इलाम-अलैंची फेरि ‘खोल्सामा फल्ने सुन'भन्नलायक बनेको छ। सोमबारसम्म यसको बजार मूल्य प्रतिमन एक लाख रुपैयाँ कायमै छ। यसको उत्पादन भने अपेक्षाकृत बढ्न सकेको छैन। खेतीमा रुची राख्ने किसान असंख्य भए पनि बिरुवाको सहज आपूर्ति नहुँदा र प्राविधिक ज्ञानको कमीले खेती सबैतिर फैलिन नसकेको हो।आगामी सिजन (असार–साउन) मा रोप्न किसानले ४७ लाख बिरुवा माग गरे पनि मुस्किलले ४० लाख मात्रै तयार छन्। त्यसमा सरकारी स्तरबाट उत्पादन भएका बिरुवाको संख्या अझ कम अर्थात साढे ५ लाख मात्रै छ। मागअनुसार बिरुवा उत्पादन नभइरहेको अवस्था एकातिर छ भने किसानले रोप्ने ठाउँको सही छनोट गर्न नसक्ने र बिरुवा हुर्काउन समस्या बेहोर्नुपर्ने समस्या अर्कोतिर छ।
पान्दामस्थित अलैँची विकास केन्द्रका अनुसार त्यहाँ यस वर्ष ५ लाख ५० हजार बिरुवा उत्पादन हुँदैछ। केन्द्रप्रमुख पदम अधिकारीले पहिले पहिले बर्सेनि एक डेढ–लाख बिरुवा उत्पादन हुनेमा यत्तिका बिरुवा निकाल्न सक्नु राम्रो भए पनि मागको तुलनामा कम भएको बताए। ४७ लाख बिरुवा माग भएकामा यसपल्ट सरकारी र निजीस्तरबाट ४० लाख मात्रै तयार भएको उनले जनाए। स्रोत, साधन र जनशक्ति पर्याप्त नहुँदा मागअनुसार उत्पादन गर्न नसकेको उनले बताए।
तीन दशकदेखि बिरुवा उत्पादन गर्दै आएको केन्द्रबाहेक यसपल्ट इलामकै आधा दर्जनभन्दा बढी ठाउँमा निजीस्तरबाट उत्पादित बिरुवा बिक्री गरिँदैछ। सलकपुर, हर्कटे, फिक्कल, नयाँबजार, मावु, आमचोक जस्ता ठाउँका किसानले नर्सरीमा बिरुवा तयार गरेको केन्द्रप्रमुख अधिकारीले बताए। ती स्थानबाट झन्डै ३५ लाख बिरुवा किसानलाई बिक्री गरिने उनले जानकारी दिए।
सरकारी बिरुवा किसानलाई प्रतिगोटा ५ रुपैयाँले बिक्री गर्ने तयारी भइरहेको र गुणस्तरका हिसावले ती अब्बल हुने अधिकारीले बताए। ‘किसानले उचित भूगोल र हावापानी मिल्ने ठाउँमा रोप्दा नसर्ने र नफल्ने समस्या आउँदैन,' उनले सुनाए, ‘तर, प्राविधिकको सल्लाह लिएर रोप्नलायक ठाउँ पहिचान गर्नुपर्छ।' नर्सरीमा ३२ महिनामा तयार बिरुवा रोपेको ३ वर्षमा फल्ने उनी बताउँछन्।
अछाम, गोर्खा, लमजुङ र नुवाकोटसम्म पान्दामबाट बिरुवा लगिएका छन्। सस्तो र गुणस्तरीय हुँदा केन्द्रका बिरुवाको माग सधैं उच्च हुन्छ। निजीस्तरका बिरुवा प्रतिगोटा १० देखि १२ रुपैयाँसम्ममा बिक्री हुने गरे पनि केन्द्रका जति गुणस्तरीय हुँदैनन्। त्यसैले पनि, जिल्ला कृषि विकास कार्यालयले केन्द्रकै बिरुवालाई प्राथमिकता दिँदै किसानलाई अनुदानमा वितरण गर्दै आएको छ।
अलैँची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष राजेन्द्र घिमिरेले मागअनुसारका बिरुवा उत्पादन हुन नसक्नुलाई सरकारको कमजोरी भन्दै खेती गर्न चाहने किसानलाई प्राथमिकता दिन सुझाए। ‘अलैँचीले देशको अर्थतन्त्रमा उल्लेख्य टेवा पुर्यानएको तथ्य मनन गर्दै खेती विस्तारमा सघाउनुपर्छ,' घिमिरेले भने, ‘गर्मी ठाउँ रुचाउने बिरुवा चिसो ठाउँमा रोपेकोसम्म पाइन्छ, त्यसो गर्न दिनुहुन्न।'