लगानीकर्ताले आइतबार सेयर खरिदमा चासो देखाएपछि नेप्से परिसूचक सय बिन्दुभन्दा धेरैले बढेको छ। नेप्सेको तुलनामा कारोबार रकम भने बढ्न सकेको छैन।
नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबारको कारोबारबाट नेप्से १०१.०७ बिन्दुले बढेर २६६७.९७ मा कायम भएको छ। यो ३.९४ प्रतिशतको वृद्धि हो। बिहान बजार खुलेको केही समयपछि लगानीकर्ताको चासो सेयर खरिदमा देखिएपछि कारोबार निरन्तर बढेको थियो। चार घन्टाको कारोबारमा कुनै कुनै समय कारोबारमा गिरावट आए पनि तत्कालै बढ्ने गरेको थियो।
स्टकका अनुसार आइबार नेप्से बाहेकका अन्य तीन सूचक पनि बढेका छन्। सेन्सेटिभ सूचक १६.३७, फ्लोट ६.७४ र सेन्सेटिभ फ्लोट ५.१७ बिन्दुले बढेका छन्। यसअनुसार सेन्सेटिभ ३.३२, फ्लोट ३.८८ र सेन्सेटिभ फ्लोट ३.३५ प्रतिशतले बढेका छन्। यस्तै सेयर कारोबारका अन्य १३ वटै उपसूचक बढेका छन्। यीमध्ये सबैभन्दा धेरै बिन्दुले बढ्नेमा जीवन बिमा उपसमूह परेको छ। यो सूचक ९२२.१६ बिन्दुले बढेको हो। सबैभन्दा कम बिन्दुले बढ्ने उपसूचकमा सामूहिक लगानी कोष परेको छ। यसको सूचक ०.१७ बिन्दुले मात्र बढेको हो।
यस्तै १३ उपसूचकमध्ये सय बिन्दुभन्दा धेरैले बढ्नेमा ७ उपसूचक परेका छन्। पुनर्जीवन बिमा कम्पनीको सूचक ५६७, उत्पादन तथा प्रशोधन ३०८, विकास बैंक २१०, होटल तथा पर्यटन १५८ लघुवित्त १६३ र फाइनान्स उपसूचक १०७ बिन्दुले बढेका छन्। यस्तै सबैभन्दा धेरै प्रतिशतले बढ्नेमा सामूहिक लगानी कोष उपसमूह ६.९४ प्रतिशत छ भने सबैभन्दा कम सामूहिक लगानी कोष उपसमूह १.१२ प्रतिशतले बढेको छ। यस्तै १३ उपसमूहमध्ये ५ प्रतिशतभन्दा धेरैले सेयर मूल्य बढ्ने उपसमूह ४ र ४ प्रतिशतभन्दा धेरैले बढ्नेमा पनि ४ वटै उपसमूह परेका छन्।
स्टक एक्सचेन्जका अनुसार आइतबार सबैभन्दा बढी प्रतिसेयर मूल्य १० प्रतिशतले बढ्ने कम्पनीमा तीनवटा परेका छन्। एसियन लाइफ, ज्योति लाइफ र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिसेयर मूल्य १० प्रतिशतले बढेको हो। यस्तै सबैभन्दा धेरै मूल्य घट्नेमा मेगा म्युचुअल फन्ड परेको छ। यसको मूल्य २.९३ प्रतिशतले घटेको हो।
रकमका आधारमा सबैभन्दा धेरै मूल्यको कारोबार हुने कम्पनीमा शिवम् सिमेन्ट परेको छ। यसको ३४ करोड ३६ लाख रूपैयाँभन्दा बढी मूल्यको सेयर किनबेच भएको हो। सबैभन्दा धेरै कित्ता सेयर खरिदबिक्री हुनेमा एपी पावर कम्पनी परेको छ। यसका ५ लाख ८६ हजार २ सय ८७ कित्ता सेयर बिक्री भएका छन्।
स्टक एक्सचेन्जका अनुसार आइतबार २२८ कम्पनीका ९० लाख २२ हजार ८ सय ९० कित्ता सेयर किनबेच भएका छन्। यो संख्याको सेयर खरिद गर्न लगानीकर्ताले ४ अर्ब ८७ करोड रूपैयाँ लगानी गरेका छन्। स्टकका अनुसार आइबार बजार पुँजीकरण ३७ खर्ब ८२ अर्ब रूपैयाँमा पुगेको छ।