लाभकर छलीमा बोटलर्सविरुद्ध मुद्दाः साढे सात अर्ब रूपैयाँ माग दाबी
२८ फागुन २०७८
•
४ मिनेट पाठ
लाभकर छलीमा बोटलर्सविरुद्ध मुद्दाः साढे सात अर्ब रूपैयाँ माग दाबी
राजस्व अनुसन्धान विभागले बोटलर्स नेपाल र त्यसका सञ्चालकविरुद्ध सेयर स्वामित्व बिक्री गर्दा पुँजीगत लाभकर छली गरेको आरोपमा करिब साढे सात अर्ब रूपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेको छ। विभागले शुक्रबार पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो।




बोटलर्स नेपाल कोकाकोला, स्प्राइट, फेन्टालगायत हल्का पेय पदार्थ उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी हो। तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार रूपैयाँ बिगोको सतप्रतिशत जरिवानासमेत कायम गरी सात अर्ब ४३ करोड ६३ लाख रूपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए। ‘लामो अनुसन्धानबाट राजस्व चुहावट गरेको भेटियो,’ पौडेलले भने, ‘बोटलर्स नेपालसहित त्यसका सञ्चालकविरुद्ध मुद्दा दायर गरेका छौं।’

बोटलर्स नेपालको स्वामित्व खरिदबिक्रीमा पुँजीगत लाभकर छलिएको सूचनाका आधारमा विभागले २०७७ मंसिरदेखि अनुसन्धान सुरु गरेको थियो। विभागले बोटलर्स नेपालका सेयरधनीलाई उपस्थित हुन सार्वजनिक सूचनामार्फत आह्वान गर्दा पनि सम्पर्कमा नआएपछि मुद्दा दायर गरेको हो। गत पुस २ गते बोटलर्स नेपाल लिमिटेडका पूर्वअध्यक्ष शुक्ला वासनसहितलाई एक साताभित्र विभागमा उपस्थित हुन सार्वजनिक सूचना प्रकाशित गरिएको थियो।

नेपालस्थित बोटलर्स नेपाल लिमिटेडमा अधिकांश सेयर स्वामित्व रहेको दुबईस्थित कम्पनी कोकाकोला साब्को एसियाको सतप्रतिशत सेयर सन् २०१४ अक्टोबरमा कोकाकोला साब्कोले आयरल्यान्डस्थित युरोपियन रिफ्रेसमेन्टलाई बिक्री गरेको थियो। बोटलर्स नेपालमा रहेको निहित सेयर स्वामित्वमा परिवर्तन भई सोबाट कम्पनीको नियन्त्रणमा परिवर्तन भएको विभागले जनाएको छ।

बोटलर्सको निहित सेयर स्वामित्वमा परिवर्तन गर्दा ठूला करदाता कार्यालयलगायतका सम्बन्धित निकायलाई जानकारी नदिई सेयर स्वामित्व परिवर्तन गरेको पाइएको महानिर्देशक पौडेलले बताए। आर्थिक वर्ष ०७१/७२ को आय विवरण पेस नगरी सेयर स्वामित्व परिवर्तन भएको कारणले सिर्जना हुन आउने कर दायित्व पूरा नगरी राजस्व चुहावट गर्ने कसुरमा मुद्दा दायर गरेको विभागले जनाएको छ।

विभागले बोटलर्स नेपाल र बोटलर्स नेपालको सेयर होल्डर संयुक्त अरब इमिरेट्सको दुबईस्थित कम्पनी कोकाकोला साउथवेस्ट होल्डिङ लिमिटेडको साबिक कोकाकोला साब्को एसियाका तर्फबाट प्रतिनिधित्व गर्ने नौजना बोर्ड सञ्चालक र आठजना कर्मचारीलाई प्रतिवादी बनाएको छ।  

बोटलर्सजस्तै पुँजीगत लाभकर छलीमा एनसेलले कर तिर्नुपर्ने फैसला सर्वोच्च अदालतबाट यसअघि नै भएकाले राजस्व अनुसन्धान विभागले त्यसलाई पनि आधार बनाएको छ। बोटलर्स नेपालमा तीनपक्षीय लगानी छ। नेपालमा दर्ता भएको कुनै पनि स्वदेशी वा विदेशी कम्पनीको सेयर बिक्री हुँदा लाभ प्राप्त भए त्यसमा लाभकर तिर्नुपर्ने कानुनी व्यवस्था छ। कम्पनीले स्वामित्व परिवर्तन गर्दा कम्पनी रजिस्ट्रारको कार्यालयलाई जानकारी दिनुपर्ने भए पनि त्यसो नगरी कारोबार गरेको थियो।

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४ (झ) र दफा २३ (३) को कसुरमा दफा २३ (३) बमोजिमकै सजाय हुने माग दाबी लिई अभियोगपत्र दायर गरेको महानिर्देशक पौडेलले बताए। कोकाकाला साब्को र युरोपियन रिफ्रेसमेन्टबीच सेयर कारोबार हुँदाको समयमा बोटलर्स नेपालको प्रतिकित्ता सेयरको स्वतन्त्र बजार मूल्य ३८ सय ८३ रूपैयाँ रहेको थियो।

त्यसमा कोकाकोला साब्कोको प्रतिकित्ता सेयर खरिद मूल्य पाँच सय ३६ रूपैयाँलाई लागतको रूपमा घटाउँदा हुन आउने रकम ३३ सय ४७ रूपैयाँ प्रतिकित्ता पुँजीगत लाभ हुने अनुसन्धानमा देखिएको छ।

सोही आधारमा कोकाकोला साब्को एसियाको बोटलर्स नेपालमा रहेको १४ लाख ८४ हजार तीन सय एक कित्ता सेयर बिक्रीबापत जम्मा चार अर्ब ९६ करोड ७९ लाख ५५ हजार चार सय ४७ रूपैयाँ पुँजीगत लाभ कायम हुने विभागको दाबी छ।

आयकर ऐन २०५८ को अनुसूची १ को दफा २ (१) बमोजिम २५ प्रतिशतका दरले एक अर्ब २४ करोड १९ लाख, ऐनको दफा ७ (१) बमोजिम ०.१ प्रतिशतका दरले हुने तीन करोड ४१ करोड, ऐनको दफा ११८ बमोजिम ब्याज १५ प्रतिशतका दरले एक अर्ब १० करोड २२ लाख ६५ हजार र दफा १२० (ख) बमोजिमको शुल्क एक अर्ब २४ करोड नौ लाख ८८ हजारसमेत गरी कुल बिगो तीन अर्ब ७१ करोड ८१ लाख राजस्व चुहावट गरेको विभागले जनाएको छ। राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ (१) (घ) अनुसार १० करोडभन्दा बढी बिगो कायम हुने करछलीको मुद्दामा तीन वर्ष कैद सजाय हुने व्यवस्था रहेको छ।

बोटलर्स नेपालको सेयर स्वामित्व विदेशमा बिक्री गर्दा पुँजीगत लाभकर छली गरेको महालेखा परीक्षकको कार्यालयले तयार गरेको ५८औं प्रतिवेदनमा समेत उल्लेख छ। विभागले अनुसन्धानमा यसलाई पनि प्रमुख आधार बनाएको छ। नेपालमा सञ्चालित क्रियाकलापसँग सम्बन्धित भुक्तानी भएकाले सिर्जना भएको पुँजीगत लाभमा प्राथमिक रूपमा नेपालमा कर लाग्ने महालेखाले औंल्याएको छ। ‘कम्पनीको नाम परिवर्तन गरिएको र सेयर खरिदबिक्री गर्दा भएको स्वामित्व परिवर्तनको जानकारी नेपालका कुनै पनि नियामक निकायलाई नदिनुका साथै निसर्गमा प्राप्त भएको लाभमा कर गणना  गरी दाखिला गरेको देखिँदैन,’ महालेखाले भनेको छ।
अर्को समाचार
राजस्वमा चक्रबहादुर बुढा विभागको महानिर्देशक
२४ वैशाख २०८१
•
१ मिनेट पाठ
राजस्वमा चक्रबहादुर बुढा विभागको महानिर्देशक
राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाको सरुवा भएको छ। यसअघि कोटिभिटी मुद्दाका कारण विवादित बनेका ढुंगानालाई सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सरुवा गरेको छ।




ढुंगानाको ठाउँमा राजस्व अनुसन्धान विभागको महानिर्देशकमा सरकारले चक्रबहादुर बुढालाई पठाएको छ। यसअघि पर्यटन विभागबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा भएका बुढालाई सरकारले राजस्व अनुसन्धान विभागमा सरुवा गरेको हो।

कानुनको गलत व्याख्या गर्दै कोटिभिटी मुद्दा दायर गरेको भन्दै ढुंगानाको आलोचना भएको थियो। विभागले गत चैत तेस्रो साता कोटिभिटीविरुद्ध साढे १० अर्ब रूपैयाँको माग दाबी गर्दै मुद्दा दायर गरेको थियो। कानुनको अपव्याख्या गर्दै मुद्दा दायर गरेको भन्दै निजीक्षेत्रका उद्योगी/व्यवसायी पनि ढुंगानाप्रति रुष्ट थिए।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस