काठमाडौं- कृषि क्षेत्रमा नेपाली कामदारलाई रोजगारी उपलब्ध गराउन नेपालले अमेरिकालाई आग्रह गरेको छ।
नेपाल भ्रमणमा रहेका अमेरिका वासिङटनका मानव अधिकार तथा श्रम हेर्ने उप सहायक विदेश मन्त्री स्टेभन फेल्डस्टेनसँग नेपालका श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले भेटवार्ता गरेर सो आग्रह गरेका हुन्।
शुक्रबार श्रम तथा रोजगार मन्त्रालयमा भएको भेटमा मन्त्री गुरुङले अमेरिकामा नेपाली कामदारलाई रोजगारको अवसर उपलब्ध गराउन आग्रह गरे। अमेरिकाको क्यालिफोर्निया लगायतको क्षेत्रमा कृषि क्षेत्रमा कामदारको लागि राम्रो रहेकाले नेपाली प्रशिक्षार्थि कामदार लिन गुरुङले फेल्डस्टेनसँग आग्रह गरेका हुन्।
उप सहायक विदेश मन्त्री फेल्डस्टेनले कृषि कामदार लिने विषयमा अमेरिकाको सम्बन्धित मन्त्रालयसँग छलफल गरेर नेपाललाई जानकारी गराउने बताएका थिए।
भेटमा फेल्डस्टेनले नेपालबाट अन्य मुलुकमा घरेलु कामदार जान नसकेको अवस्थामा मन्त्री गुरुङसँग छलफल गरेका थिए। त्यस्तै नेपालबाट खाडी तथा मलेसिया जाँदा लागत शुल्क बढि भएको र आइएलओ अनुसार नभएको भन्दै मन्त्री गुरुङको ध्यानकर्षण गराएका थिए।
मन्त्री गुरुङले घरेलु कामदारको कार्यविधी बनेर कार्यान्वयनको चरणमा रहेकाले अबदेखि नेपालबाट घरेलु कामदारमा जान सकिने जानकारी गराएका थिए। त्यस्तै लागतका विषयमा सरकारले शुन्य लागतलाई कार्यान्वयन गर्न लागेको बताए। कामदारलाई आर्थिक भार नथपिने गरेर शुन्य लागत हुँदैछ र व्यवस्थित रुपमा कामदार पठाउन सरकारले काम गरिरहेको उनले बताए ।
फेल्डस्टेनको टोलीमा वासिङटनको अध्यागमन विभागकी कार्री पेटरसन, जेसिका स्ल्याटरी, अमेरिकी दुतावास नेपालका राजनीतिक तथा आर्थिक प्रमुख माइकल गोल्डम्यान, राजनीतिक अधिकृत जेफरी चनिन थिए।