जुम्लाको कनकासुन्दरी गाउँपालिकाको गोठीजीउँला बजार हुँदै मुगु जिल्लाको खत्याड जोड्ने कालाकाँध सडकमा बजेटको खोलो बगे पनि सुधार हुन सकेको छैन। अहिलेसम्म झण्डै १० पटक बजेट विनियोजन भइसकेको छ।
न सडकको स्तर उन्नती भएको छ, नत बजेटको कुनै हिसाब किताब नै। बरु उपभोक्ता समिति र ठेकेदार कम्पनीको कमाइ खाने धन्दा भइरहेको छ। गोठिजीउँला हुदैँ कालाकाँध सडकमा साविकको विराट गाविसबाट १९ लाख रुपैयाँ छुटयाइएको थियो। यो पहिलो शुरुवाती चरणको बजेट हो।
जिल्ला विकास समिति जुम्लाबाट १७ लाख रुपैयाँ, जिल्ला विकास समिति मुगुबाट २२ लाख रुपैयाँ, खत्याड गाउँपालिका मुगुबाट ७ लाख रुपैयाँ, कनकासुन्दरी गाउँपालिकाबाट पहिलोपटक १५ लाख रुपैयाँ, दोस्रो पटक १० लाख रुपैयाँ, तेस्रो पटक ७ लाख रुपैयाँ, चौथोपटक १० लाख रुपैयाँ र पूर्वाधार विकास कार्यालय जुम्लाबाट १ करोड रुपैयाँ विनियोजन गरेको थियो।
खत्याड गाउँपालिकाले सात सय मिटर सडकग्राभेल गरेको छ। अहिले सम्म करोडौँ रकम सडक स्तर उन्नतीको लागि आइसकेको छ। तर सडकको अवस्थामा कुनै परिवर्तन आउन सकेको छैन। कनकासुन्दरी ३ काबाँचे बुढाले भने,‘सडक स्तर उन्नतीको लागिआएको बजेटले सडक बनेन्। ठेकेदार र उपभोक्ता समिति बने। यसको हिसाब किताब कसले गरिदिने?’
गोठीजीउँलादेखि कालाकाँध सडक जुम्लाको कनकासुन्दरी गाउँपालिका र मुगुको खत्याड जोड्ने सडक हो। यो सडकखण्डको झण्डै सात किलोमिटर स्तर उन्नतीको लागि गाउँपालिकाले पटक-पटक गरेर ४२ लाख रुपैयाँ खर्च गरिसकेको उपाध्यक्ष उर्मिला भण्डारीले बताइन्।
सडकको नाला खन्ने, ग्राभेल गर्ने, होम पाईप हाल्ने र साँघुरो भएको सडक फराकिलो बनाउने, पहिरो जाने संभावित ठाउँमा ग्यामिन हाल्ने र खाल्डा खुल्डी भरेर सहजै रुपमा सवारी साधन चल्न सक्ने बनाउने गरी बजेट हालिएको थियो, उपाध्यक्ष भण्डारीले भनिन्,‘अहिले सहजै रुपमा मालवहाक तथा यात्रुवहाक सवारी चल्न सक्ने अवस्था छैन। न खाल्डा पुरिएका छन्,न ग्यामिन हालिएको छ, नत सडक फराकिलो नै भएको छ। यो विडम्वना हो।’
मुगुको खत्याड गाउँपालिकाको लागि व्यापार र विकास मार्गको रुपमा गोठीजीउँला कालाकाँध सडकलाई लिइएको छ। मुगुको खत्याड गाउँपालिका अध्यक्ष उब्जन शाही बजेट अनुसारको सडक बन्न नसकेको बताउँछन्। उनले भने,‘यो सडक स्तर उन्नतीका लागि गाउँपालिकाले ७ लाख रुपैयाँ हालेको छ। अहिले व्यापारीक तथा विकास निर्माणको सामाग्री सबै गोठीजीउलामै रोकिएका छन्।’
यो सडक बन्द भएको झण्डै पाँच महिना बित्न लागिसकेको छ। खुलाउने पहल हुन सकेको छैन। गोठीजीउलादेखि कालाकाँध सडकमा पटक पटक बजेट हालियो। तर नियमित सवारी चल्ने सडक बन्न सकेको छैन। उपभोक्ता समिति र ठेकेदारहरुले सडकमाडोजर देखाउने, सडक खने जस्तो गर्ने, सामान्य माटो पन्छाउने गर्छन्।
यसले डोजर मालिक र ठेकेदार कम्पनी मोटाउने र जनस्तरमा कुनै फेर बदल नआउने देखिएको बुढु गाउँबासी बताउँछन्। उनीहरुले यो सडकमा आएको विकास बजेटको हिसाब किताब देखाउन माग समेत गरेकाछन्। १० पटक सम्म सडक खोस्रने काम भयो। तर सडक बनेन। जग्गा बिग्रियो।
एक स्थानीयले भने,‘तत्काल सडक स्तर उन्नती गरेर जनजीवन सहज बनाउन पहल गर्नुपर्छ। करोडौँ सरकारी बजेट खर्च भएको छ। सडकमा गाडी गुड्दैन्। सडक गुणस्तर बनेको छैन। मापदण्ड अनुसारको सडकन खन्दा पनि ठेकेदार कम्पनी र उपभोक्ता समितिलाई कारबाही हुन सकेको छैन। यो जतिको लाजमर्दो विषय के हुन सक्छ?
अहिले नै कालोपत्रे हुनुपर्छ भन्ने माग स्थानीयको छैन। गोठीजीउँला कालाकाँध सडक लेकाली क्षेत्रमा भएकोले चिसोेमा हिउँ जम्छ। वर्षायाममा हिलोले चल्न सक्ने अवस्था हुँदैन। मात्र ग्राभेल गरेर यातायात सहजै चल्ने बनाउन माग गरिएको कनकासुन्दरी ३ का बिर्षबहादुर बुढा बताउँछन्।