काठमाडौं- अन्तर्राष्ट्रिय उडानका लागि २७ वर्षपछि नयाँ जहाज थपेर खुसियालीसँगै व्यापार गर्न थालेको दुई सातामै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगममा 'कालो बादल' मडारिएको छ। प्रतिस्पर्धाबाट चार वर्षका लागि निगमको महाप्रबन्धक छानिएर आएका मदन खरेलले काम सुरु गरेको २७ महिनामै राजीनामा दिएपछि निगमको अगाडि ठूलो चुनौती तेर्सिएको छ। खरेलले आइतबार निगम सञ्चालक समिति र तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाएको राजीनामा पत्रमा 'स्वास्थ्यका कारण एक महिनाका लागि बिदा बस्ने र त्यसपछि लागू हुने गरी राजीनामा दिएको' उल्लेख छ।
खरेल निकट स्रोतका अनुसार केही महिनादेखि सकारको माथिल्लो तहबाट बिनाव्यवधान काम गर्ने 'वातावरण बिगारिनु' र निरन्तर राजनीतिक हस्तक्षेप बढेपछि वाध्य भएर खरेलले पदबाट राजीनामा दिएका हुन्। केही महिनाअघि निगम सञ्चालक समितिको अध्यक्षमा सरकारले शिवशरण न्यौपानेलाई नियुक्त गरेपछि खरेल थप असन्तुष्ट थिए।
'प्रतिस्पर्धाबाट चार वर्षका लागि महाप्रबन्धक नियुक्त भए पनि काम गर्दा नसोचेको ठाउँबाट अडचन आउनु र त्यसमाथि सञ्चालक समिति अध्यक्ष न्यौपानेबाट पनि राजीनामा दिनेसम्मको दबाब आएपछि खरेल थप तनावमा थिए,' खरेल निकट स्रोतले आइतबार नागरिकसँग भन्यो, 'तालुक मन्त्रालयबाट पनि सहयोग कम हुँदै गएपछि उनले बाटो छोडिदिएका हुन्। पर्यटन मन्त्री दीपकचन्द्र अमात्यबाट पनि सहयोग हुन छाडेको थियो।'
नयाँ जहाजसँगै अर्का दुई ठूला जहाज, दुईवटा चिनियाँ जहाज र एक थान टि्वनअटर जहाज व्यवस्थापन गर्न अब कसरी अगाडि बढ्ने भन्ने चिन्ता वर्तमान व्यवस्थापनको काँधमा आइपुगेको छ।
जहाजमात्र होइनन्, अब निगमको अगाडि अर्बौं ऋण चुक्ताको व्यवस्थापन कसरी गर्ने भन्ने सबैभन्दा ठूलो समस्या पनि छ। निगमले अन्तर्राष्ट्रिय उडानका लागि युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग दुई ठूला जहाज खरिद गर्न कर्मचारी सञ्चय कोषसँग लिएको १० अर्ब रुपैयाँ ऋण र त्यसका लागि तिर्नुपर्ने वार्षिक १२ प्रतिशतको चर्को ब्याज प्रमुख चुनौती हो। दुईवटा अनुदान तथा सहुलियत ऋणमा पाएको चारवटा चिनियाँ जहाजको रकम पनि तिर्नैपर्छ। एक थान एयरबस आगामी वैशाख दोस्रो साताभित्र आउँदैछ भने बाँकी चार चिनियाँ जहाज आउने तयारीमा छन्।
'धराशयी बनेको संस्थालाई उँभो लगाउन व्यापारिक योजना र चार वर्षभित्र कसरी योजना पूरा गर्ने भन्ने फेहरिस्तसहित सरकारसँग सम्झौता गरेर आएका खरेलले कार्यकालको करिब आधा अवधि बाँकी हुँदै राजीनामा दिएपछि अन्योल छाएको छ,' निगमकै एक उच्च अधिकारीले भने, 'सरकारले विश्वास गरेर जिम्मेवारी दिएपछि उनलाई काम गर्न दिनुपर्थ्यो, तर त्यसो हुन नसक्दा संस्थालाई अगाडि बढाउन अप्ठेरो हुने निश्चित छ।'
सार्वजनिक संस्थान निर्देशन बोर्डले निगम महाप्रबन्धकका लागि चारजनाको नाम सिफारिस गरेपछि सरकारले सम्पूर्ण अध्ययन गरेर खरेललाई महाप्रबन्धक चयन गरेको थियो। तर, अहिले आएर खरेलमाथि सरकारले विश्वास नगरेको ती अधिकारीको दाबी छ।
'निगममा जहिले पनि केही उन्नतिका काम हुन लाग्यो कि यस्तै भाँडभैलो हुने गर्छ,' उनले भने, 'एकजनालाई जिम्मेवारी दिने अनि उसलाई कामै गर्न नदिने परिपाटीले सरकारी संस्थानको बेहाल भएको हो। यसअघि निगमकका कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारलाई पनि जहाज खरिद गर्ने विषयमा काम गर्न नदिँदा जेलसमेत जानुपरेको थियो।'
खरेलले निगमको जिम्मेवारी सम्हालेपछि एयरबससँग १ सय ५८ सिट क्षमताका दुईवटा 'ए३२०–२००', ५६ सिट क्षमतायुक्त दुई थान 'मोडर्न आर्क' (एमए–६०) तथा १८ सिटे चारवटा 'वाई१२–ई' जहाज खरिद सम्झौता भएका थिए। यी सम्झौता गर्न पनि खरेललाई निकै संघर्ष गर्नुपरेको थियो। एयरबसका जहाज किन्न चाहिने रकम जुटाउन पनि उनलाई ठूलै कसरत गर्नुपरेको थियो। बल्लबल्ल उनले सञ्चय कोषबाट १० अर्ब निकाल्न सफल भएका थिए।
त्यसैगरी उनकै कार्यकालमा प्रतिस्पर्धाबाट करिब ३ सय नयाँ कर्मचारी पनि नियुक्त गरिएको थियो। तिनमा १९ जना वरिष्ठ पाइलट (आठ र नौ तह), एयर होस्टेस १५ तथा स्टेवार्ड २० जना पनि छन्।
२०४२ सालतिर निगम प्रवेश गरेका खरेल महाप्रबन्धक हुनुअघि कमर्सियल डाइरेक्टर (१० तह) मा कार्यरत थिए। सरकारले खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने भएपछि उनले कमर्सियल डाइरेक्टरबाट राजीनामा दिएर प्रतिस्पर्धामा उत्रिएका थिए। उनी महाप्रबन्धक भएर आएपछि उनीभन्दा वरिष्ठ अधिकारीहरूले केही असहज महसुस गरेको खरेल निकट स्रोतले बतायो। यसबाट पनि काम गर्ने वातावरण केही नमिलेको स्रोतको भनाइ छ।
निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले महाप्रबन्धक खरेलले स्वास्थ्यका कारण देखाउँदै एक महिना बिदा बस्ने र त्यसपछि लागू हुने गरी राजीनामा दिएको जानकारी दिए।
'आफ्नो अनुपस्थितिमा सम्पूर्ण जिम्मेवारी सम्हाल्ने गरी ग्राउन्ड सपोर्ट विभागका निर्देशक रमेशबहादुर शाहलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिनुभएको छ,' शर्माले भने।