बेनी नगरपालिका–१, रत्नेचौरमा हुन लागेको धार्मिक महोत्सवको तयारीलाई तीव्र पारिएको छ। धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना रहेका रत्नेचौरस्थित पदम वैदिक सनातन धार्मिक आश्रममा अवस्थित श्रीलक्ष्मी हरि मन्दिरमा फागुन २३ देखि ३० गतेसम्म ‘रत्नेचौर धार्मिक महोत्सव–२०७८’ आयोजना गरिएको हो।
लक्ष्मीहरि भगवानको २५ औं रजत जयन्ती तथा संस्थापकचार्य जगतगुरु अनन्त श्री विभूषित श्रीपराशंकराचार्य यतिराज जियर स्वामीजी महाराजको नाक्षत्र शताब्दीको अवसरमा धार्मिक महोत्सवका रूपमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको मन्दिरका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक नेत्रबहादुर महतले जानकारी दिए।
शनिबार आयोजित पत्रकार सम्मेलनमा मूल संयोजक महतले महोत्सवको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल (नेपाली)ले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। ‘सांस्कृतिक झाँकीसहित हेलिकोप्टरमार्फत पुष्पवृष्टि गरिनेछ, धार्मिक गन्तव्य बनाउने अभियानमा समुदायको साथ छ,’ संयोजक महतले भने।
पर्यटन, खेलकुद तथा धार्मिक क्षेत्रका लागि सम्भावना रहेको रत्नेचौरको थप सम्भावनाको उजागर तथा प्रचारप्रसार र लक्ष्मीहरि मन्दिरको चौतर्फी विकासका लागि महोत्सव कोशेढुंगा सावित हुने वडाध्यक्ष एवं मूल आयोजक समितिका वरिष्ठ उपाध्यक्ष टेकबहादुर रावलले बताए।