नेपालमा तेस्रो पेफा (सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व) मूल्यांकनको सुरु गरिएको छ। पेफा सचिवालय र विश्व वैंकको सहकार्यमा ११ समूहमा रहेका ६१ जनालाई तालिम दिएर तेस्रो मूल्यांकन सुरू गरिएको हो। सहसचिवको नेतृत्वमा ११ समूह बनाइएको छ।
सन् २०२२ भित्र तेस्रो मूल्यांकन सक्ने लक्ष्यसहित कार्यक्रम कार्यान्वनमा गएको पेफा सचिवालयले जनाकारी गराएको छ। अर्थसचिव मधुकुमार मरासिनीले पेफा मूल्यांकनमार्फत अर्थतन्त्रको एमआरई हुने भएकाले वित्तीय अनुशासन कायम गराउन र सुधारको लागि सहयोग पुग्ने बताए। तेस्रो चरणको मूल्यांकन अन्तर्गत संघका साथै चरणगत रूपमा प्रदेश तथा स्थानीय निकायको समेत पेफा मूल्यांकन गर्ने जनाइएको छ।
संघको पेफा मूल्यांकन गर्दा लैंगिक तथा वातावरणीय पक्षको समेत मूल्यांकन गर्नुपर्ने सचिव मरासिनीले बताए। कानुनी रूपमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन तथा नियमावलीमा मन्त्रीसम्मको जवाफदेहिता, आन्तरिक नियन्त्रण तथा आन्तरिक लेखापरीक्षणको व्यवस्था स्पष्ट गरिएकोले मूल्यांकनमा सहज हुने उनको भनाइ छ।
अर्थसचिव मरासिनीले ठूलो रकमान्तर माग हुनुले वित्तीय अनुशासनलाई चुनौती भएको बताए। ‘पुँजीगत खर्च २० प्रतिशतको हाराहारी हुँदा ३ खर्ब ६८ अर्बको थप माग भएको छ,’ मरासिनीले भने, ‘यसरी गरिने रकमान्तरले बजेटको विश्वसनियताको पेफा मूल्यांंकनमा ग्रेड कम आउन सक्नेछ।’
महालेखा नियन्त्रक सुमनराज अर्यालले अर्थतन्त्रमा अहिले बाह्य प्रभाव देखापरेको सन्दर्भमा पेफा मूल्यांकनले दीर्घकालीन समस्या समधानमा सहयोग पुग्ने बताए। उनले हाम्रो आफ्नो शैलीमा समेत सुधारलाई जोड दिन उपयुक्त हुने बताउँदै पेफालाई स्थानीय तहसम्म लैजाने जानकारी गराए। राजस्व सचिव कृष्णहरि पुष्करले नेपालले पेफाको स्वमूल्यांकन गरी सुधारको मापन गर्न लागेको बताए।
पेफा सचिवालयका संयोजक थानप्रसाद पंज्ञानीले सबै मूल्यांकनकर्तालाई राष्ट्रिय अभियानका रूपमा रहेको पेफा मूल्यांकन कार्यमा खटिन आग्रह गरेका छन्। यसलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन मूल्यांकनलाई वस्तुनिष्ठ बनाउन आग्रह गरे।
पेफा सचिवालयका सदस्य सचिव गोरखबहादुर शाहीले नेपालमा पेफा मूल्यांकन सुरुआतको सन्दर्भ राख्दै यसको सहयोगको विषयमा जानकारी गराए।
उनले सन् २००५ पछि बाह्य ऋण कुल गार्हस्थ उत्पादनको अनुपातमा बढी रहेको र ऋणको साँवा–ब्याज तिर्न वैदेशिक मुद्रा सञ्चितिको न्यून आपूर्ति गर्न विश्व वैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषले अघि सारेका दुई विकल्पमध्ये सुधारको विकल्प आत्मसात गरेको जानकारी गराए।
निरन्तर सुधारले दोस्रो पेफा मूल्यांकनमा ६१ प्रतिशत सूचकमा सुधार हुँदै अहिलेसम्म आइपुग्दा वैदेशिक सहायता नेपालको प्राथमिकतामा परिचालन गर्ने गरी बजेटरी सहायता प्राप्त हुन थालिसकेको उल्लेख गरिएको छ। अमेरिकाको डिसीस्थित पेफा सचिवालयले लागू गरेका पेफा फ्रेमवर्क २०१६ तथा अन्य प्रकाशित कार्यविधिको पालना गरी प्रमाणमा आधारित पेफा मूल्यांकन गरिँदै आएको छ।
फ्रेमवर्क अनुसार चार फेजका १० चरणमा ७ वटा पिलर, ३१ वटा सूचक तथा ९४ वटा आयामको पेफा मूल्यांकन गरिने गरेको छ।
पेफा सचिवालयले प्रतिवेदनमा आधारित भएर सार्वजनिक वित्तीय व्यवस्थापन सुधार रणनीति तथा कार्यक्रम तयार गरी सबै सरोकारवालासँग सहकार्य गरी सुधारलाई संस्थागत गर्ने पद्धति अंगीकार गरेको पेफाले जनाएको छ। हालसम्म करिब १५५ देशले ७२९ पटक पेफा मूल्यांकन गरिसकेका छन्। तेस्रो मूल्यांकन सन् २०२२ भित्रै सक्ने लक्ष्य राखिएको छ।