काठमाडौं-शनिबार मन्ध्यान्ह भूकम्प जानेबित्तिकै सामाजिक सञ्जाल फेसबुक र टि्वटरमा सन्देश पोस्ट हुन थाल्यो। फेरि धक्का जाँदा पनि सतर्क रहन सन्देशहरु पोस्ट भए। एकैचोटी ठूलो धक्का जाँदा सर्वसाधरण अत्तालिदा सूचनाको माध्यम मोबाइल फोन प्रयोग गर्नेहरु पनि ह्वात्तै बढे। दूरसञ्चार सेवा प्रदायक एनसेल र नेपाल टेलिकमका डाटा र स्विचिङ सेन्टर भूकम्पपछि पनि क्रियाशील भैरहँदा ठूलो भूकम्पपछि पनि ग्राहकहरुले आफन्तहरुसँग सम्पर्कमा रहन पाए।मोबाइलकै कारण उद्धार हुने र उपचारका लागि पनि सहज भयो। भूकम्प जानेबित्तिकै दुई सेवा प्रदायकले कनेक्सनमा भएको अवरोधलाई हटाउन तत्काल लागि पर्दा मोबाइल फोन लामोसमय डिस्टर्ब हुन पाएन।
एनसेलका कर्पोरेट संवाद विज्ञ मिलनशर्माले ठूलो भूकम्प आउँदा पनि काठमाडौं, विराटनगर, पोखरा, हेटौडाका स्विचिङ र डाटा सेन्टरले काम गरेका हुनाले मोबाइल सेवा अवरुद्ध नभएको बताए।
‘साधरण केहि सिस्टम डाउन भए पनि तत्काल त्यो समाधान भएपछि सेवा सुरु भएको थियो,' उनले भने, ‘एकैचोटी सबै ग्राहकले फोन गर्न खोज्दा ट्राफिक बढेर कल लाग्न नसकेपनि एसएमएसले भने पूर्ण रुपमा काम गरेको थियो।' यस्तो बेलमा एसएमएस गर्ने कुरा नै प्रभावकारी हुने उनले बताए। ‘लामो कुरा गर्नु हुँदैन,' उनले भने।
भूकम्पपछि तत्काल वेबसाइट र एफएममा एसएमएसमा मात्र सूचना आदनप्रदान गर्न आग्रह गर्दै सूचना जारी गरिएको उनले जानकारी दिए। नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले भूकम्पपछि प्रिपेडमा केहि समय समस्या देखिएपनि ल्यान्डलाइन र पोस्टपोड मोबाइलमा कुनै समस्या नभएकोले ग्राहकले तत्काल जानकारी लिन पाएको बताए। ‘कलको फ्लो बढेर केही समस्या भएको थियो तर एसएमएसले धेरैलाई सजिलो बनायो,' उनले भने, ‘कम्युनिकेसन राम्रो भयो त्यसैले राहत र उद्धार पनि छिटो हुन पुग्यो,' उनले भने।
साधारण समयभन्दा ६ गुण बढी मोबाइल प्रयोग भएकाले नेटवर्क बिजी हुनु सामान्य भए पनि एसएमएस र इन्टरनेट डाटाले सजिलो बनाएको उनले बताए। ‘हामीले भूकम्पमा पनि निरन्तर डाटा सेन्टर र अनलाइनमा बसेर काम गरिरहेका थियौं जसले गर्दा समस्या भएन,' उनले भने, ‘अब विद्युतको अभावले समस्या हुन सक्छ त्यसैले मोबाइल जेनेटर ठाउँठाउँमा पुर्यानएर काम गर्ने तयारी छ।'
जावलाखेल, बबरमहल, भद्रकाली र सुन्धारमा रहेका डाटा सेन्टरले प्रभावकारी काम गरेकोले सजिलो भएको उनले बताए।
उनका अनुसार डाटा सेन्टर राम्रोसँग चलेका कारण सामाजिक सञ्जालमा पनि सन्देश पोस्ट भयो त्यसैले टाढाटाढा रहेकाले तत्काल खबर पाउन सके।
भूकम्पछि एनसेल र टेलिकमले उद्धार योजना ल्याएका छन्। एनसेलले सबै प्रयोगकर्तालाई २० रुपैयाँ ब्यालेन्स थप गरिदिएको छ। ग्राहकहरुको ब्यालेन्स सकिएर समस्या हुन सक्ने भन्दै एनसेलले ब्यालेन्स थप गरिदिएको एनसेलका कर्पोरेट संवाद विज्ञ शर्माले बताए।
त्यस्तै नेपाल टेलिकमले पनि ग्राहकको ब्यालेन्स सकिदा पनि फोन जाने बनाएको छ। निःशुल्क भ्वाइस र एसएमएस सेवा निःशुल्क दिएको प्रबन्ध निर्देशक आचार्यले नागरिकलाई बताए। ‘हामीले शनिबार र आइतबार भ्वाइस र एसएमएस सेवा निःशुल्क दिएका छौं,' उनले भने, ‘ग्राहकको ब्यालेन्स सकिएर रिचार्ज भएको छैन भने पनि फोन काटिदैन।' बिलिङको कारणले ग्राहकलाई समस्या नहुने उनले जानकारी दिए।