युवा तथा साना व्यवसायी स्वरोजगार कोषद्वारा १३ वर्षमा ११ अर्ब लगानी
१९ फागुन २०७८
•
२ मिनेट पाठ
युवा तथा साना व्यवसायी स्वरोजगार कोषद्वारा १३ वर्षमा ११ अर्ब लगानी
युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १३ वर्षको अवधिमा ११ अर्ब ९ करोड ४७ लाख ३५ हजार रुपैयाँ लगानी गरेको छ। कोषले स्थापना कालदेखि २०७८ को पौषसम्ममा कुल १३ हजार ७ सय ६५ जनालाई ११ अर्ब ९ करोड ४७ लाख ३५ हजार रुपैयाँ लगानी गरेको हो।




शुक्रबार कोषको १३ औं वार्षिकोत्सव कार्यक्रमको अवरसमा आयोजित पत्रकार सम्मलेनमा कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले हालसम्म विपन्न वर्ग कर्जामा कुल ३ अर्ब ८२ करोड २ लाख ८३ हजार २ सय ६६ रुपैयाँ लगानी भएको जानकारी दिए।

उनले कोषले १ हजार ९ सय ६८ सहकारी तथा २६ बैङ्क तथा वित्तीय संस्थामार्फत् लगानी गरी ८३  हजार ४ सय ९ जना स्वरोजगार सृजना गरेको पनि जानकारी दिए। यस्तै, ४२ हजार ५ सय ६३ जनालाई अभिमुखिकरण तालीम दिएको, ५ हजार ८० जनालाई अनुशिक्षण तालिन दिएका पनि जानकारी दिए।

यसका साथै, १३ हजार ७ सय ६५ जनालाई ब्याज अनुदान वितरण गरेकामा १५ करोड ३३ लाख ५ हजार ४९ रुपैयाँ व्याज अनुदान भुत्तानी भएको पनि बताए। नियमित रूपमा सावाँ ब्याज भुक्तानी गर्ने व्यवसायीलाई ६० प्रतिशत ब्याज अनुदान प्रदान गर्ने व्यवस्था रहेको छ।

कोषका कार्यकारी निर्देशक अधिकारीले ३८ हजार १ सय ३९ जनालाई वितरण गरिएको कर्जा व्यवस्थापन शुल्कबाट एक करोड ९० लाख ६९ हजार ५ सय रुपैयाँ भुक्तानी भएको र १ हजार ६१ जनालाई ६ करोड २४ लाख ४८ हजार ५ सय ४५ रुपैयाँ बीमा क्षतिपूर्ति उपलब्ध गराएको पनि जानकारी दिए।

कार्यक्रममा कोषका कार्यकारी उपाध्यक्ष डा. देवराज रोका (कल्याण) ले सरकारका विभिन्न निकायले प्रदान गर्दै आएको यस्ता कोषलाई युवा तथा साना व्यवसायी स्वरोजगार कोषको छातामुनी राखेर कर्जा उपलब्ध गराउन आवश्यक रहेको बताए।

उनले कोषका साथै बैंक तथा वित्तिय संस्था, सरकारका अन्य कोष, प्रदेश र स्थानीय सरकारबाट पनि स्वरोजगार क्षेत्रमा काम भएपनि कर्जा र ब्याजदरको सीमामा एकरुपता नभएको बताए। उनले कर्जा र ब्याजदरको सीमामा एकरुपता गर्न पनि अनुदानलाई बन्द गरेर युवा तथा साना व्यवसायी स्वरोजगार काषको माध्यमबाट यस्तो कर्जा वितरण गर्ने व्यवस्था गर्नुपर्ने बताए।

बेरोजगार युवाहरुलाई स्वरोजगारका अवसर सृजना गर्ने भन्दै २०६५ सालमा स्थापना कोषले पुँजीको अभावमा आफ्नो सीप, ज्ञान र प्रतिभा उपयोग गर्न नपाएका बेरोजगार १८ देखि ६० वर्ष उमेरका युवा तथा साना व्यवसायीहरुलाई बिनाधितो ऋण उपलब्ध गराउँदै आएको छ।
अर्को समाचार
१५ वर्षमा कोषमार्फत ९५ हजार बढी स्वरोजगार
१९ फागुन २०७९
•
१ मिनेट पाठ
१५ वर्षमा कोषमार्फत ९५ हजार बढी स्वरोजगार
युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत हालसम्म ९५ हजार जना बढी स्वरोजगार भएका छन्। विशेषगरि आर्थिक रूपमा विपन्न १८ वर्षदेखि ६० वर्ष उमेर समूहका वेरोजगार, युवा तथा साना व्यवसायीलाई बिनाधितो सुलभ व्याजदरमा व्यवसायिक कर्जा प्रवाह गर्दै आएको कोषले हालसम्म ९५ हजार १६१ जनाको संख्यामा स्वरोजगार सिर्जना गरेको हो।




कोषले विनाधितो स्वरोगार कर्जा लगानी, सहुलियत व्याजदरमा कर्जा लगानी, व्यवसायी तथा व्यवसायीको परियोजनाको निःशुल्क बीमा तथा असल कर्जाग्राहीको ब्याजमा ६० प्रतिशत अनुदान लगायतका सेवाहरू दिँदै आएको छ।

हालसम्म लक्षित वर्गलाई १२ अर्व ९३ करोड ११ लाख ८५ हजार रूपैयाँ लगानी गरिसकेको कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले जानकारी दिए। कोषले स्थापनाको १४ वर्षको अवधीमा ४२ हजार बढी युवा तथा साना व्यवासायीलाई अभिमुखिकरण तालिम, करिव साढे ८ हजार जनालाई सिपमुलक तालिम, विभिन्न संस्थाका ६ हजार जनालाई अनुशिक्षण तालिम दिएको छ।

कोषले आर्थिक रूपले विपन्न महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारु, सीमान्तकृत, लोपोन्मुख, अल्पसंख्यक, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, द्वन्द्व पीडित तथा पिछडिएको क्षेत्रका व्यक्ति वा समुदाय, गरिब किसान, मजदुर, सुकुम्बासी वा साना व्यवसायी एवं युवाहरू तथा परम्परागत सीप भएका जात जातिहरूलाई व्यवसायिक खेती, पशुपंक्षीपालन, कृषिजन्य उद्योग एवं सेवामुलक स्वरोजगार कार्यक्रम लगायतका क्षेत्रमा काम गरिरहेको पनि जनाएको छ। २०६५ फागुन १९ गतेबाट कोषको औपचारिक सुरुवात भएको हो। 
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस