काठमाडौं- नियामक निकाय नेपाल राष्ट्र बैंकको निरन्तर दबाबपछि बैंक तथा वित्तीय संस्थाहरुले तीन वर्षमा कृषिमा दोब्बर लगानी बनाएका छन्। त्यसअघि राष्ट्र बैंकले कृषि र ऊर्जा क्षेत्रमा कुल कर्जाको कम्तीमा १२ प्रतिशत प्रवाह गर्न निर्देशन दिए पनि बैंक तथा वित्तीय संस्थाले सोअनुरुप लगानी बढाएका थिएनन्। पछिल्लो समय केन्द्रीय बैंकले निर्देशन र दबाब बढाएपछि लगानी दोब्बर भएको हो।'चालु आर्थिक वर्षको ६ महिना (साउन–पुस) मा बैंक तथा वित्तीय संस्थाले कृषिमा ५३ अर्ब रुपैयाँ लगानी गरेका छन्,' डेपुटी गभर्नर महाप्रसाद अधिकारीले सोमबार नागरिकसँग भने, 'यो तीनअघिको तुलनामा दोब्बर हो।' उनका अनुसार तीन वर्षअघि सो अवधिमा बैंक तथा वित्तीय संस्थाको लगानी २७ अर्ब रुपैयाँ थियो। बैंकहरुले कृषिमा लगानी बढाए पनि राष्ट्र बैंकको तोकेको न्यूनतम लगानीको सर्त भने अझै पूरा भएको छैन।
राष्ट्र बैंकले कृषि क्षेत्रलाई प्राथमिकता दिएर त्यसैअनुरुप लगानी बढाउन निर्देशन दिएकाले अहिले यो क्षेत्रमा लगानी ५३ अर्ब रुपैयाँ पुगेको अधिकारीले बताए।
कृषिसँगै बैंक तथा वित्तीय संस्थाले अन्य सबै क्षेत्रमा लगानी बढाएका छन्। राष्ट्र बैंकका अनुसार, चालु आर्थिक वर्षको ६ महिनामा बैंक तथा वित्तीय संस्थाले कर्जा तथा लगानी ९.५ प्रतिशतले बढाएका हुन्। गत वर्षको सोही अवधिमा यस्तो कर्जा तथा लगानी ७.३ प्रतिशतले बढेको थियो।
कृषिजन्य उद्योगमा ऋण माग बढेको बैंकर बताउँछन्। उखु, कुखुरापालन र त्यससँगै सम्बन्धित दाना उद्योगमा ऋणको माग बढेको सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए। उनले भने, 'राजनीतिक स्थायित्वको संकेत देखिएकाले लगानी बढेको हो।'
गत वर्ष वित्तीय प्रणालीमा अत्यधिक तरलता (लगानीयोग्य पुँजी) थियो। तर, चालु आवमा तरलता खुम्चिँदै गएको छ। गत सातासम्ममा वित्तीय प्रणालीमा करिब २२ अर्ब रुपैयाँमात्र अधिक तरलता छ।
सरकारी ढुकुटीमा करिब १ खर्ब रुपैयाँ जम्मा भएको छ। राष्ट्र बैंकले निक्षेप उपकरणमार्फत बैंकिङ प्रणालीबाट आफ्नो ढुकुटीमा प्रशोचन गरेको १५ अर्ब रुपैयाँ परिपक्व हुने अवधि पनि यही फागुन अन्तिम साता सकिँदैछ। फागुन अन्तिम साता सो रकम बजारमा आउनुका साथै थोरै मात्रामा भए पनि सरकारी खर्च बढन गए आउँदो एक/डेढ महिनामा वित्तीय प्रणालीमा पुनः तरलता बढ्छ। यसले पनि लगानीका लागि आवश्यक रकम सहज हुने देखिन्छ।
बैंकले कम ब्याजदरमा कृषिमा लगानी गर्न थालेकाले पनि लगानी बढेको विज्ञ बताउँछन्। राष्ट्रिय वाणिज्य बैंकले किसानलाई ५ प्रतिशत ब्याजदरमै ऋण दिने जनाएको छ। सरकारको ४ प्रतिशत ब्याज अनुदान लिएकाले बैंकले ५ प्रतिशत मै ऋण दिने व्यवस्था मिलाएको हो।
किसानले कृषि ऋणको ब्याजदर महँगो भएकाले काम गर्न नसकिने अवस्था आएको गुनासो गरेपछि विशेष व्यवस्था अन्तर्गत ऋण दिन थालिएको राष्ट्रिय वाणिज्य बैंकले बताएको छ। राष्ट्र बैंकले कृषि तथा ऊर्जा क्षेत्रमा लगानी बढाउने उद्देश्यसहित ल्याएको अनिवार्य १२ प्रतिशत कर्जाको व्यवस्थापछि बैंक तथा वित्तीय संस्थाले ५–७ प्रतिशत ब्याजदरमा कर्जा दिन थालेका छन्। यसले पनि ऋण माग बढेको बैंकर बताउँछन्।
ब्याजदरले लगानीमा धेरै असर गर्ने बैंकर बताउँछन्। थोरै ब्याजदर घट्दा पनि लगानी उल्लेखनीय रुपमा बढ्ने प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए। उनले भने, 'प्रभु बैंकले राष्ट्र बैंकले तोकेको मापदण्ड पूरा गरेको छ।' अन्य बैंक र वित्तीय संस्थाले पनि उक्त निर्देशन पालना गर्दै कृषि र ऊर्जामा लगानी बढाइरहेका छन्।
कृषिमा अन्न तरकारी तथा अन्य नगदेबाली, चिया–कफी, सुर्ती, सनपाट, फलफूल तथा पुष्प खेती पर्छन्। साथै पशु, पक्षी तथा मौरीपालन, मलखाद तथा किटनाशक र शीत भण्डारलाई पनि कृषिमै राखिएको छ।