काठमाडौं— दोब्बर मूल्य लिएको फेला परेपछि 'परी ब्राउन राइस' उत्पादक प्राइम एडिबल कम्पनीलाई बयान दिन वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले पत्र काटेको छ। जिरा मसिनो तथा सोना मन्सुली चामललाई परी ब्राउन राइसको नाममा दोब्बर मूल्य लिएपछि विभागले बयानका लागि उद्योग सञ्चालकलाई लिखित पत्र काटेको हो।'अहिले बजारमा सोना मन्सुली चामल प्रतिकिलो ५० रुपैयाँ छ। त्यसैगरी जिरा मसिनो ७० रुपैयाँ छ, जुन चामल ल्याएर बिक्री गरे पनि १ सय २० रुपैयाँ लिन पाइँदैन,' विभागका निर्देशक हरिनारायण बेल्वासेले नागरिकसँग भने, 'उपभोक्ता संरक्षण ऐन २०५४ विरुद्ध काम गर्ने प्राइम एडिबललाई कुनै हालतमा छाडिदैँन।'
उपभोक्ता संरक्षण ऐन २०५४ को दफा ८ अनुसार उपभोक्तालाई ठग्ने उद्योगलाई फौजदारी अभियोग अन्तर्गत मुद्दा हाल्ने व्यवस्था छ। विभागले त्यसैलाई आधार मानेर उद्योगमाथि कारबाही गर्ने छ। 'बाहिरको बोक्रो खुस्काउने र ब्राउन राइस भन्दै दोब्बर मूल्य लिएर बिक्री गर्ने अधिकार उद्योगलाई कसले दियो,' उनले भने, 'उद्योगको यो क्रियाकलाप संरक्षण ऐनविरुद्ध भएकाले बयानपछि मुद्दा हाल्छौं।'
विभागले उद्योगबाट उत्पादित १९ पोका चामल नमुनाका रुपमा विभाग ल्याएर अध्ययन गरेको थियो। तिनमा लेबल पनि नदेखिएको र दोब्बरभन्दा बढी मूल्य दिएको पाइएपछि मुद्दा दायर गर्ने तयारी गरेको विभागले जनाएको छ । उद्योगले अटेर गरे प्रहरीको सहयोग लिएर विभागमा उपस्थित गराउने र बयान लिने विभागका महानिर्देशक शम्भु कोइरालाले जानकारी दिए । 'गल्ती गर्ने अनि आउँदिन भनेर विभागलाई धम्की दिने ?,' उनले भने, 'राज्यले जसरी पनि उद्योग सञ्चालकलाई उपस्थित गराउँछ ।'
सात दिनभित्र उपस्थित भएर बयान नदिए प्रहरी सहयोग लिने उनले बताए । विभागले उद्योग सञ्चालकलाई गत बिहीबार पत्र पठाएको थियो । 'उपभोक्ताले देख्ने गरी प्रष्टसँग लेबल तथा मूल्य राख्नुपर्छ,' उनले भने, 'प्राइमले उपभोक्ताको आँखामा लेबल पर्छ कि भनेजस्तो गरी लेबल राखेको छ, जुन ऐनविपरीत छ ।' कालो प्याकेटमा कालो अक्षरले लेबल राख्नु उपभोक्ताले नदेखुन् भन्ने मनसाय भएको विभागले जनाएको छ ।
उद्योगका प्रबन्ध निर्देशक निशेष कुमारले जहाँ पायो त्यहिँ लेबल राख्न नमिल्ने बताए । 'जहाँ राखिएको छ, त्यो ठिक छ र त्यहिँ नै राख्ने हो,' उनले नागरिकसँग भने, 'ज–जसले जहाँ–जहाँ राख भन्छ, त्यहाँ राख्ने होइन ।' ऐनमा भने यस्तो लेबल प्रष्ट देखिने गरी राख्नुपर्ने उल्लेख छ ।
उनका अनुसार विभाग हालसम्म उद्योग अनुगमन गर्न आएको छैन । विभागले बयानका लागि पत्र समेत नकाटेको उनले दाबी गरे । 'मलाइ बयानका लागि अहिलेसम्म पत्र काटेको छैन,' उनले भने, 'कुन उद्योगलाई बयानका लागि पत्र काटेको हो, मलाई थाहा छैन ।'
ऐनमा बिक्रेताले बिक्री वितरण गर्ने प्रत्येक उपभोग्य वस्तुको थोक र खुद्रा मूल्य स्पष्ट रुपमा अंकित मूल्य सूची बिक्री स्थलमा सबैले देख्ने ठाउँमा राख्नुपर्ने उल्लेख छ । तर, परी ब्राउन राइसमा मूल्य तथा ब्याच नम्बर नराखिएको पाइएको विभागले जनाएको छ ।
विभागले ल्याएको नमुनामा अधिकतम खुद्रा मूल्य (एमआरपी) समेत नदेखिने ठाउँमा राखेको र उपभोक्तामाझ भ्रमपूर्ण विज्ञापन गरेको भन्दै मुद्दा हाल्ने तयारी गरेको जनाएको छ । भैरहवामा सञ्चालित उद्योगको दैनिक क्षमता ६० क्विन्टल रहेको विभागले जनाएको छ ।
विभागले एक साताअघि काठमाडौंका विभिन्न स्थानबाट उत्पादित सामग्री जफत गरेर विभागमा ल्याएको छ । त्यसमा उल्लेख गरिएकामध्ये कुनै पनि भिटामिन नभएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।