राजस्वतर्फ वार्षिक लक्ष्यको ५३ प्रतिशत संकलन: सात महिनाको पुँजीगत खर्च ६३ अर्ब
०८ फागुन २०७८
•
४ मिनेट पाठ
राजस्वतर्फ वार्षिक लक्ष्यको ५३ प्रतिशत संकलन: सात महिनाको  
पुँजीगत खर्च ६३ अर्ब
सरकारले चालु आर्थिक वर्षको सात महिनामा पूर्वाधारलक्षित पुँजीगत बजेटको १६.८७ प्रतिशत मात्रै खर्च गरेको छ। यसले आर्थिक वर्षको सात महिना बित्दा पनि सरकारी अधिकारी र निकायहरू आफैंले बनाएको योजना अनुसार काम गर्न असफल रहेको देखाएको छ।




अर्थमन्त्री जनार्दन शर्माले केही समस्या भए फुकाइदिन मन्त्रालय तयार रहेको भन्दै बारम्बार पुँजीगत बजेट खर्च गर्न अनुरोध गरे पनि सरकारी अधिकारी र निकायहरू त्यसमा चुकेका छन्। जिम्मेवार सरकारी अधिकारी र निकायहरूले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा नगरेको घटना नौलो चाहिँ होइन। यो नेपालको सरकारी संयन्त्रको लामो समयदेखिको विशेषता हो।

सरकारले चालु आर्थिक वर्षको लागि ३ खर्ब ७८ अर्ब रूपैयाँ पुँजीगत बजेट छुट्ट्याएको थियो। तर माघ ५ गतेसम्ममा ६३ अर्ब रूपैयाँ मात्रै खर्च भएको छ। सरकारले गत जेठ १५ मा विकास निर्माणका कामको लागि ४ खर्ब ३९ अर्ब खर्च गर्ने लक्ष्य राखे पनि बजेटको मध्यावधि समीक्षामार्फत घटाएर ३ अर्ब ७८ अर्ब कायम गरेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार गत पुस २८ गतेसम्ममा ४२ अर्ब रूपैयाँ मात्रै पुँजीगत बजेट खर्च भएको थियो।

पछिल्लो पाँच वर्षको पुँजीगत बजेट खर्चको अवस्था हेर्दा सरकार हरेक वर्ष उचित मात्रामा पुँजीगत बजेट खर्च गर्न असफल रहेको देखिन्छ। आर्थिक वर्ष २०७४/०७५ को पहिलो ६ महिनामा सरकारले ४७ अर्ब रूपैयाँ खर्च गरेको थियो। त्यसपछिका वर्षमा पनि खर्च क्रमशः ५१, ५२ र ५० अर्ब रूपैयाँ खर्च भएको छ। यो खर्चलाई प्रतिशतमा हेर्दा १२ देखि १६ हुन आउँछ।

सरकारले चालु आर्थिक वर्षको सात महिनामा चालु, पुँजीगत र वित्तीय व्यवस्थापनतर्फ गरेर ६ खर्ब ३ अर्ब रूपैयाँ खर्च गरेको छ। यो चालु आर्थिक वर्षको बजेटको ३६.९५ प्रतिशत हो। सरकारले नियमित (चालु खर्च) खर्च तर्फको शीर्षकमा ७ महिनाको अवधिमा ४ खर्ब ८४ अर्ब रूपैयाँ खर्च गरेको छ। त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ ५४ अर्ब ६१ करोड रूपैयाँ खर्च भएको छ। सरकारले चालु आर्थिक वर्षमा १६ खर्ब ३२ अर्ब खर्च गर्ने लक्ष्य राखेको छ। अहिले कुल लक्ष्यको ३६.९५ प्रतिशत मात्रै खर्च भएको छ।

पुँजीगत बजेट खर्च नहुनु भनेको विकास निर्माणका कामको गति कम हुनु हो। सरकारी निकायहरूले बहुवर्षे आयोजनामा पर्याप्त मात्रामा बजेट खर्च गर्न सकेको छैनन्। राष्ट्रिय गौरवमा सूचीकृत आयोजनाको अवस्था पनि उस्तै छ। विकासे अड्डाको रूपमा चिनिने सडक विभागले पनि चालु आर्थिक वर्षमा पर्याप्त मात्रामा पुँजीगत बजेट खर्च गर्न सकेको छैन। सडक विभागका महानिर्देशक शिवहरि सापकोटा पुँजीगत बजेट खर्च नहुनुमा धेरै कारण जिम्मेवार रहेको बताउँछन्। ‘एउटा कारणले मात्रै चालु आर्थिक वर्षमा पुँजीगत बजेट खर्च नभएको होइन,’ उनले भने, ‘सडक विभाग सबैभन्दा धेरै पुँजीगत बजेट खर्च गर्ने निकायको रूपमा छ। तर प्रतिस्थापन विधेयकमार्फत १४ सयवटा योजना स्थगन गर्ने र वैदेशिक स्रोततर्फ खर्च गर्ने रकमभन्दा धेरै बजेट विनियोजन भएकाले पनि समस्या भएको छ।’

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह सरकारले निर्माण सम्पन्न भएका आयोजनाको रकम भुक्तानी नगरेकाले पुँजीगत खर्च कम देखिएको बताउँछन्। ‘सरकारले तोकिएको समयमै आयोजनाको भुक्तानी कहिल्यै गरेको छ ?’ उनले भने, ‘एकातर्फ सरकारको ढुकुटीमा पैसा जम्मा भएर बसेको छ। अर्काेतर्फ निर्माण व्यवसायीले ऋण खोजेर काम गराउनुपर्ने बाध्यता छ।’

सरकारी निकायहरू खर्च गर्नमा मात्र होइन, राजस्व संकलनको लक्ष्यमा पनि चुकेका छन्। सरकारले चालु आर्थिक वर्षमा ११ खर्ब ८० अर्ब रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। यो सात महिनामा सरकारले सबै शीर्षकमा गरी ६ खर्ब २१ अर्ब रूपैयाँ राजस्व संकलन गरेको छ। यो वार्षिक लक्ष्यको ५३.२७ प्रतिशत हो। सरकारले अहिलेसम्म ५ खर्ब ६८ अर्ब रूपैयाँ कर राजस्व उठाएको छ। चालु आर्थिक वर्षमा कर राजस्व शीर्षकमा १० खर्ब ६७ अर्ब रूपैयाँ संकलन गर्ने लक्ष्य छ। सरकारले गैरकर राजस्वतर्फ चालु आर्थिक वर्षमा १ खर्ब १२ अर्ब संकलन गर्ने लक्ष्य राखेकोमा हालसम्म ४६.९३ प्रतिशत मात्रै संकलन गरेको छ। आर्थिक वर्षको सात महिनामा ५२ अर्ब रूपैयाँ गैरकर राजस्व संकलन गरेको छ।

सरकारले चालु आर्थिक वर्षमा अनुदान शीर्षकमा ५९ अर्ब ९१ करोड रूपैयाँ प्राप्त हुने लक्ष्य राखेको थियो। सात महिनामा लक्ष्यको २३.१७ प्रतिशत अनुदान आएको छ। यस अवधिमा १३ अर्ब रूपैयाँ अनुदान आएको छ। आर्थिक वर्ष ०७७/७८ को ६ महिनामा पूर्वाधारलक्षित बजेटको १४.४ प्रतिशत खर्च भएको थियो। महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदन अनुसार गत वर्षको पुस मसान्तसम्म ५० अर्ब ८१ करोड ७० लाख रूपैयाँ विकास बजेट खर्च भएको थियो। उक्त रकम विनियोजित पुँजीगत बजेटको १४.४० प्रतिशत हो। सरकारले गत वर्ष ३ खर्ब ५२ अर्ब ९१ करोड रूपैयाँ पुँजीगत बजेट विनियोजन गरेको थियो। 
अर्को समाचार
बूढीगण्डकी आयोजनाः तीन वर्षदेखि गेजुबाको होल्डमा
१३ पौष २०७८
•
५ मिनेट पाठ
बूढीगण्डकी आयोजनाः तीन वर्षदेखि गेजुबाको होल्डमा
चिनियाँ कम्पनी गेजुबा गुप्र कर्पोरेसन (सिजिजिसी)ले १२ सय मेगावाटको जलायशयुक्त बूढीगण्डकी आयोजनाको लाइसेन्स तीन वर्षदेखि ‘होल्ड’ गरेर आयोजना अलपत्र पारेसँगै सरकारले विकल्प खोज्ने संकेत गरेको छ।




सिजिजिसीले राष्ट्रिय गौरवमा सूचीकृत आयोजनाको लाइसेन्स तीन वर्षदेखि होल्ड गर्नेबाहेक सिन्को भाँचेको छैन। सरकारले हिउँदयाममा हुने बिजुलीको उच्च मागलाई ध्यान दिँदै जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्ने योजना अघि सारेको थियो। तर अहिले चिनियाँ कम्पनीले तीन पछिल्लो समय तीन वर्षको अवधिमा आयोजनाको कामको कुरा त छाडौं। लगानीको ढाँचा समेत टुंगो लगाउन सकेको छैन। त्यसैले सरकारले अब विकल्प खोज्ने संकेत गरेको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ असोज ६ गते १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना बिनाप्रतिस्पर्धा इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्सट्रक्सन एन्ड फाइनान्स (इपिसिएफ) मोडलमा (सिजिजिसी)लाई दिने निर्णय गरेका थिए। तर चिनियाँ कम्पनीले यो अवधिमा कुनै पनि काम गर्न सकेन।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चिनियाँ कम्पनीले बूढीगण्डकी जलविद्युत् आयोजनाको कुनै पनि काम अगाडि नबढाएकाले अब विकल्प खोज्नुपर्ने बताएकी छन्। ‘सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना कहिले गेजुबा कम्पनीलाई दिने, कहिले खारेज गर्ने काम गरिरह्यो,’ गत शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बौल्दै मन्त्री भुसालले भनिन्, ‘गेजुबाले अहिलेसम्म बूढीगण्डकीको केही पनि काम अगाडि बढाएको छैन।’ गेजुबा कम्पनीले गर्छु मात्रै भन्ने तर काम नगर्ने प्रवृत्ति देखिएकाले सधैं गेजुबाको लागि मात्रै पर्खिन नसक्ने मन्त्री भुसालले बताइन्। ‘सधैं गेजुबाको लागि पर्खिन सकिँदैन,’ उनले भनिन्, ‘बूढीगण्डकीको विषयमा अब सरकारले छिट्टै निर्णय गर्छ।’ मन्त्री भुसालले चिनियाँ कम्पनी गेजुबाले निर्माण नगरेको खण्डमा सरकार आफैंले पनि बूढीगण्डकी आयोजना निर्माण गर्न सक्ने बताइन्।

तर यस सम्बन्धमा ऊर्जा मन्त्रालयले एकाधपटक छलफल गर्ने बाहेक अन्य ठोस काम अगाडि बढाउन सकेको छैन। अर्थ मन्त्रालयले पनि इपिसिएफ मोडलको कुनै पनि कानुन नभएकाले निर्माणको लागि सहमति दिएको छैन। सरकारैपिच्छे फरक–फरक निर्णय हुँदा बूढीगण्डकी आयोजनाको निर्माण प्रक्रिया धकेलिइरहेको छ। सरकार फेरिनेबित्तिकै एक कम्पनीबाट खोसेर अर्काेलाई बुझाउने खेलाँची निर्णयले बूढीगण्डकी जलविद्युत् आयोजनाको भविष्य नै अन्योलमा परेको छ।

फ्रान्सको ट्र्याक्टेवेल इन्जिनियरिङले सन् २०१५ मा तयार पारेको प्रतिवेदनले १२ सय मेगावाटको जलाशययुक्त आयोजना निर्माण गर्न सकिने देखाएको थियो। सो प्रतिवेदनले यो आयोजना बनाउँदा २ खर्ब ७० अर्ब रूपैयाँ लाग्ने अनुमान गरेको थियो।

बर्सेनि ढिलो हुँदै जाँदा बूढीगण्डकी आयोजनाको लागत बढ्ने निश्चित भइसकेको छ। राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष स्वर्णिम वाग्लेको संयोजकत्वमा गठित समितिले बूढीगण्डकी आयोजना स्वदेशी लगानीबाटै तीन विकल्पमा आधारित भएर निर्माण गर्न सकिने सुझाव दिएको थियो।

पहिलो विकल्पमा माथिल्लो तामाकोसी जस्तै विशिष्टीकृत आयोजना कार्यान्वयन एकाइमार्फत गर्ने थियो। ‘यो विधि अनुसार विभिन्न सरकारी संस्थाहरू, सम्झौता मुताबिक बचत गर्ने संस्थाहरू तथा सर्वसाधारण समेतको सेयर सहभागितामा एक नाफामूलक कम्पनी खडा गरी ऋण लगानीको व्यवस्था समेतबाट आयोजना विकास एवं निर्माण गर्न सकिन्छ,’ सो प्रतिवेदनमा भनिएको छ।

यसमा नेपाल सरकार, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम लगायतको स्वपुँजी रहने गरी नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीको रूपमा बूढीगण्डकी जलविद्युत् कम्पनी स्थापना गरेर लगानी गर्न सकिनेछ। यसमा कुल लागतको ३५ प्रतिशत अर्थात ९४ अर्ब सरकारले भायबिलिटी ग्याप फन्डिङ गर्दा आयोजनाको लागत १७६ खर्ब कायम हुन आउँछ। यसमा ३० प्रतिशत स्वपुँजी अर्थात ५३ अर्ब र ७० प्रतिशत ऋण अर्थात १२३ अर्ब ऋण बेहोर्नुपर्ने हुन्छ।

दोस्रो विकल्पमा नेपाल सरकारको पूर्ण लगानीमा नेपाल विद्युत् प्राधिकरणले आयोजना विकास र निर्माण गर्ने। यो विकल्पमा निर्माण गर्दा सरकारले आयोजनाको लागि ३३ अर्ब देखि ७५ करोड रूपैयाँ बजेट छुट्ट्याउनुपर्ने हुन्छ। प्राधिकरण मातहतका आयोजना यही विकल्पमा निर्माण गरिएका हुन्। यद्यपि समितिको प्रतिवेदनले हालको अवस्थामा दोस्रो विकल्प त्यत्ति उपयुक्त नहुने ठर्‍याएको छ।

समितिले तेस्रो विकल्पमा इन्जिनियरिङ, खरिद, निर्माण र लगानी विधिमा आयोजना विकास र निर्माण गर्ने विकल्प अघि सारेको थियो। ‘यो विधिमा आयोजनाको सम्पूर्ण इन्जिनियरिङ, खरिद र निर्माण गर्नका लागि वित्तीय व्यवस्था समेत आफैं गर्ने गरी प्रतिस्पर्धाको माध्यमबाट कुनै एक कम्पनीलाई जिम्मा दिन सकिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘आयोजना सम्पन्न भएपछि लगानी किस्ताबन्दीमा फिर्ता हुने विधि एवं प्रक्रिया समेत स्पष्ट एवं पारदर्शी रूपमा ठेक्का सम्झौतामा उल्लेख हुन जरुरी हुन्छ।

यसमा आयोजना निर्माण भएपछि नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गर्न सकिन्छ।’ समितिले तीनवटा विकल्पमध्ये सबैभन्दा उपयुक्त पहिलो विकल्पमा स्वदेशी लगानीमा नै बूढीगण्डकी निर्माण गर्न उपयुक्त हुने सुझाव दिएको थियो।

सो प्रतिवेदनले पूर्वाधार करबाट १० वर्षको अवधिमा मात्रै एक खर्ब ६४ अर्ब रूपैयाँ सकंलन गर्न सकिने देखाएको छ। नेपाल विद्युत् प्राधिकरणले १० देखि २० अर्ब, कर्मचारी सञ्चय कोषले ३० देखि ५० अर्ब, नागरिक लगानी कोषले ३० देखि ४० अर्ब, नेपाल टेलिकमले १५ देखि २० अर्ब, राष्ट्रिय बिमा कम्पनीले १० देखि २० अर्ब, जलविद्युत् कम्पनीले १० देखि १५ अर्ब, अपर तामाकोसी कम्पनीले ७ देखि १२ अर्ब, चिलिमे जलविद्युत् कम्पनीले ३ देखि ५ अर्ब र नेपाली सेना–प्रहरीले ५ देखि ८ अर्ब र रेमिटेन्सबाट १० देखि २० अर्ब गरेर कुल २७० देखि ३७० अर्ब रूपैयाँ लगानी जुटाउन सकिने जनाएको छ।

सरकारले विगत ६ वर्षदेखि बूढीगण्डकी आयोजना निर्माणको लागि भन्सार बिन्दुमै पेट्रोलियम पदार्थमा लगाएको करबाट झण्डै ७१ अर्ब संकलन गरेको छ। बूढीगण्डकी आयोजना प्रभावितलाई करिब ३३ अर्ब ८० मुआब्जा वितरणबाहेक बूढीगण्डकी आयोजनाको काम अघि बढ्न सकेको छैन।

बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा पर्ने ५८ हजार १ सय ५३ रोपनी क्षेत्रफलमध्ये ४८ हजार रोपनीको मुआब्जा वितरणको काम सम्पन्न भएको छ। ऊर्जा मन्त्रालयका अनुसार मुआब्जाबापत हालसम्म ३३ अर्ब ८० करोड रूपैयाँ वितरण भएको छ। अझै १० हजार रोपनी क्षेत्रफलको मुआब्जा वितरण गर्न बाँकी छ।
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस