चीनबाट आउन थाल्यो रासायनिक मल
०९ चैत्र २०७८
•
२ मिनेट पाठ
चीनबाट आउन थाल्यो रासायनिक मल
तातोपानी सुख्खा बन्दरगाह भन्सारमा आइपुगेको चिनिया रासायनिक मल। तस्बिर: नागरिक
खेतीपातिको समयमा सँधै रासायनिक मलको चर्को अभाव झेल्दै आएका नेपाली किसानलाई खुसीको खबर छ। छिमेकी भारत र बंगालदेशपछि अब अर्को नजिकको मित्रराष्ट्र चीनबाट पनि रासायनिक मल नेपाल आउन थालेको छ।




उत्तरको मुख्य तातोपानी नाका भएर बुधबार मात्रै २ सय ३२ मेट्रिक टन रासायनिक (यूरिया) मल भित्रिएको छ। चीनबाट रासायनिक मल आयात गर्न ग्लोबल टेन्डर पाएको शिल्क मार्केट कम्पनीले यूरिया भित्र्याएको हो। ‘भित्रिएको रासायनिक मल काठमाडौँका लागि छुटाने प्रक्रिया सुरु भएको छ,’ तातोपानी सुख्खा बन्दरगाह भन्सार प्रमुख नारद गौगमले नागरिकसँग भने।

उनका अनुसार मलको नमुना परीक्षणका लागि भन्सार विभाग पठाएको छ। ल्याब परीक्षणको रिपोर्ट आउनासाथ मल राजधानी भित्रिने उनले जानकारी दिए। ‘आजभोलि मै रिपोर्ट आउँछ। त्यसपछि मल राजधानी भित्रिन्छ,’ गौतमले भने। ग्लोबल टेन्डरपछि नेपाल सरकारले शिल्क मार्केटलाई चीन बाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिएको थियो।

टेन्डर पाएपछि ६ महिनाअघि शिल्कले पहिलो खेपमा १ हजार ५ सय मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ। अहिले बाँकी ८ हजार ५ सय मेट्रिक टन मल ल्याउन थालिएको शिल्क मार्केटका अध्यक्ष रमेश शेर्पाले जानकारी दिए। ‘सबै मल उता (चीन) बाट छुटिसकेको,’ उनले भने, ‘१ हजार ५ सय मेट्रिक टन मल चिनियाँ सीमा नजिक आइपुग्नै लागेको छ।’

शेर्पाका अनुसार ६ महिना अघि नै सबै मल नेपाल आइसक्नु पथ्र्यो। पहिलो खेप ल्याएपछि चीनले रासायनिक मल निर्यातमा रोक लगाएपछि ल्याउन ढिलाइ भएको हो। सरकारको कुटनीतिक पहलपछि बाँकी मल ल्याउने बाटो खुलेको उनले जानकारी दिए। ‘बाँकी सबै मल केही दिनभित्रै भित्र्याइ सक्छौँ,’ अध्यक्ष शेर्पाले भने।  

भन्सार प्रक्रिया पूरा गर्नु परे पनि महशुल भने तिर्नु पर्दैन। कृषिजन्य सामाग्री आयातमा भन्सार महशुल पूर्ण छुट दिइएको छ। शिल्क मार्केटले चीनको छिन्हाइ सहरस्थित उत्पादकसँग रासायनिक मल खरिद गरेको हो। ग्लोबल टेन्डरमा शिल्कले प्रतिमेट्रिक टन रासायनिक मल ६ सय ६१ अमेरिकी डलरमा आयात गर्ने सम्झौता गरेको थियो।  

योसँगै रासायनिक मलमा चीन नेपालको नयाँ बजार बनेको छ। रासायनिक मलमा नेपाल भारतसँग मात्र निर्भर थियो। नेपालमा खपत हुने मलको अधिकांश हिस्सा भारतीय उत्पादनले ओगट्दै आएको छ। पछिल्लो समय रासायनिक मलको चरम अभाव हुन थालेपछि त्यस्तो बेलामा सरकारले बंगालदेशबाट पनि आयात गर्न थालेको छ।  

एउटा मुलुकसँग मात्र परनिर्भर बन्दा खेतीपातिको समयमा नेपालमा रासायनिक मलको चरम अभाव हुँदै आएको छ। ‘रासायनिक मलमा एउटा देशसँगको मात्र परनिर्भरता घटाउन चीन बिकल्प बनेको छ,’ प्रमुख भन्सार अधिकृत गौतम भन्छन्, ‘चीनबाट निरन्तर रासायनिक मल आयात हुने बातावरण बनाउन सके नेपाली किसानलाई ठूलो राहत पुग्ने देखिन्छ।’

शिल्क मार्केटका अध्यक्ष शेर्पा पनि चीनबाट आयात हुने मलले राजधानी र आसपासका पहाडी जिल्लामा प्रत्यक्ष लाभ दिने अनुभव सुनाउँछन्। ‘रासायनिक मल आयातमा चीन राम्रो बिकल्प बनेर आएको छ,’ उनले भने। चीनबाट आयात गरिएको रासायनिक मल कृषि सामग्री कम्पनी लिमिटेडमार्फत उपभोक्तासम्म पुग्ने छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
२९ मिनेट अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
यो पनि पढौँ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस