उपभोक्ताको भान्छामा 'सिलिन्डर बम'
२४ फागुन २०७१
•
६ मिनेट पाठ
उपभोक्ताको भान्छामा 'सिलिन्डर बम'
काठमाडौं- ग्यास उद्योगीको लापरबाहीका कारण उपभोक्ताले बम जस्तै जोखिमपूर्ण ग्यास सिलिन्डर प्रयोग गरिरहेको खुलास भएको छ। उद्योगहरुले तोकिएको समयमा गर्नुपर्ने हाइड्रोलिक टेस्टमा बेवास्ता गर्दा उपभोक्तालाई जोखिम बढेको हो।नियमअनुसार सिलिन्डर बनेको १० वर्षपछि पहिलोपटक हाइड्रोलिक टेस्ट गर्नुपर्ने हुन्छ। त्यसपछि प्रत्येक पाँच वर्षमा टेस्ट गर्नुपर्ने नियम छ। 'उद्योगीले हाइड्रोलिक टेस्ट नै गर्दैनन्,' नेपाल गुणस्तर तथा नापतौल विभाग स्रोतले भन्यो, '२० वर्षसम्म उद्योग आफैंले गर्नुपर्छ। त्यसपछि हाम्रो रोहवरमा टेस्ट गर्नुपर्ने हो। तर गर्दैनन्।'




विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार १० वर्षसम्म सिलिन्डर निर्माता कम्पनीले नै ग्यारेन्टी लिएको हुन्छ। त्यसपछि प्रत्येक पाँच वर्षमा सिलिन्डरको हाइड्रोलिक टेस्ट गर्नुपर्नेमा अहिलेसम्म उद्योगीले विभागलाई खबर नगरेको उनले बताए।

महानिर्देशक पुडासैनीका अनुसार नेपाल ग्यास र साइबाबाले मात्रै हाइड्रोलिक टेस्ट गरेका छन्। 'अरुले गर्छन् कि गर्दैनन्, केही जानकारी आउँदैन,' उनले नागरिकसँग भने, 'हाइड्रोलिक टेस्ट नगरिएका सिलिन्डर बम सरह हुन्।'

हाइड्रोलिक टेस्ट गर्न छुट्टै मेसिनको व्यवस्था गर्नुपर्छ। देशभरका ५५ उद्योगमध्ये धेरैसँग मेसिन छैन। वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार हाइड्रोलिक टेस्ट गर्दा सिलिन्डर फेल भए नष्ट गर्नुपर्ने हुन्छ। यसो गर्दा क्षति हुने भएकाले टेस्ट नगर्ने चलन छ।

हाइड्रोलिक टेस्ट भनेको फेल वा पास छुट्ट्याउने प्रक्रिया हो। नतिजा राम्रो नआउने देखेपछि टेस्ट नै नगर्ने गरेको उद्योगी आफैं स्वीकार्छन। एउटा सिलिन्डर टेस्ट गर्न ५० रुपैयाँभन्दा बढी खर्च लाग्छ। नतिजा खराब देखिए सिलिन्डर नष्ट गर्नुपर्छ। त्यसबापत उद्योगीले नयाँ सिलिन्डर जोडनु पर्छ। त्यो उद्योगीको नोक्सानी हो। यसबाट जोगिन टेस्ट नगरेको विभागले बतायो।

लोड, अनलोड गर्दा सिलिन्डरमा असर पर्न सक्छ। यो क्रममा स–साना प्वाल पर्ने र ग्यास चुहिएर विस्फोटसमेत हुने हुनाले हाइड्रोलिक टेस्टलाई महŒव दिनुपर्ने पुडासैनीले बताए।

४० वर्षदेखि नेपाल ग्यासमा हाइड्रोलिक टेस्ट गदर्ैै आएका भरत केसीले एउटा सिलिन्डरलाई ३८० पाउन्ड बराबरको दबाब दिएर हाइड्रोलिक टेस्ट गर्नुपर्छ। यो टेस्ट गर्न ३० सेकेन्ड लाग्ने उनको भनाइ छ। एपली ग्यासभित्र फलाम, धुलो र लेदो हुन्छ। त्यसले सिलिन्डर प्वाल पार्न सक्छ। प्वाल परेको सिलिन्डर उपभोक्ताको भान्छामा पुगे पड्किन सक्ने उनको भनाइ छ।

विभागका अनुसार नेपालमा ग्यास उद्योग स्थापना भएको ४० वर्षभन्दा नाघिसकेको छ। तर, केहीबाहेकले हाइड्रोलिक टेस्ट नै नगर्ने विभागको भनाइ छ। पि"धको फुटरिङ र माथिको नेकरिङ गरिएका सिलिन्डरबाट पनि ग्यास बाहिर आउने सम्भावना बढी हुन्छ।

सिलिन्डरको पि"ध भाग विद्युतीय ताप (वेल्डिङ) बाट काटेर पुनः अर्को पि"ध राख्ने काम फुटरिङ र माथिल्लो भागलाई काटेर पुनः राख्ने काम नेकरिङ हो। यो क्रममा दुईपटक गरिने वेल्डिङले सिलिन्डर कमजोर बनाउने र पछि विस्फोट समेत हुन सक्ने जानकार बताउँछन्। त्यस्ता सिलिन्डर सामान्यभन्दा अलिकति बढी चाप हुनासाथ चुहिन र पड्कन सक्छ।

सात किलो थाम्ने सिलिन्डरलाई २५ किलोको प्रेसर दिएर टेस्ट गरिन्छ। ट्रकमा लोड गर्दा सिलिन्डर यताउता ठोकिन्छ र प्रेसर १५ किलोसम्म पुग्छ। यति हुँदा पनि सिलिन्डर नपड्कियोस भनेर २५ किलो प्रेसरमा टेस्ट गर्नुपर्ने हुन्छ।

सरकारी तथ्यांकअनुसार फुटरिङ र नेकरिङ गरेका ५–६ लाख ग्यास सिलिन्डर बजारमा छन्। मापदण्डअनुसार आयु र हाइड्रो परीक्षणको मिति सिलिन्डरको मूलभागमा राख्नुपर्ने हुन्छ। तर पि"धमा वा समाउने ठाउ"मा राख्ने चलन छ।

एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले आफ्नो कम्पनीले १० वर्षमा हाइड्रोलिक टेस्ट गर्ने गरेको बताए। 'नापतौल विभागलाई बोलाउनुपर्छ भन्ने कानुनमा छैन,' उनले भने, 'विभागको उपस्थितिबिनै पनि टेस्ट हुन्छ।' २४ भन्दा बढी ग्यास उद्योग खुलेको १० वर्षभन्दा बढी भएको छ। ती सबै कम्पनीले हाइड्रोलिक टेस्ट गर्ने उनको भनाइ छ।
अर्को समाचार
'अहिल्यै भरी सिलिन्डर हुँदैन'
नागरिक
०७ माघ २०७२
•
७ मिनेट पाठ
'अहिल्यै भरी सिलिन्डर हुँदैन'
काठमाडौं- धेरै उपभोक्ताको भान्छामा ग्यास पुर्याोउन आधा सिलिन्डर ग्यास पठाइरहेको बेला भरि सिलिन्डर बेच्ने उद्योगीको तयारीप्रति आयल निगमले असहमति जनाएको छ। उद्योगीको आग्रहलाई उचित ठानेर आपूर्ति विभागले 'आयल निगम'को धारणा मागेकोमा बजारमा सहज आपूर्ति नहुँदासम्म पूरा सिलिन्डर (१४.२ किलो) भर्न नमिल्ने राय पठाएको छ। आधा सिलिन्डर (७.१किलो) ले दोब्बर उपभोक्तालाई राहत पुगेकोले आपूर्ति नबढ्दासम्म यसैलई निरन्तरता दिनुपर्ने निगमको राय छ।




भारतीय नाकाबन्दी केही खुकुलो भएर ग्यास आयात सामान्य बढे पनि बजारमा अभाव बढिरहेको बेला १४.२ किलो भर्ने उद्योगी र वाणिज्य विभागको तयारीप्रति निगम, ग्यास बिक्रेता र उपभोक्ताले असहमति जनाएका छन्।

मागको करिब ४० प्रतिशतमात्र आपूर्ति भएको अवस्थामा भरि सिलिन्डर पठाउने निर्णय अव्यवहारिक भएको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए। 'मागअनुसार ग्यासका बुलेट नभित्रिएकोले पूरा सिलिन्डर भर्दा झन् धेरै समस्या आउँछ,' आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा प्रवक्ता घिमिरेले भने, 'आपूर्ति मन्त्रालयले धारणा मागेको थियो। सहज आपूर्ति नहुँदासम्म आधा सिलिन्डरनै बजार पठाउनुपर्ने राय दिएका छौं।'

आधा सिलिण्डरले बजारमा कालोबजारी बढ्यो भन्ने उद्योगीको तर्कप्रति उनले असहमति व्यक्त गरे। 'आधा सिलिण्डरले दोब्बर उपभोक्तालाई केही दिनको लागि राहात भएको छ,' उनले भने, 'पुरानै निर्णयमा निगम अडिग छ। ' मागको तुलनामा एक तिहाई मात्रै ग्यास आएकोले समस्या झन् बल्भि्कने निगमको ठहर छ।

अभावमा राहत दिन आधा सिलिन्डर भर्ने सरकारको निर्णय परिवर्तन गरे ग्राहकको चित्त बुझाउन झन् कठिन हुने बिक्रेताले बताए। आपूर्ति सहज नहुँदासम्म सरकार निर्णयबाट पछि हट्यो भने उपभोक्ताले अझ बढी दुःख पाउने ग्यास बिक्रेता महासंघका सल्लाहकार महेश्वर घिमिरेले बताए। 'सबैलाई दिन सक्ने अवस्था छैन,' घिमिरेले भने, 'आधा सिलिन्डरले अभावका बेला धेरै उपभोक्तालाई सहयोग पुगेको छ।'

ग्यास उद्योगीले उत्पादन लागत बढेको गुनासोपछि आपूर्ति विभागले १४.२ किलो भर्न अनुमति दिने तयारी गरेको थियो। ग्यास उद्योगीले ढुवानी, तौल र सञ्चालन खर्च बढी भएको भन्दै भरि सिलिन्डर बिक्रीको प्रस्ताव गरेका थिए।

केही घाटा भए पनि संकटका उद्योग सञ्चालकले पनि सामाजिक उत्तरदायित्व पूरा गर्नुपर्ने उपभोक्ताको धारणा छ। उत्पादन लागत बढ्यो भन्दैमा उद्योगीले नाफामा मात्र ध्यान दिन नहुने उपभोक्ता अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष माधव तिमिल्सिनाले बताए। 'मुलुकमा संकट परेको बेला उद्योगी नाफा मात्र कमाउने ध्याउन्नमा लाग्नु हुँदैन,' तिमिल्सिनाले भने, 'उद्योगीलाई घाटा परेकै भए पनि आधा सिलिन्डरनै अहिले बजारमा पठाउनु पर्छ।'

भरि सिलिन्डर बेच्ने उद्योगीको तयारीमा निगम, बिक्रेता र उपभोक्ताको धारणा बाझिएपछि आपूर्ति मन्त्रालयले तत्कालको लागि निर्णय परिवर्तन नगर्ने जनाएको छ। सरोकारवालासँग छलफल गरेर निर्णयमा पुग्ने आपूर्ति सचिव विष्णु लम्सालले बताए। 'धेरै उपभोक्ता कसरी लाभान्वित हुन्छन् भनेर अध्ययन गरिरहेका छौं,' सचिव लम्सालले भने, 'सरोकारवाला निकायसँग छलफल गरेरमात्र निर्णयमा पुग्छौं।'

आधा सिलिन्डर बजार पठाउँदा धेरै उपभोक्ताको घरमा ग्यास पुगेको थियो। उत्पादन लागत बढेको र उपभोक्ताको भान्छामा छिटो सकिएकोले पुरानै अवस्थामा पर्काउन निगमको धारणा मागेको विभागका निर्देशक हरिनारायण बेल्वासेले बताए।

ग्यासको सहज आपूर्ति नहुँदा उपभोक्ता कालोबजामा किन्न बाध्य छन्। बिक्रेतामार्फत पाएको ग्यास पनि महँगोमा बिक्री भएको छ। आधा सिलिन्डरको मूल्य ७ सय रुपैयाँ तोके पनि ८ सयदेखि हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ। ग्यास उद्योगले सिलिन्डर बिक्रेताकहाँ पुर्यायउने प्रचलन रहेकोमा आपूर्ति असहज भएयता पुर्यामएका छैनन्। बिक्रेताले उद्योगबाट ल्याउँदाको ढुवानी खर्च जोड्नु परेको बताइरहेका छन्।

आइओसीले लोडिङ बढाएन

आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई ग्यास लोडिङ बढाउन आग्रह गरे पनि उसले टेरेको छैन। आयात बढाउन बरौनी र हल्दिया रिफाइनरीमा ५० गाडी पठाए पनि निकै कम मात्र लोड दिएको निगम प्रवक्ता घिमिरेले बताए। 'अहिले १५ बुलेटमा मात्र लोड दिएको छ,' उनले भने, 'आइओसीले लोड नबढाउँदा समस्या भयो।' बरौनी रिफाइनरीबाट सामान्य अवस्थामा दैनिक २५ बुलेट लोड हुन्थ्यो। रक्सौल–वीरगन्ज नाकामा रोकिएका १ सय ४३ बुलेटको भने 'रि–रुट'को काजगी प्रक्रिया पूरा भएको निगमले जनाएको छ। रि–रुट भएर बुलेट आए भने साढे तीन लाख उपभोक्ताले आधा सिलिन्डर ग्यास पाउँछन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस