काठमाडौं-दुई वर्षसम्म नेपाल खाद्य संस्थानको गोदाममा थन्किएको ‘ड्यामेज्ड' चामलको बिमा रकम आएको छ। जापानी बिमा कम्पनीले चामल बिग्रेको क्षतिपूर्तिस्वरुप १ करोड ८२ लाख रुपैयाँ (२ करोड २३ लाख येन) दिएको हो।‘दाबीमध्ये १ करोड ८२ लाख रुपैयाँ प्राप्त भएको छ,' संस्थानका नायब महाप्रबन्धक नवराज उपाध्यायले भने, ‘अब यस सम्बन्धमा सञ्चालक समितिबाट अरु प्रक्रिया सुरु हुन्छ।'
संस्थानले दुई वर्षअघि जापान सरकारबाट प्राप्त ६ हजार २ सय क्विन्टल चामल ड्यामेज भएको भन्दै गोदाममा थन्काइराखेको छ। तत्कालीन संस्थान सञ्चालक समितिले उक्त चामल खानयोग्य नभएकाले गाड्नुपर्ने निर्णयसहित झन्डै साढे ३ करोड रुपैयाँ बिमा दाबी गरेको थियो।
साढे तीन करोड बिमा दाबी गरिए पनि कम्पनीले सबै बिमा लिन चामल फिर्ता चाहिने भनेपछि गाड्ने प्रक्रिया रोकिएको थियो। नियमअनुसार चामल फिर्ता दिन नमिल्ने भन्दै संस्थानले बिमा कम्पनीले जति दिन्छ लिने निर्णय गरेको थियो। बिमा कम्पनीले क्षतिपूर्तिस्वरुप रकम पठाउँदै अब यस विषयको ‘फाइल क्लोज' भएको चिठी पठाएको उपाध्यायले बताए।
अब ड्यामेज भएको र नभएको चामल छुट्ट्याइने उनले बताए। ‘चामल के कति बिग्रिएको छ, कस्तो अवस्थामा छ, अहिले भन्न सकिँदैन,' उपाध्यायले भने, ‘चामल हेरेर कस्तो डम्पिङ गर्ने र कस्तो प्रयोग गर्ने भन्ने निर्णय हुन्छ।'
उनका अनुसार संस्थानले प्रयोग गर्ने नहुने चामल गाड्ने छ। बाँकी गाईबस्तु, माछाको आहार वा अन्य कुनै तरिकाबाट प्रयोग गरिने छ।
२०१२ डिसेम्बरमा जापान सरकारले दिएको एक लाख ९० हजार क्विन्टल चामलमध्ये ६ हजार २ सय क्विन्टल पानीले भिजेको, पोखिएको, घटेको र ड्यामेज भएको भन्दै सञ्चालक समितिले गाड्ने निर्णय गरेको थियो। समितिको निर्णयलाई त्रुटिपूर्ण भन्दै संस्थानका कर्मचारीले विरोध र बिमा कम्पनीले सबै रकम दिन अस्वीकार गरेको थियो।
पछि क्षतिपूर्तिस्वरुप करिब ३ करोड ६० लाख रुपैयाँ बिमा दाबी गर्ने निर्णयसहित बिमा कम्पनीलाई पत्राचार गरिएको थियो।
दाबीपछि जापानी बिमा कम्पनीले भारतीय ग्लाडस्टोन सर्भेयरलाई अनुगमन गर्न खटाएको थियो। सर्वेयरले पनि चामल ड्यामेज भएको निर्णय दिएको थियो।
उक्त निर्णयपछि बिमा कम्पनीले २ करोड ४० लाख रुपैयाँ क्षतिपूर्ति दिन सक्ने निर्णय दियो। दाबी गरिएको पूरै दिनुपर्ने भए बिग्रेको चामल फिर्ता दिनुपर्ने सर्त उसको थियो।
संस्थान कर्मचारीका अनुसार प्रत्येक बोरामा ५ प्रतिशतमात्र बिग्रिएको थियो। तत्कालीन सञ्चालक समितिले समयमा निर्णय गर्न नसक्दा चामल झन् बिग्रिएको छ। उक्त चामल अहिले ३०–३५ प्रतिशत बिग्रिसकेको हुन सक्ने एक कर्मचारीले बताए। चामल काठमाडौं, नेपालगन्ज, सुर्खेत र वीरगन्जमा राखिएको छ।