एक जिल्लामा एक औद्योगिक क्षेत्र
०३ चैत्र २०७१
•
५ मिनेट पाठ
एक जिल्लामा एक औद्योगिक क्षेत्र
काठमाडौं-उद्योग मन्त्रालय एक जिल्लामा एक औद्योगिक क्षेत्र स्थापना गर्ने योजना बनाउन जुटेको छ। मन्त्रालयले आगामी बजेटमा यस्तो कार्यक्रम समावेश गरेर कार्यान्वयनमा लैजान तयारी थालेको हो।

आगामी बजेटमा निजी क्षेत्रलाई औद्योगिक क्षेत्र बनाउन प्रोत्साहित गर्ने कार्यक्रम ल्याउन लागेको उद्योगमन्त्री महेश बस्नेतले जानकारी दिए। 'एक जिल्लामा एक औद्योगिक क्षेत्र र एक क्षेत्रमा एक औद्योगिक ग्राम खोल्ने योजना बनाएका छौं,' मन्त्री बस्नेतले भने, 'यो कार्यक्रममा निजी क्षेत्र प्रोत्साहित हुने वातावरण सिर्जना हुनेछ।' योजनाअनुसार सरकारले औद्योगिक क्षेत्र बनाउन पूर्वाधार निर्माण गर्नेछ भने सञ्चालन निजी क्षेत्रले गर्नेछ।

उद्यमी विकास र औद्योगिक जनशक्ति उत्पादन गर्ने कार्यक्रम पनि मन्त्रालयले थपेको छ। मन्त्रालयले नयाँ बजेटको लागि तयार पारेको योजनामा दुई मोडलका कार्यक्रम छन्। पहिलो युवाशक्तिलाई उद्यमी बनाएर उद्योगमा सरिक गराउने, दोस्रो औद्योगिक जनशक्ति निर्माण।

'नयाँ आइडिया भएका, रेमिटेन्स जम्मा गरिरहेका, सहकारीमा पैसा जम्मा गरिरहेका युवालाई कसरी उद्योगमा ल्याउन सकिन्छ भनेर नयाँ कार्यक्रम ल्याउँदै छौं,' मन्त्री बस्नेतले भने, 'दातासँग पनि कुरा भइरहेको छ।'

औद्योगिक जनशक्ति निर्माणअन्तर्गत ८ हजार ७ सय युवालाई तालिम दिने योजना रहेको मन्त्रालयका सहसचिव जीतबहादुर थापाले जानकारी गराए। उनका अनुसार समावेशीअर्न्तगत ३ हजार आदिवासी जनजातिलाई औद्योगिक जनशक्तिका रुपमा विकास गरिने छ। उद्योगमा काम गर्न समक्ष जनशक्तिलाई औद्योगिक जनशक्ति मानिएको छ।

कार्यक्रम अनुसार रक्तपत्थर व्यवसायमा लाग्ने युवालाई तालिमको व्यवस्था गरिनेछ। यसअर्न्तगत आगामी आर्थिक वर्षमा एक हजार युवालाई तालिम दिने योजना छ।

मन्त्रालयले परम्परागत व्यवसाय प्रवर्द्धन कार्यक्रम पनि आगामी बजेटमा समावेश गर्नेछ। यसमा युवालाई प्रविधि र तालिम दुवै दिइनेछ। 'साना परम्परागत व्यवसायमा पुस्ता हस्तान्तरण हुन सकेको छैन,' मन्त्री बस्नेतले भने, 'साना घरेलु व्यवसाय नयाँ पुस्तामा हस्तान्तरण गराउन यो कार्यक्रम ल्याइएको हो।' बस्नेतका अनुसार आगामी आर्थिक वर्षमा २० हजार युवालाई नयाँ कार्यक्रम दिने योजना ल्याउन लागिएको छ।

अहिलेसम्म उद्योगलाई प्राथमिकतामा राखेर बजेट आउन नसकेको भन्दै यसपालि विशेष पहल गरिएको उनले बताए। बस्नेतका अनुसार यसपालि उद्योगलाई तीन गुणा बढी बजेट पर्दैछ। बस्नेतले भने, 'तर यो पनि उद्योगलाई पर्याप्त हुँदैन।' यसपालि मन्त्रालय सबैभन्दा धेरै बजेट बढाउन सफल भएको बस्नेतले दाबी गरे। गत आर्थिक वर्षमा उद्योग मन्त्रालयलाई ३ अर्ब ३१ करोड रुपैयाँ बजेट छुट्ट्याइएको थियो।

यसपालि बजेट निर्माण गर्दा आन्तरिक तयारी राम्रो गरेको भन्दै अर्थ मन्त्रालय र योजना आयोजमा लामो छलफल भएको मन्त्री बस्नेतले बताए। नयाँ बजेटमा पुराना योजना र कार्यक्रमले निरन्तरता पाउनेछन्। विशेष आर्थिक क्षेत्र निर्माण, सिमेन्ट उद्योगलाई सहुलियतले यसपालि निरन्तरता पाएका छन्।

गत आर्थिक वर्ष मन्त्रालयबाट कुनै पनि नयाँ कार्यक्रम थपिएका थिएनन्। पोहोर साल सिलिङ नै कम आएकाले जम्मा ६ करोडमात्र थपिएको थियो। बजेट नथपिएपछि पुराना कार्यक्रमले मात्र निरन्तरता पाएका थिए।
अर्को समाचार
दाङ औद्योगिक क्षेत्र घोषणा, निजी क्षेत्र हर्षित
२१ माघ २०७७
•
३ मिनेट पाठ
दाङ औद्योगिक क्षेत्र घोषणा, निजी क्षेत्र हर्षित
झण्डै आधा दशकसम्मको निजी क्षेत्रको प्रयासपछि सरकारले दाङमा औद्योगिक क्षेत्र घोषणा गरेको छ। सरकारले जिल्लामा औद्योगिक क्षेत्र घोषणा गरेपछि निजी क्षेत्र उत्साहित बनेको छ। ११ माघमा बसेको मन्त्रिपरिषद् बैठकले घोराही उपमहानगरपालिका क्षेत्रमा दाङ औद्योगिक क्षेत्रको घोषणा गर्ने निर्णय भएको हो। उक्त निर्णय सरकारले केही दिनअघि मात्रै सार्वजनिक गरेको हो।

घोराही उपमहानगरपालिकाका दुईवटा वडा ३ र ५ मा रहेको ५ सय ४९ बिघा क्षेत्रफललाई सरकारले औद्योगिक क्षेत्र घोषणा गरेको हो। सरकारले तोकेको क्षेत्र अनुसार पूर्वतर्फ घोराही लमही सडक खण्ड, उत्तरतर्फ बबई नदी, पश्चिमतर्फ पाण्डवेश्वर धामको जंगल र दक्षिण तर्फको जंगल क्षेत्र औद्योगिक क्षेत्रमा समावेश हुने छ।

सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र बने जिल्लामा छरिएर रहेका उद्योगहरू एकै थलोमा सञ्चालन हुनेछन्। जिल्लाको साबिक धर्ना गाविसमा औद्योगिक क्षेत्र घोषणाका लागि दाङ जिल्ला उद्योग वाणिज्य संघले सात वर्षअघि प्रयास थालेको थियो। सरकारसमक्ष औद्योगिक क्षेत्र घोषणाका लागि पेस भएका फाइलहरूलाई सरकारले गत ११ माघमा सदर गरेको हो।

‘दाङमा रहेका उद्योगहरूको उचित व्यवस्थापनका लागि औद्योगिक क्षेत्र घोषणा गर्नुपर्छ भनेर दाङ जिल्ला उद्योग वाणिज्य संघले लामो समयदेखि सरकारसमक्ष अनुरोध गर्दै आएको थियो,’ संघका अध्यक्ष टंकसिंह बुढाथोकीले भने, ‘लामो समयपछि निजी क्षेत्रको मागलाई सरकारले सुनेको छ, अहिले औद्योगिक क्षेत्र घोषणा गरेको छ, यो सिंगो निजी क्षेत्रका लागि खुसीको कुरा हो।’

उनका अनुसार औद्योगिक क्षेत्र स्थापना भए साना उद्योगी, व्यवसायीलाई उद्योग सञ्चालनका लागि आर्थिक भार निकै कम पर्नेछ। कुनै पनि उद्योगीले अहिले व्यवसाय सञ्चालन गर्दा जग्गा खरिद गर्नुपर्ने हुँदा आर्थिक भार बढी हुने गरेको छ। तर सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र स्थापना भए व्यवसायीले न्यूनतम भाडामा उद्योग सञ्चालन गर्न पाउने छन्। ‘उद्योग स्थापना गरेर सञ्चालन गर्दा आर्थिक भार निकै कम पर्नेछ,’ उनले भने, ‘साना उद्योगी, व्यवसायीले न्यूनतम भाडामा व्यवसाय सञ्चालन गर्न पाउने छन्।’

सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र कार्यान्वयनका लागि घोराही उपमहानगरपालिकाले स्थानीय तवरमा प्रक्रिया थाल्नेछ। यसका लागि निजी क्षेत्रबाट दाङ जिल्ला उद्योग वाणिज्य संघले समन्वय गर्नेछ। उक्त क्षेत्रमा बसोबास गरेका नागरिकको उचित व्यवस्थापनका लागि स्थानीय सरकारसँग समन्वय गरिने संघका अध्यक्ष बुढाथोकीले बताए। ‘सरकारले औद्योगिक क्षेत्र घोषणा गरेपछि त्यहाँ बसिरहेका स्थानीय उद्योग वाणिज्य संघमै आउनुभएको थियो,’ अध्यक्ष बुढाथोकीले भने, ‘उनीहरूको व्यवस्थापनको काम थाल्नुपर्ने हुन्छ। यसका लागि स्थानीय सरकारसँगै केन्द्रीय सरकारसँग हामीहरूले समन्वयकारी भूमिका निर्वाह गर्नेछौं।’

तर सरकारले केही दिनअघि औद्योगिक क्षेत्र घोषणा गरेकाले यसको कार्यान्वयनको प्रक्रिया थालनी भने भइसकेको छैन। घोषणा गरेको औद्योगिक क्षेत्र कार्यान्वयनका लागि बजेटको व्यवस्थापन पहिलो कार्य भएको भन्दै अहिले नै यसको प्रक्रिया थालनी नहुने अध्यक्ष बुढाथोकी बताउँछन्। ‘सरकारले भर्खर त औद्योगिक क्षेत्र घोषणा गरेको छ, यसको कार्यान्वयनको काम सुरु गर्दा सरकारले बजेट विनियोजन गर्नु पर्‍यो,’ उनले भने, ‘त्यसपछि यसको कामले गति लिनेछ।’
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस