काठमाडौं-गोमा एयरले ६० करोड रुपैयाँमा खरिद गरेको नयाँ जहाज काठमाडौं अवतरण गराएको छ। निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गोमाले चेक गणतन्त्रमा निर्मित जहाज आज अप्रान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको कम्पनीका प्रबन्ध निर्देशक मनोज कार्कीले जानकारी दिए।नयाँ जहाजले एक साताभित्र नियमित उडान गर्ने निर्देशक कार्कीले नागरिकन्युजलाई जानकारी गराए। दुई इन्जिन र १९ सिट क्षमतायुक्त यो जहाजलाई मुलुकका दुर्गम भेगमा उडाउने गोमाको योजना छ। कम्पनीले गत असोज अन्तिम साता पनि यस्तै एउटा जहाज ल्याएर नियमित उडान गरिरहेको छ।
अर्को समाचार
गोमाको नयाँ जहाज आयो
अर्को समाचार
दुई घन्टापछि खुल्यो पोखरा विमानस्थल
पोखरा— गोमा एयरको जहाज धस्सिएपछि अवरुद्ध रहेको पोखरा विमानस्थल दुई घण्टापछि खुलेको छ। जोमसोमबाट पोखरा आएको गोमाको जहाज बिहान सवा ७ बजे सामान्य दुर्घटनामा परी विमानस्थलको घावनमार्गमा धस्सिएको थियो।प्राविधिक र सुरक्षाकर्मीको सहयोगले करिब २ घण्टापछि जहाजलाई तानेर पार्किङस्थलमा पुर्याएपछि विमानस्थल सुचारु भएको हो। जोमसोमबाट १८ जना यात्रु बोकेर आएको ९एन–एकेवाइ कलसाइन भएको जहाजको नोजल ह्विल खुलेपछि गुडिरहेको बेला जमिनमा जोतिन पुगेको विमानस्थलले जनाएको छ। दुर्घटना सामान्य भएका कारण यात्रुलाई केही भएको छैन।
'अवतरण गरेलगत्तै जहाज धावनमार्गमा गुडिरहेको बेला एक्कासि नोजल ह्विल खुलेर पाङग्रा भित्र घुसेपछि जहाज सामान्य दुर्घटनामा परेको हो' विमानस्थल प्रमुख दीपक बरालले भने, 'जहाजलाई सुरक्षित स्थानमा लगेका छौं। बाहिर निस्केको ह्विल लक नभएर धस्सिएको हो।' उनले अवरुद्ध विमानस्थल सुचारु भएको जानकारी दिए। विमानस्थल अवरुद्ध हुँदा जोमसोमबाट पोखरा आउने तयारीमा रहेको जहाज जोमसोममै रोकिएको थियो। त्यस्तै काठमाडौं–पोखरा उडान पनि ढिला भएको थियो।
गोमाले 'एलइटि ४१० यूभिपी–ई २०' मोडलको टर्बाेप्रप जहाज नेपाल भित्रयाएको थियो । त्यहि जहाजबाट एकसाताअघि पोखरा–जोमसोम रुटमा उडान थालेको थियो । गोमाले चेक गणतन्त्रमा निर्मित यस्तै मोडलका २ जहाज ल्याएको छ ।

यो पनि पढौँ
ट्रेन्डिङ