काठमाडौं- सरकारले भूकम्पबाट अति प्रभावित जिल्लाका किसानलाई धानको बीउ निःशुल्क दिने भएको छ। ब्याड राख्ने बेलामै भूकम्प गएर किसानले राखेको बीउ भत्केका घरका भग्नावशेषमा पुरिएपछि निःशुल्क बाँड्न लागेको हो।
'महाभूकम्पले घर भत्किँदा बीउ पुरिएकाले यो सिजनका लागि निःशुल्क दिन लागिएको हो,' कृषि विकास मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले भने, 'कुल गार्हस्थ उत्पादनमा धानको मुख्य योगदान रहेको र धानको ब्याड राख्ने सिजन पनि यही भएकाले समस्या समाधान गर्न यो कदम चाल्न लागिएको हो।'
मन्त्रालयले भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका किसानलाई बीउ दिनेछ। बीउ किन्न बीउबिजन कम्पनी लिमिटेडलाई ३ करोड रुपैयाँ निकासा गरिसकेको सापकोटाले बताए।
बाली विकास निर्देशनालयका निर्देशक डिलाराम भण्डारीले अतिप्रभावित १४ जिल्लामा करिब ३ सय टन बीउ आवश्यक पर्ने बताए। 'बीउबिजन कम्पनीले तराईका लागि आवश्यक पर्ने बीउमात्र स्टोर गरेकाले मध्य र उच्च पहाडी जिल्लामा आपत पर्दा बीउ उपलब्ध गराउन समस्या परेको हो,' उनले भने, 'समय पनि थोरै भएकाले कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ।'
निर्देशक भण्डारीका अनुसार १४ जिल्लामा २ हजार ४ सय १४ टन धानको बीउ लाग्छ। मन्त्रालयले घर पूर्ण रुपमा भत्किएका किसानलाई मात्र बीउ दिने योजना बनाएको छ। आशिंक भत्किएका घरबाट बीउ निकाल्न सरकारी सयन्त्र प्रयोग भएको उसको दाबी छ। किसानका क्षतिग्रस्त घरबाट निकालेको बीउसमेत प्रयोग गर्ने निर्देशक भण्डारीले बताए।
बीउबिजन कम्पनी लिमिटेडमा तराईका जिल्लामा फल्ने धानको बीउ मात्र छ। ती बीउ मध्य तथा उच्च पहाडी जिल्लामा सिफारिस गर्दा पछि समस्या आउन सक्ने मन्त्रालयको भनाइ छ। भूकम्पप्रभावित १४ जिल्लामा खुमल–४, खुमल–१०, सुक्खा १, २, ३, लगायत धानको बीउ रोप्न मिल्छ। ती बीउ सरकारसँग थोरैमात्र भएको निर्देशक भण्डारीले बताए।
'पहाडी जिल्लामा नलाग्ने बीउ सिफारिस गर्दा समस्या आउन सक्छ,' उनले नागरिकसँग भने, 'तसर्थ जुन जिल्लामा जुन सिफारिस भएको हो, त्यही जान्छ।' मन्त्रालयको तथ्यांकअनुसार भूकम्प अतिप्रभावित १४ जिल्लामा ५ हजार ५ सय हेक्टरमा धान खेती गरिन्छ। त्यसमा २ हजार ४ सय १४ टन बीउ लाग्छ।
मन्त्रालयका सहप्रवक्ता सापकोटाले यी जिल्लामा १७ हजार ५० टन धान उत्पादन हुने गरेको बताए। बर्खेभन्दा चैते धान धेरै फल्ने उनको भनाइ छ।
भण्डारीले ऐन, नियम अनुसार नै निःशुल्क बीउ वितरण गर्ने जनाए। बीउ बिजन कम्पनी लिमिटेड, बाली विकास निर्देशनालय र कृषि विकास मन्त्रालय बीउ पाइने ठाउँको पहिचानमा लागेको उनको भनाइ छ।
विभिन्न जिल्लामा बीउ उत्पादन सहकारी संस्था तथा निजी क्षेत्रसँग खरिदका लागि छलफल भइरहेको छ। नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले बीउ उन्मोचन गरेपछि विभिन्न सहकारी संस्था, कृषक समूह तथा निजी क्षेत्रलाई व्यावसायिक रुपमा उत्पादन गर्न दिने र त्यही बीउ सरकारले किनेर किसानलाई दिने चलन छ। अहिले विपत्ति परेकाले धेरै मात्रामा बीउ किन्नुपरेको मन्त्रालयले बताएको छ।
मन्त्रालयका अनुसार १४ जिल्लामा ३४ करोड १० लाख रुपैयाँ बराबरको धान उत्पादन हुन्छ। यी जिल्लामा उत्पादित धानले एक वर्षदेखि नौ महिनासम्म खान पुग्ने सरकारी तथ्यांक छ।