चितवन-नवलपरासीको विजय लघुवित्त वित्तीय संस्थाले राप्ती अञ्चलका पाँच जिल्लामा सेवा दिने भएको छ। बेलायती सहयोग नियोग डिएफआइडीको परियोजना सक्षमसँगको साझेदारीमा विजयले दाङ, प्युठान, सल्यान, रोल्पा र रुकुमका चार हजार घरधुरीमा लघुवित्त सुविधा पुर्यािउन थालेको हो।‘एक घरका एकजनालाई समेट्ने छौं। चार हजारमा ८० प्रतिशत महिला जुटाउने योजना छ,' सक्षमसँगको परियोजना सार्वजनिक गर्न आइतबार गैंडाकोटमा आयोजित कार्यक्रममा विजय लघु वित्त वित्तीय संस्थाका प्रबन्ध निर्देशक वसन्त लम्सालले भने। बचतका लागि चार हजार घरधुरीलाई समेटे पनि २८ सय घरधुरीलाई ऋण लगानी गर्ने उनले बताए।
‘सबैलाई गरेर ११ करोड २० लाख रुपैयाँ ऋण लगानी हुने छ,' लम्सालले भने। ऋण लैजानेको बिमासमेत हुने उनले बताए। दलित जनजाति र गरिब महिलालाई ऋण लगानी गरेर उद्यमी बनाउने उनको भनाइ छ। कुनै पनि औपचारिक वित्तीय सेवा नपुगेका गाउँमा लगानी गर्ने उनले बताए।
‘जहाँ कुनै किसिमका वित्तीय संस्था गएका छैनन् त्यस्तालाई सेवा दिने हाम्रो लक्ष्य छ,' लम्सालले भने। पछि परेका व्यक्ति र समुदायमा वित्तीय पहुँच पुर्या एर जीवनस्तर उकास्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेकाले त्यस्तै वर्गलाई ऋण लगानी गर्ने उनले बताए। ऋणको व्याजदर १८ प्रतिशत तय गरिएको छ।
ऋण लैजानेहरुलाई व्यावसायिक योजना बनाउन तालिम दिने उनको भनाइ छ। त्यस्तै व्यवसाय र खास गरेर कृषि व्यवसायलाई आवश्यक हुने प्राविधिक सेवा पनि संस्थाले दिने लम्सालले बताए। बजारको खोजीमा पनि संस्थाले सहयोग गर्ने उनको भनाइ छ। लगानीका लागि कृषि क्षेत्रलाई प्रथामिकतामा राखेको उनले बताए।
रोल्पामा कार्यरत विजय लघु वित्त वित्तीय संस्थाका प्रतिनिधि दीपक गौतमले त्यस क्षेत्रमा साहु माहजनबाट चर्को ब्याजमा घरायसी कामका लागि ऋण लिने चलन रहेकाले लघुवित्तले सुलभ ब्याजदरमा उत्पादनमुखी काममा ऋण दिएर गाउँलेलाई उद्यमी बनाउन खोजेको बताए। ब्याजदर कम गर्नेतर्फ चासो दिन नेपाल राष्ट्र बैंकका अधिकारीहरुको आग्रह छ।
‘ब्याजदर कसरी कम गर्न सकिन्छ त्यसतर्फ सोच्नु होस। लघुवित्तले पनि सकेसम्म १० प्रतिशत ब्याजदरमा ऋण दिन सक्नुपर्छ,' नेपाल राष्ट्र बैंक, भैरहवा शाखाका प्रमुख प्रकाशकुमार श्रेष्ठले भने। विजय लघुवित्त वित्तीय संस्था दुई वर्षअघि मात्रै सञ्चालनमा आएको हो। गैंडाकोटको विजय विकास स्रोत केन्द्र र गुडविल फाइनाइन्सको तत्परतामा यो संस्था खुलेको हो।