इलाम/गोरखा/पर्वत- निर्वाचनताका घोषणापत्र च्यापेर गाउँ पुग्ने नेताले दायाँबायाँ नसोची कार्यकर्तालाई दिने एकैखाले आश्वासन हुन्, 'मैले जिते मोटरबाटो, खेलमैदान, बिजुली र खानेपानी पक्का!' नभन्दै, ५ मंसिर २०७० को निर्वाचनताका प्रत्याशी बनेर गाउ" पुगेका नेताले बजेटमार्फत आफूलाई दिइएको ठूलो रकम पूर्वाधारका टालटुले आयोजनामा खर्चिंदैछन्। दीर्घकालीन महत्वका, रोजगारी सिर्जना गर्ने र जीविकोपार्जनमा टेवा पुर्याोउने आयोजना परेका छैनन्।
सरकारले चालु आर्थिक वर्ष २०७१/०७२ को बजेटमार्फत घोषणा गरेको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम सभासदले आफ्नै आश्वासन पूरा गर्न परम्परागत र टालटुले आयोजनामा खर्चिन लागेका हुन्। 'असार मसान्तभित्र पूरा गरिसक्नुपर्ने त्यस्ता आयोजनाका लागि जिल्ला–जिल्लामा बजेट निकासा भइरहँदा सभासदनिकट नेता, कार्यकर्तालाई भ्याइनभ्याइ छ। हतारमा सरकारी बजेट सक्दा दुरुपयोग हुने खतरा उत्तिकै छ,' इलामका एक स्थानीय भन्छन्।
घोषणा हुँदैदेखि विवादित र आलोचित यो कार्यक्रमअन्तर्गत करोडौं रकम छोटो समयमै देशैभर कनिकाझैं छरिँदैछ। कार्यक्रमको लक्ष्य र उद्देश्य आफैंमा नराम्रो नभए पनि कार्यान्वयन शैली फितलो हुँदा यसको प्रभावकारिता दूरगामी र विकासमुखी नहुने संकेत छ। प्रतिनिर्वाचन क्षेत्र एक करोडका दरले २ सय ४० वटै क्षेत्रका लागि छुट्टिएको २ अर्ब ४० करोड रुपैया" गत बिहीबारदेखि जिल्ला–जिल्लामा निकासा भइसकेको र चार महिनामै सकि"दैछ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जिविसमार्फत प्रत्यक्षतर्फका २ सय ४० जनै सभासद संयोजक रहने गरी उनीहरुका निर्वाचन क्षेत्रमा एक/एक करोड रुपैयाँ विनियोजन गरेको हो। अधिकतम १० आयोजनामा खर्च गर्न पाउनेगरी विनियोजन भएको यो रकम मापदण्ड तोकिएका निश्चित आयोजनामा खर्चिनुपर्ने प्रावधान छ तर परम्परागत किसिमकै मोटरबाटो र खेलमैदान निर्माणमा यसलाई सीमित गरि"दैछ।
कार्यक्रमको उद्देश्यलाई शीर्ष नेताले नै बिर्सिएको देखिन्छ। इलाम-१ बाट निर्वाचित एमाले सभासद झलनाथ खनालले बुझाएका आठ आयोजनामध्ये चारवटा मोटरबाटोकै छन्। इलाम-२ बाट निर्वाचित संविधानसभा अध्यक्ष सुवास नेम्वाङले छानेका आयोजनामा मोटरबाटो नै धेरै छन्। नेम्वाङले १० आयोजनामध्ये सातवटा मोटरबाटो रोजेका छन्। इलाम-३ बाट निर्वाचित केशव थापाले त १० आयोजनामध्ये १० वटै मोटरबाटो सम्बन्धित पारेका छन्।
कार्यक्रमको निर्देशिकामा श्रममा आधारित रोजगारी सिर्जना गर्ने, जनसहभागिता जुटाउ"दै उपभोक्ता समितिमार्फत चल्ने, जोखिम न्यूनीकरण गर्ने, एकै आर्थिक वर्षमा सकिने र सार्वजनिक प्रकृतिका अधुरा आयोजनालाई समेट्नुपर्ने प्रावधान भए पनि सभासदले हचुवाका भरमा यस्ता परम्परागत आयोजना रोजेको देखिन्छ। महत्व दिइनुपर्ने भनिएका खोलानाला र पहिरो नियन्त्रण, खानेपानी र सरसफाइ र वातावरण संरक्षणमा चासो दिइएको छैन।
नवीकरणीय ऊर्जा र लघुजलविद्युत, स्वास्थ्य चौकी र पुनर्स्थापना केन्द्र, कृषिउपज संकलन केन्द्र र विद्यालयको भौतिक पूर्वाधारलाई बेवास्ता गर्दै दलका स्थानीय नेता रिझाउन एकैखाले आयोजना रोजिएका हुन्। चुनावताका गाउँ जाँदा भेटेजति सबैलाई 'यसो गर्दिन्छु' र 'उसो गर्दिन्छु' भनेका नेताले त्यही आश्वासन पूरा गरेझैं देखाउन विकासको बजेट कनिकासरह छर्न लागेका हुन्, जुन आशामुखी कार्यकर्तालाई 'हात्तीको मुखमा जिरा' सरह बन्दैछ।
नियमावलीले बजेट अभावमा कार्यान्वयन हुन नसकेका, प्रकोप–विपद्ले क्षति भएका र केन्द्रीय बजेटमा समावेश हुन नसकेका आयोजनालाई प्राथमिकता दिन भने पनि व्यवहारमा त्यो छैन। हतारमा गरिने यस्ता टालटुले विकासे आयोजना प्रभावकारी नहुने जिल्लाकै अगुवा नेता बताउँछन्। इलामका तीन निर्वाचन क्षेत्रमा सञ्चालन हुन लागेका आयोजनामध्ये मोटरबाटो नै अगाडी देखिँदा कार्यक्रमप्रति उनीहरु खुसी हुन सकेका छैनन् र यस्तो दोहोरिन नहुने बताउ"दैछन्।
'विगतमा कार्यकर्ताबीच कागजपत्र मिलाएर रकम बाँडचुँड गरिखाने माध्यम बनेको यो कार्यक्रम नाम र दाम फेरिएर ठूलो हुँदा पनि उस्तै उस्तै छ,' इलाम-१ मा खनालसँग झिनो मतले पराजित काँग्रेस नेता हिमालय कर्माचार्य भन्छन्, 'निकटतम प्रतिद्वन्द्वीसँग सल्लाह गरेर आयोजना छनौट गरेको अझ राम्रो हुन्थ्यो र रकम दुरुपयोग हुनबाट बच्ने थियो।' सभासदले आफ्नै आश्वासन टाल्न मोटरबाटो निर्माणमा केन्द्रित हुँदा त्यो बहुउपयोगी र दीर्घकालीन नहुने उनको दावी छ।
सतही आयोजनामा चुस्स-चुस्स रकम खर्चिंदा आशामुखी कार्यकर्ता रिझाए पनि आम मतदाता खुसी नहुने उल्लेख गर्दै एमाले नेता भक्त केसी सभासद स्वयंले सचेत भएर फरक खालका काममा रकम खर्चिनुपर्ने बताउँछन्। 'सभासदको रकम दुरुपयोग हुँदा कार्यकर्ता पनि बद्नाम हुन्छन्,' केसी भन्छन्, 'कार्यकर्ता बद्नाम भएपछि पार्टी स्वयं बदनाम् हुन्छ।' त्यस्तो स्थिति आउन नदिन एमालेले केसीकै संयोजकत्वमा पाँच सदस्यीय आयोजना अनुगमन समिति बनाएको छ।
आश्वासन पूरा गरेझैं देखाउन सिंगो निर्वाचन क्षेत्र समेट्नुपर्ने बाध्यताले सभासदलाई निश्चित आयोजनामा रकम खर्चिन समस्या भएको हुनसक्ने राप्रपा नेता सोमनाथ बाँस्तोला बताउँछन्। 'निर्वाचनताका जसलाई पनि यसो र उसो गर्दिन्छु भनेकै परिणाम हो यो' बाँस्तोला भन्छन्, 'पहिल्यै आश्वासन नदिएको भए एक करोड रकमले राम्रै खालका दुई/तीनटा आयोजना पूरा गर्न सकिन्थ्यो, जसले पूर्वाधार विकाससँगै रोजगारी सिर्जना गर्थ्यो र जीविकोपार्जनमा मद्दत पुर्या्उ"थ्यो।'
सजिला योजनामा लगानी
निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअर्न्तगत यस वर्ष गोरखाका तीन क्षेत्रमा खर्च हुने ३ करोड रुपैयाँमध्ये १ करोड यहाँका सभासदले धुलेसडकमा लगानी गरेका छन्। क्षेत्रगत रूपमा आउने १ करोडमध्ये २ करोड विद्यालयको भौतिक संरचना निर्माण, सिँचाइ, खानेपानीलगायतमा छुट्याइएको छ।
क्षेत्र २ का सभासद हितराज पाण्डले सबैभन्दा धेरै ४० लाख रुपैयाँ कच्ची सडक निर्माणमा छुट्टयाएका छन्। चारवटा सडक निर्माणलाई उनले प्रतियोजना १० लाखका दरले छुट्याएका हुन्। क्षेत्र ३ का सभासद छमबहादुर गुरुङले पदमार्ग निर्माणसहित तीनवटा फरक सडक योजना बनाएर ३६ लाख रुपैयाँ छुट्याएका छन्। पूर्व प्रधानमन्त्रीसमेत रहेका क्षेत्र १ का सभासद बाबुराम भट्टराईले अन्यको तुलनामा सडकमा लगानी कम गरेका छन्। दुईवटा सडक योजनामा उनले २२ लाख छुट्याएका छन्। सभासदले अन्य योजनाभन्दा सडकमा धेरै लगानी गरेका छन्। उनीहरुले छनोट गरेका सडक योजना यसअघि नै बाटो खुलेका र पटक/पटक जिल्ला विकास, सडक कार्यालयको लगानी परिरहेका सडक हुन्। करोडौँको लगानीमा खुलेका धुले कच्ची सडकको स्थायित्व नहुँदा हरेक बर्खापछि मर्मत गर्नुपर्ने अवस्था छ। त्यसैलाई टालटुल गर्न यसपटक धेरै रकम सभासदले छुट्याएका छन्।
सभासदले दोस्रो प्राथमिकतामा विद्यालयको भौतिक निर्माणमा धेरै बजेट छुट्याएका छन्। सभासद पाण्डेले सबैभन्दा धेरै ४० लाख विद्यालय भवन निर्माणमा छुट्याएका छन्। चारवटा विद्यालयका लागि उनले उक्त पैसा विनियोजन गरेर जिविसमा कार्यक्रम पेस गरेका छन्। भट्टराईले पूर्वाधार निर्माण शीर्षकमा तीनवटा स्कुललाई ३२ लाख रुपैयाँ छुट्याएका छन्। गुरुङले एउटा विद्यालयका लागि सात लाखमात्रै विनियोजन गरेका छन्। निर्वाचन क्षेत्र विषेश कार्यक्रम कार्यविधि २०७१ मा तोकेअनुसार बजेट र संख्यामा योजना छनोट गरेको भए पनि देखिने गरी काम हुने योजना सभासदले छानेका छैनन।
खानेपानी आयोजनामा डिपिआरका लागि रकम छुट्याइएको छ। लिफ्टिङ सिँचाइ आयोजना नाम दिएर सात लाख छुट्याइएको छ। १ करोड रुपैयाँ खर्चमा पनि सजिलै निर्माण पूरा नहुने योजना सुरु गर्नमात्रै सभासदले पैसा खन्याएका हुन्। अधुरो भवन पूरा गर्न र चर्पी बनाउन भन्दै सभासद गुरुङले १२ लाख छुट्याएका छन्। गाउँमा काठे पोलका कारण विद्युतीकरणमा समस्या भइरहेका बेला नयाँ ठाउँमा जोखिम मोलेरै विद्युत लैजाने गरी उनले दुई योजनामा २५ लाख छुट्याएका छन्।
सभासदले जिल्ला विकास समितिमा पेस गरेको योजनाको अध्ययन मूल्यांकन गरेर जिविसले उपभोक्ता समितिमार्फत काम अगाडि बढाउने स्थानीय विकास अधिकारी प्रेमराज गिरीले बताए।
नयाँ ट्र्याकमा बजेट
एकदिन पानी परे पर्वतको कुर्घा र लिमिठानाका किसानले उत्पादन गरेको दूध एकसाता बजार पुग्दैन। हिलाम्य सडक नसुक्दा त्यहाँ उत्पादित दूध सदरमुकाम कुश्माबजार पुर्यापउन किसानले दोब्बर खर्च गर्नुपर्छ। त्यहाँका एक किसानले दूध बिक्रीबाट प्राप्त गर्ने पैसा दूध बोकाएर सदरमुकाम कुश्मा पुर्यानउने मजदुरलाई दिँदा नै सकिन्छ। देवीस्थान ढिकदेखि कुर्घासम्म करिब तीन किलोमिटर सडक सुधार नहुँदा कुर्घा र लिमिठानाका किसानले उत्पादन गरेको दूध पानी पर्नासाथ बजार नपुग्ने अवस्था छ। त्यसो त तीन किलोमिटर सडककै कारण पर्वतको दक्षिण भेगका १६ गाविसका बासिन्दा सदरमुकाम आउन ८ घन्टा पैदल हिँड्नुपर्छ।
यस्ता अत्यावश्यक सडकलाई मर्मत गर्न छाडेर पर्वत–२ का सभासद विकास लम्सालले नयाँ सडकको ट्र्याक खोल्न बजेट विनियोजन गरेका छन्। क्षेत्रकै मूलसडकका रुपमा रहे पनि आवश्यक बजेट अभावमा अवरुद्ध भइरहने सदरमुकामलाई दक्षिण भेगसँग जोड्ने फलेबास–लुंखु सडकलाई छाडेर सभासद लम्सालले नयाँ सडकका लागि बजेट विनियोजन गरेपछि त्यहाँका बासिन्दा असन्तुष्ट छन्। 'आफ्नो क्षेत्रका जनताको मुख्य समस्या नै सभासदले बु‰न सक्नुभएन,' लिमिठाना र कुर्घाका किसानले उत्पादन गरेको दूध संकलन गरी बजार पठाउँदै आएकी शोभा क्षेत्रीले भनिन्, '६० लाख रुपैयाँ सडकमा विनियोजन गरे पनि सदरमुकाम जोड्ने दक्षिण भेगको मुख्य नाकामा बजेट परेनछ।'
गाउँगाउँमा सडकै सडक भएपछि जिल्ला विकास समितिले नयाँ ट्र्याक खोल्न रोक लगाएको छ तर निर्वाचन पूर्वाधार विकासको रकम विनियोजन गर्दा भने त्यो निर्णय स्थानीय विकास अधिकारी भीमबहादुर कुँवरले समेत लागू गरेका छैनन्। स्थानीय विकास अधिकारी उक्त बजेट विनियोजन समितिमा सदस्यका रूपमा रहन्छन्। जेठमा अवरुद्ध भएको फलेबास–लुंखु–हुवास सडक पुस पहिलो साताबाट मात्रै सञ्चालनमा आएको थियो। तर, एक दिन पानी पर्दासाथ एक साता गाडी चल्न नसक्ने अवस्था यो सडकमा छ।
सभासद लम्सालले नयाँ सडकको ट्र्याक खोल्नैपर्ने बाध्यता भएको बताए। 'दक्षिण भेगमा पर्ने टकलाकको सिंगारकोष नयाँ ट्र्याकबाट मात्रै पर्वतसँग जोडिन्छ,' उनले भने, 'कुर्घा–सात्ले र सिरकाङ सडकले त्यहाँ उत्पादित सुन्तला बजार ल्याउन मद्दत गर्छ।' फलेवास ढिकदेखि कुर्घा जोड्ने सडकबाटै ती नयाँ ट्र्याकसम्म सवारी जानुपर्ने हुन्छ। ती दुई सडकमा क्रमशः १५ लाख र ७ लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै ६० लाखमध्ये बाँकी ३८ लाख रुपैयाँ पनि भित्री सडकका लागि छुट्याइएको छ।
निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालन कार्यविधिमा ७ लाखभन्दा कम र १० वटाभन्दा बढी योजना बनाउन नपाइने उल्लेख भएपछि पर्वतका दुवै सभासदले दर्जन बढी गाविसलाई एउटै शीर्षकमा जोडेर चलाखी अपनाएका छन्। शंकरपोखरीदेखि होस्राङ्दीसम्म सभासद लम्सालले लिएका गाविस र ठाउँमा झन्डै दर्जन सडक पर्छन् तर उनले एउटै शीर्षक बनाएर ३० लाख विनियोजन गरेका छन्।
लम्सालले विद्यालय फर्निचरको नाममा २० लाख रुपैयाँ विनियोजन गरेका छन्। तर, त्यसअर्न्तगत ११ वटा विद्यालयका नाम उल्लेख गरेका छन्। खेलकुद मैदान निर्माणका नाममा विनियोजन गरेको १३ लाख रुपैयाँ उनले बालाकोट, मुडिकुवा, उराम, हुवास र बाच्छा गरी पाँचवटा गाविसमा दिने निर्णय गरेका छन्। लम्सालले आफूसँग निकै धेरै योजना माग हुँदा समस्या भएको बताए।
क्षेत्र १ मा पनि सभासद अर्जुनप्रसाद जोशीले मूल शीर्षक एउटा राखे पनि टुक्रे योजना बनाएका छन्। उनले पूर्वाधारतर्फको १ करोडमध्ये ६२ लाख रुपैयाँ सडकमा विनियोजन गरेका छन्। ती योजना ५० हजारदेखि पाँच लाखसम्मका छन्।