काठमाडौं- चार दिन ठप्प भएपछि शनिबार राति खुलेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबार दिउँसो फेरि आधा घन्टा बन्द भएको छ। टर्किस एयरलाइन्सको जहाज गत बुधबार अवतरण क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेपछि बन्द भएको त्रिभुवन विमानस्थल सोमबार त्यही जहाजका कारण आधा घन्टा बन्द भएको हो।
'पश्चिमपट्टि रहेको टर्किसको जहाजलाई धावनमार्गको पूर्वपट्टि लैजान आधा घन्टा सम्पूर्ण उडान रोकेका थियौं,' त्रिभुवन विमानस्थलका प्रबन्धक टेकनाथ सिटौलाले सोमबार नागरिकसँग भने, 'धावनमार्ग बन्द भएका कारण आधा दर्जन अन्तर्राष्ट्रिय जहाज होल्ड गरियो भने चारवटा डाइभर्ट भए।'
उनका अनुसार टर्किस जहाजलाई पूर्वपट्टिको आन्तरिक टर्मिनल भवन अगाडिबाट पश्चिमतिर रहेको हेलिकोप्टर पार्किङमा लान दिउँसो ३:४५ देखि ४:१५ बजेसम्म विमानस्थल बन्द गरिएको थियो।
'जहाजलाई पूर्वपट्टि लाने प्रयास गरिए पनि सम्भव भएन,' उनले भने, 'पूर्वपट्टि लान नसके पनि टर्किस जहाजलाई आन्तरिक टर्मिनल भवन अगाडिबाट ५० मिटरजति उत्तर–पूर्वी भागमा पुर्याथइएको छ।'
विमानस्थल आधा घन्टा बन्द भएका बेला एयर इन्डियाका दुई, चाइना साउदर्नको एक र ओमान एयरको एक जहाज यहाँबाट डाइभर्ट भएका थिए। एयर इन्डियाका दुइटै जहाज कोलकाता गएका थिए भने चाइना साउदर्न ढाका र ओमान लखनउ डाइभर्ट भएको सिटौलाले जानकारी दिए।
'डाइभर्ट भएका चारमध्ये एयर इन्डियाका दुवै जहाजले साँझतिर काठमाडौं नआउने जानकारी गराए भने अन्य दुई जहाज राति भए पनि आउने तयारीमा छन्,' उनले भने। गत शनिबार राति साढे ७ बजेबाट पूर्णरूपमा विमानस्थल सञ्चालनमा आएपछि ह्वात्तै बढेको यात्रुचाप विस्तारै हल्का हुन थालेको छ।
उनका अनुसार सोमबार बिहान ६ बजेबाट साँझ ६ बजेसम्म ३० वटा अन्तर्राष्ट्रिय जहाज अवतरण गरेका थिए भने ३३ वटा जहाज यहाँबाट बाहिरिएका थिए। मंगलबार बिहान ६ बजेसम्मका लागि २५ जहाज आउने र त्यति नै फर्कने तालिका छ। 'यसमा केही थपघट हुनसक्छ,' उनले भने।
सोमबारै भारतीय अभिनेता शाहरुख खान निजी जहाज चार्टर गरी काठमाडौं आएका कारण विमानस्थल बन्द गरिएको र धेरै जहाजलाई होल्ड गराइएको भन्ने खबर गलत भएको प्रबन्धक सिटौलाले बताए। 'खान चढेर आएको जहाज दिउँसो साढे ३ बजे अवतरण गरेको थियो,' उनले भने, 'उनको जहाजले कसैलाई अवरोध गरेको थिएन।'
विमानस्थल खुलेयता हालसम्म करिब ३० हजार यात्रु (गएका १५ हजार र आएका १५ हजार) ले आफ्नो गन्तव्य पुग्न पाएका छन्। विमानस्थल खुलेदेखि निरन्तर चौबीसै घन्टा सञ्चालनमा छ। विमानस्थल व्यवस्थापन र वायुसेवा कम्पनीहरूलाई यात्रु चाप व्यवस्थापन गर्न सुरुमा हम्मे परे पनि विस्तारै सहज हुन थालेको छ।
टर्किस जहाज दुर्घटनामा परेर धावनमार्ग छेकेपछि गत बुधबार बिहानबाट त्रिभुवन विमानस्थल बन्द हुँदा नेपालभित्र र बाहिर गरी करिब ५० हजार यात्रु अलपत्र परेका थिए। यहाँबाट जानेमात्र नभई काठमाडौं आउन पहिलो विमानस्थल र ट्रान्जिट विमानस्थलमा अलपत्र यात्रु पनि ठूलो संख्यामा थिए।
हाल त्रिभुवन विमानस्थलमा २९ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान गरिरहेका छन्। विमानस्थलमा सामान्य दिनमा ३५ देखि ४० उडान र त्यति नै अवतरण हुने गर्छ र बिहान ६ बजे खुलेर राति साढे १२ बजे बन्द हुने गर्छ। टर्किस जहाज दुर्घटनामा परेको चार दिनपछि विमानस्थल खुलेयता दैनिक ६५ उडान र ६५ अवतरणको तालिका वायुसेवा कम्पनीले दिएको विमानस्थलले जनाएको छ।