसेको पाइएको छ।’ रुकुमको अर्माखोलाका सार्की समुदायलाई ‘सुर्खेती सार्की’ भन्ने गरिन्छ। डुमकोटी राज्य र यसको प्रचार–प्रसारका लागि डुमकोट पर्यटन विकास समिति पनि गठन गरिएको छ। संग्रहालयसँगै डुमकोट राज्यका बारेमा खोज, अनुसन्धान र परम्परागत दलित समुदायको सीप, भेषभूषाको संरक्षण हुने पर्यटन विकास समितिका अध्यक्षसमेत रहेका सुनारले विश्वास व्यक्त गरे।
वडाध्यक्ष कर्णबहादुर मिजारका अनुसार डुकमोटडाँडा र त्यस वरपर अहिले पनि दलित समुदायको मात्रै बसोबास छ। असार मसान्तसम्म दलित संग्रहालय निर्माण सम्पन्न हुनेछ। संग्रहालयमा दलित समुदायको परम्परागत सीपबाट निर्मित ठेका, डाला, गाबु, छाला जुत्ता, सुल्पा, खुकुरी, भरुवा बन्दूक, परम्परागत पोशाकलगायतका सामाग्री राख्ने अध्यक्ष मिजारले जानकारी दिए।
भेरीगंगा नगरपालिकाका प्रमुख भूपेन्द्रबहादुर चन्दले कुनैबेला दलित (डुम)ले छुट्टै राज्य चलाएको ठाउँलाई दलित समुदायको बारेमा अध्ययन र अनुसन्धान गर्नका लागि संग्रहालय बनाउन लागिएको बताए। ‘कुनै बेला यो ठाउँमा दलित समुदायको राज्य थियो, यसको संरक्षणसँगै अध्ययन र अनुसन्धान आवश्यक देखिएकाले संग्रहालय निर्माण सुरु गरिएको हो,’ उनले भने, ‘संग्रहालय निर्माणपछि यो पर्यटकीय क्षेत्रको रुपमा विकास हुने अपेक्षा लिएको छु।’