काठमाडौं, मंसिर २७ (नागरिक)- विश्वका अन्य मुद्राको तुलनामा अमेरिकी डलर केही बलियो भएपछि नेपालमा डलरको मूल्य केही माथि पुगेको छ। डलरको मूल्य महँगिदा यो साता स्थानीय बजारमा सुनको भाउ समेत घट्यो।
अघिल्लो साता लागतार सुनको भाउ माथि चढेको थियो। यो साताभर सुनको भाउ लगातार तलतिर ओर्लियो। शुक्रबार प्रतिदशग्राम सुनको स्थानीय बजारमा २७ हजार ५ सय ६५ रुपैयाँमा कारोबार भयो। अन्तर्राष्ट्रिय बजारलाई अनुसरण गर्दै स्थानीय बजारमा यसको मूल्य घटेर कारोबार भएको हो।
नेपाल सुन चाँदी व्यवसायी संघले अमेरिकी बजारको मूल्य अनुसार आइतबार प्रति दशग्राम सुनको स्थानीय मूल्य २८ हजार २ सय ९५ रुपैयाँ तोकेको थियो। साताको सुरुको यो कारोबारभन्दा शुक्रबारको कारोबार प्रति दशग्राम ७ सय ३० रुपैयाँ सस्तो हो।
आइतबारको तुलनामा सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अझ तल झर्यो। स्थानीय बजारमा यो दिन अघिल्लो दिनको तुलनामा २ सय रुपैयाँ सस्तोमा सुनको कारोबार भयो। सुनको मूल्य सस्तिनेक्रम यसपछिका दिनमा पनि कायम रह्यो। बुधबार सुनको प्रति दशग्राम मूल्य सोमबारभन्दा ३ सय ६० रुपैयाँ घट्यो। बिहीबार यो मूल्य थप ३ सय रुपैयाँ घट्यो। यो दिन दशग्राम सुनको मूल्य २७ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भयो। साताको अन्तिम दिन भने सुनको मूल्य केही सुधार भयो। त्यस दिन दशग्राम सुनको मूल्य १ सय ५० रुपैयाँले बढेर कारोबार भयो।
अघिल्लो साता अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सबैभन्दा महँगो स्थानमा पुगेको थियो। त्यतिखेर सुनको प्रति औंस मूल्य १ हजार २ सय २६ डलरसम्म पुगेको थियो। यो मूल्य अनुसार स्थानीय बजारमा भाउ निर्धारण हुँदा प्रति तोला सुनको मूल्य २४ हजार ४ सय ५० रुपैयाँ पुगेको थियो। यो मूल्य अहिलेसम्म कारोबार भएको सुनको सबैभन्दा उच्चमूल्य हो।
अघिल्लो महिनादेखि नै सुनको भाउ बढ्न सुरु भएको विश्व बजारमा भारतले एकै खेपमा २ सय मेटि्रक टन सुन किनेपछि मूल्य माथि चढ्नेक्रम तीब्र भएको थियो। अन्तर्राष्ट्रिय मुद्रा कोषबाट भारतीय रिजर्भ बैंकले सुन किनेपछि अन्य मुलुकका केन्द्रीय बैंकहरुले पनि मुद्रा विविधिकरणका लागि सुन किन्नेक्रम बढ्यो। यसले सुनको मूल्यवृद्धिमा थप टेवा दियो। यसपछि दुबई वर्ल्डका कारण संयुक्त अरब इमिरेट्सका बैंकहरु धराशायी बनेको सार्वजनिक भयो। यसले लगानीकर्तालाई सुन बजारमा थप आकर्षित गर्यो। अघिल्लो साताको बिहीबार अमेरिकाको रोजगार दरमा केही सुधार आएको तथ्यांक सार्वजनिक भयो। यसपछि सुनको मूल्य माथितिर चढ्नेक्रममात्र रोकेन, मूल्य घट्नेक्रमको पनि थालनी गरायो। यो साता अमेरिकी डलर केही मजवुद हुन पुग्यो र यसले सुनको भाउलाई थप कमजोर बनायो।
यो साता अमेरिकी डलर रुपैयाँभन्दा ७० पैसाले महँगिएको छ। शुक्रबार एक अमेरिकी डलरको मूल्य ७४ रुपैयाँ ९० पैसामा कारबार भयो। आइतबार नेपाल राष्ट्र बैंकले एक डलरको मूल्य ७४ रुपैयाँ २० पैसा निर्धारण गरेको थियो। आइतबारको तुलनामा मंगलबार र बिहीबार क्रमशः ६० र २१ पैसा महँगिएको थियो। शुक्रबार डलर ११ पैसाले सस्तिएको थियो।
यो साता पाउन्ड स्टर्लिङ १ रुपैयाँ ६२ पैसा र युरो १ रुपैयाँ ८० पैसाले सस्तिएका छन्। शुक्रबार एक युरोको मूल्य १ सय १० रुपैयाँ १३ पैसा र पाउन्डको मूल्य १ सय २१ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।