काठमाडौं-जनकपुर स्थायी घर भई हाल काठमाडौं बस्ने पवन श्रेष्ठले डेढ वर्षदेखि प्रिमा कम्पनीको ग्यास पाएका छैनन्। काठमाडौंको अधिकांश ग्यास डिपोमा जाँदा एउटै जवाफ हुन्छ– यो कम्पनीको ग्यास आउन छाडेको दुई वर्ष भइसक्यो।
प्रिमाको ग्यास नपाएपछि श्रेष्ठले गत वैशाखमा उनले नयाँ कम्पनीको सिलिन्डर लिए। प्रिमाको रित्तो सिलिन्डर कोठामा थन्किएको छ। 'न कम्पनीले सिलिन्डरको धरौटी फिर्ता दियो, न ग्यास,' श्रेष्ठले नागरिकसँग गुनासो गरे, 'आफूसँग सिलिन्डर भएको कम्पनीको ग्यास नपाएपछि अर्कोको किन्न बाध्य छौं।'
यो श्रेष्ठको मात्र गुनासो होइन। काठमाडौं बस्ने धेरै परिवारका कोठमा ग्यास नपाइने कम्पनीका सिलिन्डर थन्किएर बसेका छन्। वाणिज्य विभागले हालै गरेको अध्ययनअनुसार काठमाडौंमा ग्यास नपाइने कम्पनीका सिलिन्डर डेढ लाख छ।
सुरुमा बजार बिस्तार गर्ने नाममा धेरै कम्पनीको पहिलो रोजाइ काठमाडौं बन्यो। विस्तारै उद्योग क्षत्रमै ग्यासको माग बढ्न थालेपछि तिनले काठमाडौं पठाउन छाडे। उपभोक्ताले न ग्यास पाए न धरौटी फिर्ता। काठमाडौंमा ग्यास अभावका बेला र बजार विस्तारका नाममा यस्ता उद्योगले उपभोक्ताको कम्तीमा ३० करोड रुपैयाँ ठगेका छन्। उपभोक्ताले एउटा नयाँ सिलिन्डर लिन कम्तीमा २ हजार रुपैयाँ खर्च गर्नुपर्छ।
विभागको अध्ययनअनुसार सहारा, गृहलक्ष्मी, एनएल, नोबेल, मनोज, कोसी, प्रिमा, सुविधा, त्रिशूल ग्यासले चार महिनादेखि काठमाडौंमा ग्यास उपलब्ध गराउन सकेका छैनन्।
'न उद्योगीले ग्यास दिए, न धरौटी राखेको रकम,' विभागका महानिर्देशक शम्भु कोइरालाले नागरिकसँग भने, 'उपभोक्ताको गुनासो र विभागकै अनुसन्धानपछि ग्यास उपलब्ध गराउन नसक्ने कम्पनीलाई धरौटी रकम फिर्ता दिएर सिलिन्डर फिर्ता लैजान निर्देशन दिएका छौं।'
नेपाल आयल निगमको विनियमावलीमा उद्योगले ग्यास उपलब्ध गराउन नसके उपभोक्ताको धरौटी फिर्ता दिनुपर्ने प्रस्ट व्यवस्था छ। तर, उद्योगीले उपभोक्तालाई मर्कामा पारेर करोड रुपैयाँ ठगी गरेको निगम सञ्चालक समितिका एक सदस्यले बताए।
विभागले काठमाडौंको बजारमा ग्यास नल्याउने र सिलिन्डर मात्रै फालेका कम्पनीलाई तत्काल सिलिन्डर उठाएर आफ्नै क्षेत्रमा लैजान निर्देशन दिएको छ। उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सेनाले उद्योग ग्यास सिलिन्डरबापतको रकम फिर्ता दिन तयार नदेखिएको बताए।
'काठमाडौंको बजार छाडेर जान तयार छ तर धरौटी फिर्ता दिन इच्छुक छैनन्। यसो हुँदा उपभोक्ताबाट ठूलो रकम कुम्ल्याएर जानेलाई राज्यले कारबाही गर्न जरुरी छ,' उनले भने, 'उपभोक्ता भुक्याउने उद्योगलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ।'
नोबेल ग्यास उद्योगका सञ्चालक रविभक्त क्षेत्रीले उपभोक्ताले जुन डिपोबाट ग्यास किनेको हो, त्यहीबाट धरौटी लिनुपर्ने बताए। 'हामीले उपभोक्तालाई एउटा पनि सिलिन्डर बिक्री गरेका छैनौं,' उनले नागरिकसँग भने, 'किन्ने बेला डिपोबाट किन्ने अनि धरौटी फिर्ता उद्योगले गर्नुपर्ने?'
विभागका अनुसार सहाराले काठमाडौंको बजारमा ९ महिनादेखि ग्यास ल्याउन सकेको छैन। गृहलक्ष्मीले ३ महिना, मनोजले ४ महिनादेखि बजारमा ग्यास पठाउन सकेको छैन। यस्तै, धेरै कम्पनीले महिनौंदेखि ग्यास ल्याउन सकेका छैनन्। उपभोक्ताले ती कम्पनीको सट्टा नयाँको ग्यास लिनुपर्ने बाध्यता छ। यसले पनि बजारमा झन् अभाव गराएको विभागका अधिकारी बताउँछन्।
काठमाडौंमा ग्यास आपूर्ति नगर्ने उद्योग
ग्यास कम्पनी सिलिन्डर संख्या
सहारा २००००
नोबेल १२०००
मनोज १५०००
एनएल ८०००
कोसी ३०००
प्रिमा १५०००
सुविधा १००००
त्रिशूल २००००
गृहलक्ष्मी ६०००
अन्य ४१०००
जम्मा १५००००
स्रोत : वाणिज्य विभाग/नेपाल आयल निगम