जुम्लाको तिला गाउँपालिका २ की मायादेवी रोकाया खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लामा चामल लिन गइन्। उनी कार्यालयमा पुगेको केही छिनमै चामल पाएर फर्किन्। लामो लाइनमा बस्नु पर्ने बाध्यता सहन गरिसकेकी मायादेवी छिटो चामल पाउँदा चकित भइन्। उनले भनिन्,‘समय त बदलिएछ। पहिले लामो पैदल हिँडेर चामल किन्न आउँदा दिनभर लाइनमा बस्नु परिरहेको हुन्थ्यो। नेता संग भेटेर कुपन माग्नु पर्ने हुन्थ्यो। तैपनि भने बमोजिमको चामल पाइन्थेन। अहिले न त कुनै कुपन चाहियो। नत कुनै नेताको सिफारिस नै। बरु आफूले चाहेजतिको चामल लिन पाइदोरहेछ। म निकै खुसी छु। ’
चन्दननाथ ९ तलिउमकी कमला शाही पनि चामल लिनको लागि व्यापार कम्पनीको कार्यालयमै पुगिन्। उनले न लाइनमा बस्नुपर्यो नत कसैको भनसुन गरेर चामल लिनुपर्यो। सहजैरुपमा भनेको समयमा चामल पाइयो। उनी समयमै घर फर्किन। उनले भनिन्,‘पहिले चुनाव आउँदा खाद्य व्यवस्था कार्यालयमा नेता भेटिन्थे। नेताका नजिककाले मात्र चामल पाउँथे। अहिले नेता भेटिन छाडेछन। यो समग्र जुम्लाबासीको लागि सुखद सन्देश हो।’
जसले पहुँचवालाको मात्र विगविगी हुने र नेता नहुने रित्तै फर्कने अवस्थाको अन्त्य भएछ। कर्णाली राजमार्ग सञ्चालनमा आउनुअघि जुम्लामा चामलको राजनीति निकै चर्को थयो। जसले चामलको लागि साथ दियो। संभवत उनै नेताले चुनाव जित्थे। पछिल्लो समय चामलको राजनीतिबाट जुम्ला मुक्त भइसकेकाे छ। खाद्य व्यवस्था कार्यालयका प्रमुख तिलक सुनार अहिले सेवाग्राहीले चाहे अनुसारको चामल लिन पाउने गरेको बताए। उनले भने,‘पहिले चामल छैन भनेर फर्काउनु पर्ने अवस्था हुन्थ्यो। अहिले चामल लैजानुस भनेर विज्ञापन गर्नुपर्ने बेला आएको छ।’ पछिल्लो एक दशक जुम्लाबासीले चामल पाउनकै लागि नेता र प्रशासकको घरदैलो चहार्नुपरेको छैन। जुम्लामा नेपालगञ्जको राजापुर र सुर्खेतबाट चामल आउँछ। जुम्लाको लागि खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले वार्षिक ६ हजार क्विन्टल चामल कोटा तोकेको छ। यो कोटा प्रयाप्त होइन।
कार्यालय प्रमुख सुनारले भने,‘यो कोटामा तीन हजार क्विन्टल चामलको कोटा थपिनु पर्ने हो। तर सहज ढुवानी गर्ने वातारण भएकोले कोटा अनुसारको चामल सकिँदा मगाउने गरिएको छ। यहाँको माग अनुसारको चामल एक दुइदिन भित्र आइपुग्छ। ’अहिले खाद्य व्यवस्था कार्यालयका कर्मचारीले कार्यालय व्यवस्थापनमा चुनौती भएपनि चामल वितरणमा कसैको प्रभाव र दवाब नआउने गरेको बताए। उनले भने,‘कार्यालयबाट सेवाग्राहीले चामल सहजैरुपमा लिएका छन्। चामल लिनकै लागि पावर र पहुँच बढाउनु परेको छैन। हामी कर्मचारीलाई समेत तनाव छैन।’
चालु आर्थिक वर्षको ६ हजार क्विन्टल चामल मध्ये ५ हजार ७ सय ९५ क्वीन्टल १० केजी चामल जुम्ला पुगिसकेको छ। २ सय ४ क्विन्टल चामल आउने क्रममा छ। कार्यालयको गोदाममा ३ हजार ३ सय ३८ क्वीन्टल ६५ केजी चामल मौज्दात छ। दैनिक ३५ क्विन्टल चामल विक्री हुन्छ। सेवाग्राहीले प्रतिव्यक्ति न्युनतम ३० केजी चामल लैजाने गरेका छन्। आवश्यकता अनुसार चामल थपेर पनि लिने गरेको पाइएको छ। यहाँ स्टिम जिरा मसिना,मध्यम,मोटा,सोना मन्सुली,मकवानपुर र वास्मति चामल बिक्री भइरहेको छ।
स्टिम मसिना चामल प्रति क्विन्टल ६ हजार ६ सय रुपैयाँमा बिक्री भइरहेको छ। मध्यम ५ हजार रुपैयाँ,मकवानपुर ४ हजार ८ सय रुपैयाँ,सोना मन्सुली ५ हजार १ सय ३० रुपैयाँ र वास्मती चामल ११ हजार पाँच सय रुपैयाँ प्रति क्विन्टलमा बिक्री भइरहेको छ। सबैभन्दा बढी स्टिम जिरा मसिना र मध्यम स्तरको चामल बिक्री भइरहेको छ।
अहिले चामल ढुवानी गर्न सहज भएकोले खाद्यन्नको अभाव अनुभुति हुन सकेको छैन। जुम्ला हुँदै डोल्पाको लागि पनि चामल ढुवानी भइरहेको छ। डोल्पाको सर्मि डिपोमा ९ सय र काइगाउँ डिपोमा ५ सय क्विन्टल चामल जुम्ला कार्यालयदेखि जाने गरेको छ। काइगाउँका लागि कोटा अनुसार चामल गइसकेको छ। तर सर्मि डिपोमा चामल जान सकेको छैन। भौगोलिक विकट्ता र भारी हिमपातका कारण ढुवानी साधन ओहोरदोहोर गर्न नसक्दा जुम्लामै चामल थन्किएको छ।
डोल्पाको लागि खच्चड र ट्याक्टरबाट चामल ढुवानी हुन्छ। चामलको अभाव छैन। तर कर्मचारी अभावले समस्या भइरहेको छ। कार्यालय प्रमुख सुनारले भने,‘दरबन्दी ४ जनाको छ। कार्यालय प्रमुख र लेखापाल मात्र कार्यरत छन्। दुइ जना स्टोरका कर्मचारी आउन सकेका छैनन्।’ नजिकैको बजार संग प्रतिश्पर्धा गर्नको लागि बजेट अभाव छ। खाद्य व्यवस्था कार्यालयमा आउने चामलको प्रचारप्रसार हुन सकेको छैन। त्यही भएर सोचे अनुसार बिक्री हुन सकेको छैन। अहिले नियमितरुपमा चामल लिन आउने र सस्तो चामलका लागि मात्र खाद्य व्यवस्था कार्यालयमा आउने चलन छ।
जुम्लाको जुम्लाकोट डिपोको चामल कुडारी र तातोपानीमा राखेर बिक्री भइरहेको छ। सिँजा क्षेत्रको धापाबाट पनि खाद्य व्यवस्था कार्यालयको चामल बिक्री भइरहेको छ। ती डिपोहरुमा मंगलबार र बुधबार चामल बिक्री गरिदै आएको छ। नजिकैको बजारमा उद्यारो चामल किनबेच हुने भएकोले सेवाग्राही आउन सकेको अवस्था छैन। कार्यालय प्रमुख सुनारले खाद्य व्यवस्था कार्यालयबाट निकट भविष्यमै दाल र तेल बिक्रि गर्ने तयारी भइरहेको बताए। उनले भने,‘दाल र तेल बेच्नको लागि संरचना निर्माण हुन सकेको छैन। बजेट आउने वित्तिकै संरचना निर्माण गरेर सस्तो मूल्यमा दाल र तेल बेच्ने कामको सुरुवात हुनेछ।’
खाद्य व्यवस्था कार्यालय जुम्लाले सरकारले जन्म र मृत्युमा दिने चामल पनि प्रभावकारी बनेको जनाएको छ। यो वर्षको फागुन महिना १६ गतेसम्म ३ सय ८४ जनाले जन्मको चामल लिएका छन्। ४३ जनाले मृत्यु वापत्त पाउने चामल लिएका छन। उनीहरुले प्रतिव्यक्ति २० केजी चामल पाउँछन्। अहिले खाद्य व्यवस्था कार्यालयबाट सबैभन्दा बढि पातारासी गाउँपालिकाले चामल लिने गरेको छ। सबैभन्दा कम हिमा र कनकासुन्दरी गाउँपालिकाले लिने गरेका छन्। कोरोना महामारीको समयमा समेत जुम्लामा खाद्यन्न अभाव भएन। तर कार्यालयबाट चामल लिएर स्टक गर्ने क्रम बढेको थियो।
जुनसुकै महामारीमा चामल अभाव भएको छैन। तर, केही भिडभाड हुने गरेको छ। अघिल्लो वर्षको अल्या चामल २ हजार ७ सय क्विन्टल र यो वर्षको गरेर ५ हजार क्विन्टल ५१ केजी चामल बिक्री भएको तथ्यांक खाद्य व्यवस्था कार्यालयमा छ।