इलाम–आफ्नै मेहेनत र परिश्रमले उद्यम गर्न सफल मानिसको संख्या थोरै रहेको अवस्थामा एउटा कार्यक्रममार्फत प्रतिव्यक्ति झण्डै २३ हजार रुपैयाँ खर्चिएर उसलाई उद्यमी बनाइने भएको छ। आयआर्जन सम्बन्धी विभिन्न सीप प्रदान गरी जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले इलामका चार गाविसमा यो अर्थात गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा आएको छ।चालु आर्थिक बर्ष २०७१/७२ देखि जिल्लाका श्रीअन्तु, महमाई, चमैता र माइमझुवा गाविसमा जिल्ला विकास समिति र घरेलु तथा साना उद्योग विकास समिति कार्यालयको आयोजना तथा लघु उद्यम विकास कार्यक्रम क्षेत्रीय सहयोग कार्यालय विराटनगरको सहयोगमा यो कार्यक्रम सुरु भएको हो। कार्यक्रमअन्तर्गत ती चार गाविसका एक सय पाँच जनालाई उद्यमी बनाइने लक्ष्य लिइएको छ।
कार्यक्रमका लागि २४ लाख १५ हजार रुपैयाँ रकम लाग्ने अनुमान छ। एक जना उद्यमी उत्पादन गर्न करिब २३ हजार रुपैयाँ खर्च हुने बताइएको छ। गाविसमा गाउँ लघु उद्यम विकास योजना बनाई सामाजिक रुपमा पछि परेका र न्यून आय भएका अतिविपन्न वर्गका युवावर्गलाई केन्द्रित गरी कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमलाई प्रभावकारी बनाउन इलाममा लघु उद्यम विकास कोष समेत खडा गरिएको स्थानीय विकास अधिकारी मदन कोइरालाले जानकारी दिए।
आव २०६८/०६९ देखि जिल्लामा कार्यक्रम शुरु भएको थियो। पहिलो चरणमा जिल्लाका सोयाङ, नयाँबजार, गोदक र चुलाचुलीमा एक सय ३८ जना सक्षम उद्यमी उत्पादन आयोजकको तथ्याङ्कछ। उनीहरुलाई विभिन्न सीपमुलक तथा आयमूलक तालिमहरु दिई जीविकोपार्जनमा सुधार ल्याइएको समितिको कार्यालयका निमित्त प्रमुख सत्यनारायण राईले बताए।
त्यस्तै आव ०६९/७० मा जीतपुर, साङरुम्बा, लक्ष्मीपुर र सुम्बेकमा कार्यक्रम गरिएको थियो। त्यहाँबाट मार्फत ८२ जनाले सीपमूलक तालिम लिएका थिए। आव ०७०/७१ साविकको पञ्चकन्या, मंगलबारे, नाम्सालिङ र दानाबारीमा कार्यक्रम सञ्चालन भएको थियो। त्यहाँबाट एक सय ४६ जना उद्यमी उत्पादन भएको राईले बताएका छन्। स्वदेशमै बसेर स्वरोजगार बनाउने, गरीबीको आय आर्जनमा वृद्धि गरी आयको खाडल घटाउने, सामाजिक रुपमा पछि परेका समुदायलाई सशक्त बनाउने लगायतका उद्देश्य राखेर सन् १९९८ देखी नेपालमा यो कार्यक्रम लागु भएको हो।
सुरुमा सञ्चालन गरिएको लघु उद्यम विकास कार्यक्रम (मेडेप) लाई परिमार्जन गरी गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) मा रुपान्तरण गरिएको छ । अहिले यो कार्यक्रम नेपालका ५५ जिल्लामा सञ्चालीत छ। आव ०७४/७५ सम्ममा यो कार्यक्रमलाई देशका सबै जिल्लामा सञ्चालन गरीसक्ने लक्ष्य रहेको क्षेत्रीय कार्यक्रम सहयोग प्रबन्धक प्रेमराज न्यौपानले बताए।
यस कार्यक्रमबाट ७० हजारलाई लघु उद्यम विकास सम्बन्धी सीपमुलक तालिम दिई ६० हजार युवालाई उद्यमी बनाउने लक्ष्य लिएको कार्यक्रमका बजार विकास विषेशज्ञ दिपक साशंकरले जानकारी दिए। जसमध्ये ४० प्रतिशतलाई ७ देखि १५ दिनको छोटो, ३० प्रतिशतलाई १६ देखि ४५ दिनको मध्यम र ३० प्रतिशतलाई ४६ देखि ९० दिनको लामो तालिम दिईने छ। समग्र कार्यक्रम सम्पन्न गर्न करिब चार अर्व १६ करोड बजेट लाग्ने अनुमान छ। जसमध्ये २५ प्रतिशत नेपाल सरकारले, ६७ प्रतिशत साझोदारी दातृ निकायले ८ प्रतिशत स्थानीय निकायले बेहोर्नुपर्ने छ।