बारा, मंसिर २७ (नागरिक)- सहरीकरणसँगै भएको सडक अतिक्रमणले त्रिभुवन राजपथको वीरगन्ज- पथलैया औद्योगिक कोरिडोर सडक असुरक्षित बन्दै गएको छ।
साँगुरो सडक, सवारीको चाप, सडकको दायाबायाँ सहरीकरण र सडक अतिक्रमणले दुर्घटना बढेपछि सडक असुरक्षित बनेको हो।
अतिक्रमणबाट साँगुरिएको उक्त सडक ठूला सवारीसाधनदेखि लिएर साना सवारीसाधन र पैदल यात्रुले समेत प्रयोग गर्नुपर्ने बाध्यताले यहाँका स्थानीयबासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।
एक वर्षयता बारामा खासगरी यो क्षेत्रमा बस, ट्रक, ट्याक्टर र मोटरसाइकलको १०९ वटा दुर्घटना भएका छन्। ती दुर्घटनामा परी ३४ जनाको मृत्यु, ८८ जना गम्भीर घाइते र ६८ जना सामान्य घाइते भएको मध्यक्षेत्रीय ट्राफिक कार्यालय, पथलैयाले जनाएको छ।
भारतबाट नेपाल भित्रिने सामानको ठूलो मात्रा भारतको रक्सौल नाकाबाट यही मार्ग भइआउने र यसका अतिरिक्त दैनिक ३ सय भन्दा बढी सवारीसाधन औद्योगिक कोरिडोरबाट लोड भई राजधानीलगायतका क्षेत्रमा यही मार्ग भएर जानुपर्ने भएकाले पनि सडकमा अधिक चाप हुन्छ।
राजनीतिको फाइदा उठाउँदै विभिन्न राजनीतिक दल, आपराधिक गतिविधिमा लागेका व्यक्ति र दुर्घटना क्षतिपूर्तिको माग गर्नेको थलो बनेपछि एक वर्षयता ५६ वटा बन्दमा दुई हजार २७४ घण्टा ५० मिनेट सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ।
कोरिडोर क्षेत्रमा दैनिक एक हजार ५०० भन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्छन्। साँगुरो सडकमा द्रुततगतिमा, सीमित गतिका सवारीसाधनलगायत साइकल र पैदलयात्रुसमेतले एउटै सडक प्रयोग गर्नुपर्ने बाध्यताले सडक दुर्घटना बढेको हो। सरकारले वैकल्पिक राजमार्ग वा व्यवस्थित सडक विस्तार नगरे दुर्घटना घट्नुको सट्टा बढ्दै जाने क्षेत्रीय ट्राफिक कार्यालय, पथलैयाका प्रहरी नायव उपरीक्षक उमाशङ्कर पञ्जियारले बताए।