काठमाडौं-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले खरिद गरेको दोस्रो नयाँ जहाजले बिहीबारबाट नियमित व्यापारिक उडान सुरु गरेको छ । निगमले यो जहाजलाई वैशाख १८ मा काठमाडौं ल्याएको थियो।युरोपेली जहाज निर्माता कम्पनी एयरबसले उत्पादन गरेको ‘ए३२०–२००’ सिरिजको उक्त जहाजले बिहीबार बिहान ८:२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय ३६ यात्रु लिएर भारतको नयाँदिल्ली गएको हो । फर्कंदा भने ४७ जना यात्रुमात्र थिए । विनाशकारी भूकम्पपछि निगममा मात्र होइन, अन्य वायुसेवा कम्पनीमा पनि यात्रुचाप घटेको छ ।
‘दोस्रो नयाँ एयरबसबाट हामीले नियमित व्यापारिक उडान सुरु ग¥यौं,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले बिहीबार नागरिकसँग भने, ‘पहिलो उडानबाट हामी उत्साहित छौं । निगमप्रति यात्रुले देखाएको माया यसैगरी पाइरहने विश्वास छ ।’
निगमले १ सय ५८ सिट क्षमतायुक्त उक्त जहाजलाई ‘लुम्बिनी’ नामकरण गरेको छ । यसको कलसाइन ‘९एन–एकेएक्स’ रहेको छ । जहाजमा १ सय ५० इकोनोमी क्लास र ८ बिजनेस क्लास सिट राखिएका छन् ।
शर्माका अनुसार दोस्रो नयाँ जहाजलाई जर्मन प्रशिक्षक पाइलट क्रिस्टोफ र निगमकै वरिष्ठ क्याप्टेन रविन्द्रपुरुष ढकालले उडाएर दिल्ली लगेका थिए । जर्मन पाइलटलाई निगमले भाडामा लिएको हो । त्यसबाहेक अर्का एयरबसबाटै आएका अर्का एक प्रशिक्षक पाइलट पनि निगमका एयरबस उडाइरहेका छन् ।
दुई विदेशी पाइलटलाई निगमका सात क्याप्टेनले ‘ककपिट’ मा साथ दिइरहेका छन् । तिनमा ढकालसहित समजकुमार श्रेष्ठ, सुवर्ण अवाले, विजय लामा, एसके ढेवाजु, सुभाष रिजाल र श्रवण रिजाल छन् । सबैले एयरबसका जहाजमा ‘को–पाइलट’ भएर उडान गर्छन् । उनीहरू सबैले प्रशिक्षक पाइलटसँग कम्तिमा ५० घन्टा उडान गरेपछि जहाज ‘कमान्ड’ गर्न पाउनेछन् ।
निगमले दोस्रो नयाँ जहाजबाट शुक्रबार थाइल्यान्डको बैंकक उडान गर्ने तालिका बनाएको छ । दुईवटा नयाँ एयरबसबाट दिल्ली र बैंकक केन्द्रित गरी एक महिनासम्म उडान गर्ने तालिका निगमले बनाएको छ । दिल्लीका लागि सातामा पाँच र बैंककका लागि सातामा दुई उडान गर्ने छ । ‘विनाशकारी भूकम्पपछि यात्रु चाप केही घटेको छ,’ शर्माले भने, ‘त्यही भएर उडान संख्या पनि घटाएका हौं । नत्र बैंककका लागि सातामा तीन तथा दिल्लीका लागि सात उडान गरिरहेका थियौं ।’
दोस्रो नयाँ जहाजसहित अब निगमसँग अन्तर्राष्ट्रिय उडान गर्न चार ठूला जहाज भएका छन् । एयरबसका ए३२०–२०० सिरिजका दुईवटा र अमेरिकी जहाज निर्माता कम्पनी बोइङद्वारा उत्पादित १ सय ९० सिट क्षमतायुक्त बि७५७ सिरिजका दुईवटा जहाज सञ्चालनमा छन् ।
बि७५७ जहाजबाट निगमले हाल हङकङका लागि सातामा तीन, कतारको दोहा सातामा चार तथा मलेसियाको क्वालालम्पुरका लागि सातामा पाँच उडान गरिरहेको छ । ‘यसबाट अन्तर्राष्ट्रिय बजार हिस्सा ओगट्न हामीलाई उल्लेख्य सहयोग पुग्ने छ,’ शर्माले भने, ‘आन्तरिक उडानतर्फ बजार हिस्सा वृद्धि गर्न पनि हामीसँग अब ५६ सिटे एउटा एमए–६०, १८ सिटे एउटा वाई१२–ई र १९ सिटे एउटा ट्विनअटर जहाज भएका छन् । सबै जहाजले नियमित उडान गरिरहेका छन् ।’
निगमले यसअघि पहिलो एयरबस २०७१ माघ २५ मा काठमाडौं ल्याएको थियो । सगरमाथा नाम दिइएको उक्त जहाजले फागुन दोस्रो सातादेखि दिल्लीबाट नियमित व्यावसायिक उडान सुरु गरेको थियो । नयाँ जहाज थपिएपछि निगमले भारतको मुम्बई, बैंगलोर, चीनको ग्वाङझाउ, युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई लगायत नयाँ गन्तव्यमा उडान गर्ने योजना बनाएको छ ।
जुन महिनामा मुम्बई र दुबई उडान
वायुसेवा निगमले जुन महिनामा भारतको मुम्बई र युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई उडान गर्ने तालिका बनाएको छ । दुवै गन्तव्य निगमका लागि नयाँ भने होइनन् । निगमले एक दशकअघिसम्म मुम्बई उडान गरेको थियो भने करिब दुई वर्षअघिसम्म दुबई उडान गरेको थियो । दुवैमा बि७५७ जहाज प्रयोग गरेको थियो ।
निगमले काठमाडौंबाट मुम्बई र बैंगलोर एकतर्फी प्रतियात्रु न्यूनतम ८ हजार ८ सय १८ रुपैयाँ तथा दुईतर्फी १७ हजार ६ सय ३५ रुपैयाँ तोकेको छ ।
‘त्यसपछि भारतको बैंगलोर र चीनको ग्वाङझाउ उडाउने योजना छ,’ प्रवक्ता शर्माले भने, ‘ग्वाङझाउन भने अर्को सिजनबाट उडाउँछौं । त्यसका लागि जनरल सेल्स एजेन्ट (जिएसए) नियुक्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुगको छ ।’
दुइटा टिकट किन्दा अर्को सिँत्तैमा
वायुसेवा निगमले बढीभन्दा बढी यात्रु आकर्षित गर्न बैंकक सेक्टरका लागि दुईवटा टिकट खरिद गर्दा अर्को एउटा सिँत्तैमा दिने प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको छ । यसका लागि भने दुईतर्फी टिकट खरिद गर्नैपर्छ ।
निगमका प्रवक्ता शर्माका अनुसार दुईतर्फी टिकट करबाहेक प्रतियात्रु १९ हजार रुपैयाँ तोकिएको छ । आगामी जुन १५ भित्र यस्तो टिकट खरिद गर्न पाइने छ भने जुन ३० भित्र उडान गरिसक्नुपर्ने छ । यस्तो टिकट इकोनोमी क्लासका लागि मात्र उपलब्ध हुनेछन् ।
निगमका दुइटै एयरबसमा १ सय ५८ सिट छन् । तीमध्ये १ सय ५० इकोनोमी क्लास र आठ बिजनेस क्लास सिट हुन् । त्यसैगरी १ सय ९० सिट क्षमतायुक्त दुईवटा बोइङमा भने १ सय ७४ इकोनोमी क्लास र १६ बिजेनस क्लास सिट छन् ।