जुम्ला चन्दननाथ नगरपालिका २ की कुञ्जाङ पुटिक लामा जुम्लाको उत्कृष्ट उद्यमी बनेकी छिन्। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले उनलाई जिल्लाकै उत्कृष्ट उद्यमीकारुपमा घोषित गरेको हो। उनले तामाङ झोला तथा राडी पाखी उद्योग सञ्चालनमा ल्याएकी छिन्। कार्यालयले गरेको अध्ययनमा उनको उद्योग जिल्लाकै उत्कृष्ट भएको थियो।
कुञ्जाङलाई एक लाख रुपैयाँ सहित सम्मान पत्रले सम्मान गरेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले जानकारी दिए। उनले भने,‘जिल्लामा धेरै उद्योग दर्ता भएका छन्। अधिकांस उद्योग सञ्चालनमा छैनन। सञ्चालन भएका उद्योग मध्ये कुञ्जाङको उद्योग उत्कृष्ट भएको छ। ’
जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर साकी र उद्याृग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले संयुक्त रुपमा सम्मान पत्र हस्तान्तरण गरेका थिए। पुरस्कार स्वरुप प्रदान गरिएको रकम कुञ्जाङको खातामा जम्मा भइसकेको छ।
उनले झोला,राडीपाखी, गलबन्दी,मोजा,लिउ, कालो कम्मल लगायतका सामाग्री उत्पादन गर्छिन। कुञ्जाङ जिल्ला तथा प्रदेश स्तरमा हुने प्रदर्शनी तथा मेलामा समेत सहभागि हुने गरेकी छन। उनले उत्पादन गरेको सामाग्री देश तथा विदेश सम्म पुगेको छ। पुरस्कारको लागि ६ जनाको आवेदन परेको थियो। जसमध्ये उत्पादनमा गुणस्तरीयता, बजारीकरणमा सुलभता, लगनशिलता, धैर्यता र उत्पादन मुखी उद्यामी भएकोले उत्कृष्ट पुरस्कार जित्न सफल भएको कार्यालय प्रमुख देवकोटा बताउँछन्।
उनले उद्यमी प्रोत्साहन कार्यक्रमको छनौट गर्दा नाताबाद र कृपाबादको अन्त्य गरेर कामका आधारमा वितरण हुनु पर्नेमा जोड दिए। उत्कृष्ट उद्यमी छनौट गर्दा कर्णाली प्रदेश सरकारले बनाएको मापदण्डको पालना गरिएको थियो। उनले भने,‘जुन उद्यमीले राम्रो काम गरेको छ। त्यही उद्यमीको उत्साह बढाउने काम गर्नु कार्यालयको दायित्व हो। यो पटक जुम्लाको उत्कृष्ट उद्यमी कुञ्जाङ बनिन्।'
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीले अनुदानको भरमा चलेको व्यवसाय प्रभावकारी हुन नसकेको बताउँदै उत्पादनमुखि व्यवसायले बजार लिएको बताए। उनले भने,‘अनुदानमा पहुँचवालाको हालीमुहाली छ। साना व्यवसायीले अनुदान पाउने संभावना पनि छैन। त्यही भएर साना व्यवसाय प्रोत्साहन कार्यक्रमलाई प्रभावकारी बनाउनु जरुरी छ। अनिमात्र सरकारी कार्यक्रमले सार्थकता पाउनेछन्।’
उनले कुञ्जाङले सञ्चालन गरेको उद्योग कर्णाली प्रदेशकै उत्कृष्ट भएको बताए। अहिले साना व्यवसायीले इमान्दारपुर्वक सरकारलाई राजश्व तिरिरहेको स्मरण गराउँदै ठूला व्यवसायीले कर छलेको बताए। जिल्लामा अध्ययन गरेर उत्कृष्ट उद्यमी छनौट गर्ने कार्यले हौसला थपिएको छ, उनले भने,‘छनौटमा पारदर्शीता अपनाएकोले कुञ्जाङलाइ न्याय भएको अनुभुति भइरहेको छ।’
उद्योग बाणिज्यसंघ जुम्लाका वरिष्ठ उपाध्यक्ष पुरीचन्द्र देवकोटाले जिल्लामा चार देखि पाँच हजार उद्योग दर्ता भएकोमा सबै ओझेलमा परेको बताए। स्थानीय उद्योगलाई बढवा नदिनु,कागजमा मात्र उद्योग दर्ता गर्नु र बाहिरका बजार संग प्रतिश्पर्धा गर्ने माहोल नहुनुले यहाँका उद्योग विस्थापित हुदै गएको बताए। उनले भने,‘स्थानीय उद्योग पनि राम्रो संग चल्न सकेका छैनन्। सरकारी अनुदान पनि स्थानीय साना उद्योग केन्द्रीत छैन। बजारमा कच्चा पदार्थ सहज रुपमा पाइँदैन। बिजुली बत्तिको व्यवस्थापन गतिलो छैन। तै पनि कुञ्जाङले उद्योग चलाइरहेकी छिन्। उनको यो कार्यको सवैले सम्मान गर्न जरुरी छ।’
उद्यमी कुञ्जाङले कडा मेहनतका साथ उद्योग सञ्चालन गरेको स्मरण गराइन्। उनले सानो लगानीले उद्योग सञ्चालन गरेको भएपनि अहिले लगानी बढ्दै गएको बताइन्। यो पटक उत्कृष्ट उद्यमी भएर पुरस्कृत हुँदा हौसला थपिएको उनको भनाई छ। उनले दुई वर्षदेखि कोरोना महामारीले लकडाउन भएकोले उत्पादित सामाग्री बजारमा लैजान नसकेको दुखेसो पोखिन्। कुञ्जाङले २०६४ साल देखि उद्योग सञ्चालन गरेकी हुन्।