आन्तरिक उडान ५० प्रतिशत कटौती
०४ जेष्ठ २०७२
•
८ मिनेट पाठ
आन्तरिक उडान ५० प्रतिशत कटौती
काठमाडौं-विनाशकारी भूकम्पपछि निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान ५० प्रतिशतसम्म कटौती गरेका छन् ।काठमाडौंबाट मुलुकका विभिन्न गन्तव्य जाने यात्रुको चाप अधिक भए पनि उताबाट लगभग रित्तै जहाज ल्याउनुपर्ने बाध्यताका कारण उडान कटौती गर्नुपरेको वायुसेवा कम्पनीले जानकारी दिएका छन्।‘यताबाट जाँदा यात्रु चाप राम्रै हुन्छ, फर्कंदा जहाज लगभग खाली ल्याउनुपरिरहेको छ,’ सिम्रिक एयरलाइन्सका बजार प्रबन्धक प्रज्वल थापाले सोमबार नागरिकसँग भने, ‘उताबाट जहाज खाली ल्याउनुपरेका कारण जाने उडान कटौती गरेका हौं ।’
वायुसेवा कम्पनीहरूले प्रमुख गन्तव्य पोखराका लागि ५० प्रतिशतसम्म उडान कटौती गरेका छन् । प्रमुख वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, सिम्रिक एयरलाइन्स लगायतले पोखरातर्फको उडान आधाले कटौती गरे पनि अन्य गन्तव्यका नियमित उडान भने यथावत राखेका छन् । विराटनगर, भद्रपुर र धनगढी जाने यात्रु चाप भने उच्च रहेको उनीहरूले जनाएका छन् ।
थापाका अनुसार सिम्रिकले पोखराका लागि सामान्य बेला दैनिक ६ वटासम्म उडान गथ्र्यो । वैशाख १२ मा आएको ७.६ म्याग्निच्युडको विनाशकारी भूकम्पपछि उडान संख्या कटौती गरी दुईदेखि तीनवटा मात्र गरिएको छ । अर्को प्रमुख पर्यटन गन्तव्य लुक्लातर्फको उडान पनि आधा कटौती गरिएको छ ।
‘लुक्लाका लागि अरु बेला दैनिक पाँचवटासम्म उडान गथ्र्यौं तर भूकम्पपछि मुस्किलले दुईवटामात्र उडान गरिरहेका छौं,’ थापाले भने, ‘त्यता जाने यात्रु झन्डै ७० प्रतिशतले घटेका छन् । कार्गो उडान पनि साह्रै कममात्र हुने गरेको छ ।’
सिम्रिकले भैरहवाका लागि दैनिक एक उडान भने यथावत राखेको छ । तर, पछिल्लो १० दिनमा भैरहवा जाने यात्रु नभएकाले एउटामात्र उडान भएको उनले जानकारी दिए । त्यसैगरी पोखराबाट जोमसोम उडान वैशाख १२ यता १० दिन पूर्णरूपमा बन्द भएको उनले बताए । ‘अब विस्तारै बुकिङ सुरु हुन थालेको छ,’ उनले भने, ‘भारतीय पर्यटकसँगै तेस्रो देशका पर्यटक पनि विस्तारै बढ्न थालेका छन् ।’
अर्को प्रमुख वायुसेवा कम्पनी बुद्ध एयरले पनि नियमित उडान भने सबै यथावत राखेको छ । उसले पनि पोखरातर्फको उडान भने आधाभन्दा बढीले कटौती गरेको छ । पोखराका लागि सामान्य दिनमा दैनिक ६ सम्म उडान गरिरहेको बुद्धले हाल त्यसमा कटौती गरी दुईमा झारेको छ ।
‘पोखराका उडान आधाभन्दा बढीले कटौती गरे पनि उताबाट फर्कंदा हामीले यात्रु राम्रै संख्यामा पाएका छौं । पोखरामा हाल भारतीय वा तेस्रो देशका पर्यटक नभए पनि आन्तरिक यात्रुले वायुसेवा धानेका छन्,’ बुद्धका वरिष्ठ कार्यकारी प्रबन्धक रुपेश जोशीले भने, ‘अन्य गन्तव्यमा भने जाँदा यात्रु भए पनि फर्कंदा जहाज खालिजस्तै हुने गरेको छ ।’
बुद्धले पोखराबाहेक अन्य सबै गन्तव्यका नियमित उडान भने यथावत राखेको छ । जोशीका अनुसार विराटनगर पाँच, भद्रपुर दुई, धनगढी एक, नेपालगन्ज दुई, भैरहवा दुई, जनकपुर एक, भरतपुर दुई र तुम्लिङटारका लागि दैनिक एक उडान यथावत राखिएका छन् ।
प्रतिस्पर्धी वायुसेवा कम्पनी यती एयरलाइन्सले पनि पोखरातर्फको उडान करिब आधाले कटौती गरेको छ । सामान्य दिनमा दैनिक पाँच उडान गर्ने यतीले विनाशकारी भूकम्पपछि यसलाई घटाएर तीनमा झारेको छ । पर्यटन सिजनमा भने पोखराका लागि दैनिक १० वटासम्म उडान गथ्र्यो ।
‘नियमित उडान भएका कारण फर्कंदा खालि हुने गरे पनि उडान यथावत राखिएको छ,’ यतीका बजार नायब निर्देशक सरल राणाले भने, ‘जसोतसो उडान गरिरहेका छौं ।’
सस्तो टिकट छैन
विनाशकारी भूकम्पपछि आन्तरिक वायुसेवा कम्पनीले सस्तो टिकट बिक्री गर्न छाडेका छन् । गत वैशाख १२ को भूकम्पपछि ‘नर्मल’ (यात्रुको भाषामा महँगो) टिकटमात्र बिक्री गरिरहेका छन् ।
‘हामीले भाडा बढाएका छैनौं,’ यतीका राणाले भने, ‘सस्तो टिकट पनि बिक्री गरेका छैनौं । घाटा बढी हुने कारण सस्तो टिकट नदिएका हौं । अब फर्कने यात्रु चाप बढ्दै गयो भने सस्तो टिकट पनि दिन थालिहाल्छौं । केही दिनभित्र सस्तो टिकट बिक्री सुरु गर्छौं ।’
उता बुद्ध र सिम्रिकले भने फर्किने टिकट सस्तो दरमै उपलब्ध गराइरहेको जनाएका छन् । बुद्धका जोशीले फर्कने टिकट सस्तोमा दिइरहेको बताए । सिम्रिकका थापाले पनि सस्तो टिकट बिक्री गरिरहेको बताए ।
माउन्टेन फ्लाइट शून्य
स्वदेशीभन्दा पनि विदेशी पर्यटकलाई माउन्टेन फ्लाइट गराएर राम्रो आम्दानी गरिरहेका आन्तरिक वायुसेवा कम्पनीले विनाशकारी भूकम्पपछि माउन्टेन फ्लाइट गर्न सकेका छैनन् ।
प्रत्येक कम्पनीले दैनिक कम्तिमा आधा दर्जन माउन्टेन फ्लाइट गर्ने गरे पनि अहिले एउटा पनि गर्न सकेका छैनन् । सिम्रिकका बजार प्रबन्धक थापाले वैशाख १२ यता बुद्धका दुई, यतीको एक र सिम्रिकले चारवटा मात्र माउन्टेन फ्लाइट गरेको जानकारी दिए । ‘माउन्टेन फ्लाइटको बुकिङ अहिले शून्यबराबर छ,’ थापाले भने, ‘अब विस्तारै सामान्य हुँदै जाने आशा छ ।’


अर्को समाचार
राडार मर्मतले त्रिभुवन विमानस्थलका सबै उडान प्रभावित
२६ चैत्र २०६६
•
६ मिनेट पाठ
राडार मर्मतले त्रिभुवन विमानस्थलका सबै उडान प्रभावित
३० प्रतिशत उडान कटौति, दुई घण्टासम्म ढिलाइ-
सुशील भट्टराई, काठमाडौं, चैत २७- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको राडार मर्मत सुरु भएपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्। वायुसेवा सञ्चालकहरूका अनुसार आन्तरिक उडान ३० प्रतिशतसम्म कटौती गरिएको छ। तोकिएको समयमा उड्नुपर्ने जहाज दुई घन्टासम्म ढिला भएका छन्।
यसबाट यात्रु सबभन्दा बढी समस्यामा परेका छन्।




विमानस्थल व्यवस्थापनले राडार मर्मत गर्नुपर्ने कारण देखाउँदै आन्तरिक वायुसेवा कम्पनीलाई ५० प्रतिशतसम्म उडान कटौती वा लामो समय ढिला हुनसक्ने पत्राचार गरेको छ। यसबाट वायुसेवा सञ्चालकहरू के गर्ने भन्ने
समस्यामा परेका छन्।

'विमानस्थलले हामीलाई यति-यति उडान कटौती गर भनेको भए सजिलो हुन्थ्यो,' एक सञ्चालकले बिहीबार नागरिकसँग भने, 'तर, त्यसो नहुँदा हामी आफैले ३० प्रतिशतसम्म उडान कटौती गर्‍यौं। जहाज एकदेखि तीन घन्टासम्म ढिलो हुने निश्चित छ। व्यवस्थापन मिलाउन नसक्दा उडान भद्रगोल भएको छ।'

विमानस्थल व्यवस्थापनले राडार जडान गरेको १२ वर्षपछि पहिलोपटक मर्मत
सुरु गरेको हो। यसलाई प्रत्येक छ वर्षमा मर्मत गर्नुपर्छ। 'राडार मर्मत सुरु भयो,' विमानस्थलका महाप्रबन्धक दिनेशप्रसाद श्रेष्ठले भने, '५० प्रतिशतसम्म उडान प्रभावित हुनेछ।' उनले आउँदो वैशाख १० सम्म सबै उडान प्रभावित हुने जानकारी दिए। अन्तर्राष्ट्रिय उडान कटौती नभए पनि आन्तरिक भने कटौती हुनसक्ने उनले बताए।

'नियमित र चार्टर दुवै उडान घटाउन वायुसेवालाई आग्रह गरेका छौं,' उनले भने।

राडार मर्मत सुरु भएपछि बुद्ध एयरले एक-तिहाइ उडान कटौती गरेको छ। उसले काठमाडौंबाट एटिआर जहाजमार्फत् हुने दैनिक १२ उडान कटौती गरेर ९ तथा साना जहाजका उडान १५ बाट १२ मा झारेको छ। 'हामी दैनिक १ हजार ६ सय यात्रु उडाउँथ्यौं,' बुद्धका वरिष्ठ बजार प्रबन्धक रुपेश जोशीले भने, 'अब १ हजार २ सयमा झरेको छ। यात्रुले दुःख पाउनु स्वाभाविक हो।'

यती एयरलाइन्सका वरिष्ठ बिक्री तथा बजार प्रबन्धक विनय शाक्यले बिहीबार आफ्ना सबै उडान ४५ मिनेट ढिला गरिएको बताए। राडार मर्मत अवधिभर बिहानका उडान आधा घन्टा अगाडि सारेको र प्रत्येक दिन एक-दुई उडान घट्ने उनले बताए। यतीले दैनिक २५ देखि ३० उडान गर्छ। बिहीबार पोखराका ६ उडान रद्द गरिएको उनले जानकारी दिए। 'रातभरि काम गरेर भए पनि राडार मर्मत चाँडै सक्नु आवश्यक छ,' उनले भने।

राडारले जहाज कुन दिशाबाट आइरहेको छ, कति दुरीमा छ भन्नेजस्ता सूचना दिन्छ। यसको मूल्य अर्बभन्दा बढी पर्छ। त्रिभुवन विमानस्थलमा भएको एउटा राडार सन् १९९८ मा जापानले सहयोग स्वरूप दिएको थियो। त्यसपछि छ वर्षमा एकपटक मर्मत गर्नुपर्ने भए पनि प्राविधिक र वित्तीय समस्याका कारण मर्मत हुन नसकेको श्रेष्ठले बताए। 'मर्मत गर्न ४ करोड २५ लाख रुपैयाँ खर्च लाग्छ,' उनले भने, 'यो विमानस्थलको आफ्नै बजेट हो।'

उनका अनुसार राडार जापानको तोसिबा कम्पनीमा बनेको हो। मर्मत गर्न
तोसिबाका सात कर्मचारी खटिएका छन्। बिहीबारबाट मर्मत सुरु भए पनि राडार बन्द गरिएन। शुक्रबारबाट बन्द गरी मर्मत गरिनेछ। नबनुन्जेल भिओआर-डिएमइबाट उडान र अवतरणमा सहयोग लिइनेछ। भिओआरले जहाजलाई दिशानिर्देश गर्छ भने डिएमइले विमानस्थलबाट जहाजको दुरीबारे जानकारी दिन्छ। राडार नहुँदा एउटा जहाजबाट अर्को जहाजको दुरी बढ्ने भएकाले उडान ढिला हुन्छ। अन्तर्राष्ट्रिय उडान भने ढिला भए पनि कटौती हुँदैन।

'राडार मर्मत र धावनमार्गको कालोपत्रे गर्ने काम सकिएपछि विमानस्थल चौबीसै घन्टा चलाउँछौं,' श्रेष्ठले भने, 'उडान सुरक्षाका लागि पनि राडार मर्मत आवश्यक छ। धेरै वर्ष भएकाले राडारभित्रका सामान बिग्रिएका र बिग्रने अवस्थामा हुन सक्छन्।'

उनले दुई वर्षभित्र नयाँ राडार खरिद गर्ने प्रक्रिया सुरु गरिएको जानकारी दिए। यसका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) सँग
सम्भाव्यता अध्ययनका लागि सम्झौता गरिएको उनले बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस