काठमाडौं-मुलुकमा व्यावसायिक रुपमा कुखुरापालन वृद्धि हुन थालेपछि केन्द्रीय तथ्यांक विभागले ‘व्यवसायी कुखुरापालन सर्वेक्षण' गरिरहेको छ। पहिलो पटक भइरहेको यो सर्वेक्षण ६८ जिल्लामा सञ्चालन भइरहेको छ। सर्वेक्षणबाट कुखुरापालनको यथार्थ विवरण आउने विभागको अनुमान छ।‘तत्काल ६८ जिल्लामा व्यवसायी कुखुरापालन सर्वेक्षण भइरहेको छ,' विभागको कृषि तथा पशुपक्षी गणना सर्वेक्षण शाखाका निर्देशक बद्रीकुमार कार्कीले भने, ‘यसले देशभर रहेको कुखुरापालन सम्वन्धी यथार्थ जानकारी आउने छ।' सर्वेक्षणमा व्यावसायिक रुपमा कुखुरापालन नभएका मुगु, हुम्ला, जाजरकोट लगायत सात जिल्ला भने परेका छैनन्। वार्षिक ५ सयभन्दा बढी कुखुरापालन गर्ने व्यवसायीलाई यस सर्वेक्षणमा समावेस गरिएको छ।
यसै आर्थिक वर्षभित्र सम्पूर्ण प्रतिवेदन आउने गरी सर्वेक्षण भइरहेको छ। बन्द, हडताल र अन्य कुनै समस्या आएन भने यसै आर्थिक वर्ष प्रतिवेदन सार्वजनिक गर्ने लक्ष्य राखिएको कार्कीले बताए। यसको लागि ३३ तथ्यांक कार्यलयबाट प्रतिनिधि खटिएका छन्।
सर्वेक्षणको पहिलो चरणको सूचीकरण गर्ने काम पूरा भइसकेको छ। तथ्यांक विभागका ३३ कार्यलयबाट ६८ जिल्लामा कुखुरापालन व्यवसायी कति छन् भनेर गणना गरिएको थियो। कार्कीका अनुसार प्रारम्भिक चरणको तथ्यांकअनुसार ६८ जिल्लामा झन्डै २२ हजार व्यावसायिक कुखुरापालक रहेको तथ्यांक आएको छ। चार महिना लगाएर देशभरका व्यवसायीको ‘लिस्टिङ' गरिएको थियो।
यसमध्ये सबैभन्दा धेरै चितवनमा कुखुरा व्यवसायी रहेको पाइयो। त्यसपछि दाङ, धादिङ, काभ्रेमा धेरै रहेको र सबैभन्दा कम दार्चुलामा रहेको प्रारम्भिक चरणको तथ्यांकले देखाएको छ। सबैभन्दा धेरै व्यवसायी भएको जिल्लामा साढे ३ सयहाराहारीमा व्यावसायिक कुखुरापालक किसान छन्।
यस सर्वेक्षणमा कुखुरा व्यवसायी महासंघले पनि सघाएको छ। सरकार र महासंघले यस सर्वेक्षणलाई प्रभावकारी बनाउने विभिन्न प्रचारात्मक कार्यक्रम पनि गरिरहेका छन्। गत फागुन २० देखि सुरु भएको सर्वेक्षण वैशाख १५ सम्म सक्ने योजना छ।
देशमा व्यावसायिक कुखुरापालन बढ्दै गएकाले यसको हालको यथार्थ अवस्था पत्ता लगाउन सर्वेक्षण गरिएको लागिएको कार्कीले बताए। जनगणनाका बेला हुने कृषि गणनामा कुखुरापालन व्यवसाय नसमेटिएका कारण अहिले सर्वेक्षण सञ्चालन भइरहेको उनले बताए।
त्यसैगरी हालसम्म सरकारी निकायबाट यसको कुनै अध्ययन, सर्वेक्षण र गणना गरिएको थिएन। बर्डफ्लु जस्ता ठूल्ठुला रोग लाग्दा कति कुखुरापालक व्यवसायी छन्, कतिलाई कस्तो किसिमको सुरक्षा चाहिने हो भन्ने तथ्यांकसमेत सरकारसँग थिएन।
सर्वेक्षणपछि सरकार वा निजी क्षेत्रलाई योजना बनाउन सजिलो हुने कार्कीले बताए। कुन जिल्लामा कति व्यवसायी छन्, कहाँ सम्भावना र समस्या छन् भन्ने यथार्थ जानकारी आएपछि सरकारलाई योजना, कार्यक्रम बनाउन र व्यवसायीलाई लगानी गर्न सजिलो हुने विश्वास विभागले लिएको छ।
६८ जिल्लाका २२ हजार व्यवसायीबाट ५ हजार २ सयजना छानेर सर्वेक्षण गर्न लागिएको छ। ‘हामीले ५२ सय किसान छानिसकेका छौं,' कार्कीले भने, ‘किसानको संख्याअनुसार प्रत्येक जिल्लाबाट स्याम्प्लिङ लिएका छौं।' यस सर्वेक्षणले देशभरमा कति छन्? भौतिक अवस्था कस्तो छ? समस्या के–के छन्? व्यावसायिक सफलता कस्तो छ जस्ता विवरण आनेछ।'
स्याम्पल लिएका प्रत्येक किसानको फर्ममा गएर भरिने विवरणबाट महिला–पुरुषको सहभागिता कति छ, व्यावसायिक दर्ता भएका छन् कि छैनन्, मासु, अन्डा, चल्ला मुख्य उत्पादन के हो, किसान तालिम प्राप्त छ कि छैनन् जस्ता विवारण पनि आउने छ।
त्यसैगरी सर्वेक्षणले लगानी कति भएको छ, ऋण कहाँबाट लिइएको छ?, आयात कति छ?, निर्यात कति छ?, कस्ता प्रकारका कुखुराको व्यवसाय भइरहेको छ?, कुखुरामा लाग्ने रोग के–के हुन?, खर्च कति छ?, वातावरणीय हिसाबले कति ध्यान दिइएको छ?, सुलीलाई कसरी पुनः प्रयोग गरिएको छ लगायत तथ्यांक पनि सर्वेक्षणले बाहिर ल्याउने छ। त्यस्तै व्यवसायीलाई कुखरापाल व्यवसाय सञ्चालन गर्न सकारबाट के अपेक्षा गरिएको छ, कसरी सञ्चालन गर्दा राम्रो हुन्छ भनेर प्रश्न सोधिएको छ।