काठमाडौं— दुई वर्षअघि एक कार्यदलले खाद्य ऐन २०२३ मा भएको शून्य कोलिफर्म मापदण्ड संशोधन गरी समयसापेक्ष बनाउन सुझाव दिए पनि सरकारी निकायले उक्त प्रतिवेदन दराजमै थन्क्याएर राखेको छ।दुई वर्षअघि दूधमा अत्यधिक कोलिफर्म भटिएपछि कृषि विकास मन्त्रालयका तत्कालीन प्रवक्ता प्रभाकर पाठकको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो। कार्यदलले खाद्य ऐन २०२३ को मापदण्ड तत्काल संशोधन गर्नुपर्ने सुझावसहित प्रतिवेदन बुझाएको थियो । मन्त्रालयले अहिलेसम्म कार्यदलको सुझाव अनुसार काम गरेको छैन।
खाद्य ऐन २०२३ प्रति मिलिलिटर दूधमा कोलिफर्म हुनै नहुने मापदण्ड छ। अहिलेको अवस्थामा डेरी उद्योगले शून्य कोलिफर्म मापदण्ड अनुशरण गर्न नसक्ने बताएपछि मन्त्रालयले निजी क्षेत्रका प्रतिनिधि समेत समेटेर कार्यदल बनाएको थियो।
२०६९ सालमा दूधमा अत्यधिक कोलिफर्म पाइएपछि सरकारले धेरै डेरी उद्योगमाथि कारबाही गरेको थियो । राज्यले अत्यधिक कोलिफर्मयुक्त दूध बेच्ने डेरीविरुद्ध कारबाही थालेपछि व्यवसायीले उत्पादन बन्द गरेका थिए । पछि अध्ययनका लागि कार्यदल गठन गरिएको थियो ।
पाठकको संयोजकत्वमा बनेको कार्यदलमा दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्त, डेरी एसोसिएसनका अध्यक्ष सुमित केडिया, डेरी उद्योग संघका अध्यक्ष प्रदीप महर्जन, किसान प्रतिनिधिका रुपमा माधव कोइराला सदस्य थिए । कार्यदलले प्रतिवेदन बुझाएको दुई वर्ष नाघे पनि कतैबाट सम्बोधन हुन नसकेको कार्यदलका सदस्य तथा डेरी एसोसिएसनका अध्यक्ष सुमित केडियाले जानकारी दिए ।
विश्वका धेरै देशमा प्रतिएमएल १० सम्म कोलिफर्म भएको दूधलाई खानयोग्य मानिन्छ । तर, नेपाल जस्तो भौतिक पूर्वाधार भएको देशमा शून्य कोलिफर्म सम्भव नभएको भन्दै कार्यदलले अहिले भएको मापदण्डलाई समयसापेक्ष बनाउने सिफारिससहित प्रतिवेदन बुझाएको थियो ।
अझै पनि परम्परागत तरिकाबाट दूध दुहुने प्रचलन भएको देशमा शून्य कोलिफर्म मापदण्ड बनाउँदा सबै डेरी उद्योग बन्द हुने अवस्था आउने भन्दै त्यसलाई सच्याउन आग्रह गरिएको हो । २०२३ मा शून्य कोलिफर्म मापदण्ड बनाएकाले बेलाबेलामा समस्या आउने कार्यदलको सुझाव छ ।
'कुनै पनि हालतमा शून्य कोलिफर्म मापदण्ड पछ्याउन सकिन्न,' कार्यदलले दिएको सुझावमा भनिएको छ, 'दूध दुहुने परम्परा हेरेरमात्र कानून बनाउनुपर्छ ।' विकट तथा पहाडी जिल्लामा उत्पादित दूध उद्योगसम्म ल्याउन तीन दिनभन्दा बढी लाग्छ । यस्तो अवस्थामा कोलिफर्मको मात्रा अत्यधिक हुन्छ । शून्य कोलिफर्मको अवधारणा अनुशरण गर्ने हो भने किसान स्तरमै सुधार गर्नुपर्ने सुझाव प्रतिवेदनमा छ ।
मन्त्रालयले कार्यदलको सुझाव कार्यान्वयन प्रक्रिया अघि नबढाएको बुझिाएको छ । मन्त्रालय स्रोतका अनुसार कार्यदलको सुझाव दराजमा थन्किएर बसेको छ । यस विषयमा छलफलसम्म नभएको स्रोतको दाबी छ ।
व्यवसायीका अनुसार १५ अर्ब रुपैयाँ लगानी भएको डेरी उद्योगले मासिक २ अर्ब रुपैयाँभन्दा बढी रकम सोझै गाउँमा पठाउँछ । यसलाई अव्यवहारिक कानुन लगाएर बन्द गरिनु राज्यका लागि नै घाटा हुने उद्योगीको भनाइ छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दुई वर्षअघि एक एमएलमा ५ वटा कोलिफर्म भेटिँदा पनि उद्योग बन्द गराएको थियो । भटाभट उद्योग बन्द हुन थालेपछि पाठकको संयोजकत्वमा कार्यदल बनाएर समस्या समाधान गरिएको थियो ।
कार्यदलले नो–रिर्टन कार्यविधि तत्काल बनाउन, खाद्य ऐन संशोधन गर्न, साना, ठूला र मझौला डेरी उद्योगलाई वर्गीकरण गर्न, एकै दिन सम्पूर्ण क्षेत्रको दूध उद्योगमा ल्याउन सक्ने वातावरण मिलाउनु पर्ने सहित १८ बुँदे सुझाव कृषि विकास मन्त्रालयमा बुझाएको थियो ।
डेरी क्षेत्रमा देखिएको समस्या तत्काल समाधन गर्न यो प्रतिवेदनले सहयोग गर्ने व्यवसायी बताउँछन् तर, कार्यान्वयनमा नआउँदा समस्या भएको उद्योगीको भनाइ छ ।