काठमाडौं-अनभिज्ञताका कारण विकसित राष्ट्रले उपलब्ध गराउँदै आएको सामान्यीकृत ग्राह्यता प्रणाली (जिएसपी) सुविधा नेपाली निर्यातकर्ताले लिन सकेका छैनन्। उद्योगीले प्रक्रिया राम्रोसँग नबुझेकाले यसबाट बञ्चित भएको सरकारी अधिकारीको भनाइ छ। नेपाललाई अमेरिका, युरोपेली संघ, क्यानडालगायत ११ देशले उपलब्ध गराएको जिएसपी सुविधा लिन नसकेको वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारी बताउँछन्।लाभग्राही निकासीकर्ता नै यसबारे सुविधाबारे अनभिज्ञ हुँदा यो अर्थहीन जस्तै बनेको छ। जिएसपी सुविधा दिएका मुलुकतर्फको निकासी तुलनात्मक रुपले बढेको देखिन्छ। तर, जुन अनुपातमा बढ्नु पर्ने हो, त्यो नभएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक ईश्वरीप्रसाद घिमिरे बताउँछन्।
‘चालु आर्थिक वर्षको पछिल्लो ८ महिनासम्मको तथ्यांकले समग्र निकासी पोहोरको तुलनामा घटेको देखाउँछ,' उनले भने, ‘जिएसपी सुविधा दिएका मुलुकतर्फकै निकासी पनि सन्तोषजनक छैन।' क्यानडा, कोरिया, अस्ट्रेलिया, जापान, नर्वे र रुसले जिएसपी शीर्षकमै नेपाललाई त्यस्तोे सुविधा दिएका छन्।
नेपाल उद्योग परिसंघ (सिएनआई) का वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्मा राज्यले उद्योगमैत्री वातावरण नबनाएसम्म उत्पादन वृद्धि नहुने र निकासी पनि नबढ्ने बताउँछन्। ‘उत्पादनै हुँदैन के निर्यात गर्नु,' उनले नागरिकसँगको कुराकानीमा भने, ‘निर्यात गर्नलाई पहिले सामान चाहिन्छ।'
जिएसपी सुविधा दिने देशले सम्भावनै नभएका वस्तुमा मात्र दिएको उनको गुनासो छ। ‘तुलनात्मक लाभका वस्तुमा यस्तो सुविधा दिए निर्यात गर्न कुनै समस्या छैन,' उनले भने, ‘उनीहरुका उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेरै निर्यात घटेको हो।'
युरोपेली संघका सदस्य र टर्कीले ‘सबैथोक तर हतियारबाहेक' कार्यक्रमअन्तर्गत सन् २००१ देखि नेपाललाई ग्राह्यतापूर्ण बजार पहुँच सुविधा दिइरहेका छन्। उक्त कार्यक्रमअन्तर्गत संघका केही सदस्यले नेपालबाट अप्रशोधित चिनी लैजान थालेका थिए। सरकाले एकाधिकारसहित एजेन्टमा नेसनल ट्रेडिङ लिमिटेडलाई नियुक्त गरेपछि उद्योगीसँगको विवाद र क्रमशः गिर्दै गएको उसको आर्थिक क्षमताले सुविधा उपयोग गर्नुको सट्टा प्राप्त कोटासमेत खारेज भइसकेको छ।
संयुक्त राज्य अमेरिकाले सन् २०१३ को जुलाईदेखि नेपाली वस्तुमा जिएसपी सुविधा दिएको छैन। आवधिक कानुनी व्यवस्थाबाट नेपालजस्ता अतिकम विकसित मुलुकलाई सुविधा दिइएकाले सन् २०१३ को जुलाइदेखि सो सुविधा हटाएको हो। अमेरिकाले पुनः जिएसपीसम्बन्धी नयाँ कानुनी व्यवस्था ल्याउन लागे पनि २ वर्ष बित्न लागिसकेको छ।
विश्व व्यापार संगठन (डब्लुटिओ) को प्रावधानअनुसार अतिकम विकसित मुलुकहरूलाई विकसितले भन्सार सहुलियतको सुविधा दिनुपर्ने हुन्छ। त्यस्तो सुविधा उपलब्ध गराउने कि नगराउने भन्ने निर्णय सम्बन्धित देशले गर्ने हो।
केही समयअघि अमेरिकाले तयारी पोसाक, टेक्सटाइल र पस्मिनाअन्तर्गत थप १ सय वस्तुमा जिएसपी सुविधा दिने बताएको थियो। बढी लगानी रहेका, मूल्य अभिवृद्धि बढी हुने र रोजगारी सिर्जना गर्ने क्षेत्र पहिचान गरी जिएसपी माग गरिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
अमेरिकाले कमविकसित मुलकमा उत्पादित ५ हजार वस्तुलाई जिएसपी सुविधा दिएको छ। सुविधा पाउने नेपाली वस्तुमध्ये हस्तकला, हस्तनिर्मित गलैँचा र जडीबुटी अमेरिकामा निकासी सम्भावना बढी भएका वस्तु हुन्। कुल निकासीमा अहिले यी वस्तुको योगदान ५ प्रतिशत मात्रै छ।
नेपालले साविकका वस्तुको जिएसपी सुविधा जारी राख्न, दायरा फराकिलो बनाउन र थप वस्तुमा शून्य भन्सार सुविधा दिन प्रस्ताव गरेको मन्त्रालयका सहसचिव जीवराज कोइरालाले बताए।
शून्य भन्सार सुविधा पाए नेपाली वस्तुको प्रतिस्पर्धी क्षमता बढ्ने उनको भनाइ छ। अमेरिकाले अनलाइनमार्फत अतिकम विकसित मुलुकलाई जिएसपी सुविधा माग्दै प्रस्ताव पठाउन आह्वान गरिसकेको छ। उसले कुन वस्तुमा शून्य भन्सार आवश्यक छ त्यो पनि प्रस्ताव गर्न भनेको छ। मन्त्रालयका अनुसार जडीबुटी, पस्मिना, तयारी पोसाक, गलैँचा, कृषिजन्य वस्तु (चिया, कफी र आलु), नेपाली कागज र गरगहनालगायतमा सुविधा दिन अमेरिकासँग प्रस्ताव गर्ने गरी अध्ययन सुरु गरिएको छ।